न्युयोर्क सिटीमा मास्क नलगाई ट्रेन चढे ५० डलर जरिवाना


प्रकाशित मिति : आश्विन ७, २०७८ बिहीबार

न्युयोर्क सिटीमा मास्क नलगाई ट्रेन वा बस चढेमा ५० डलर जरिवाना हुने भएको छ । ट्रेन चढ्दा मास्क लगाउनुपर्ने राज्यको नियम पालना नगर्नेहरुलाई एमटीएले ५० डलर जरिवाना सहितको टिकट दिने भएको छ ।

बिहिबारदेखि लागु हुनेगरी जरिवानाको घोषणा गरिएको हो । तत्कालिन गभर्नर एन्ड्रयु कुमोले सन् २०२० को सेप्टेम्बर १० मा नै न्युयोर्कमा सार्वजनिक यातायातमा मास्क नलगाउनेहरुलाई जरिवानाको घोषणा गरेका थिए । तर त्यसको झण्डै एकबर्षपछि न्युयोर्क सिटीमा यो नियम कार्यान्वयन हुने भएको छ ।

एमटीएको सर्वेक्षण अनुशार सन् २०२० को सुरुको ६ महिनामा ट्रेनमा चढ्ने झण्डै ८० प्रतिशतले मास्क लगाएका थिए । नाक र मुख छोपिनेगरी मास्क लगाउनेहरुमात्र यसमा गणना गरिएको थियो । तर जुलाईमा यो संख्या ७१ प्रतिशतमा झरेको थियो ।

अहिलेसम्म न्युयोर्कमा सार्वजनिक यातायातमा मास्क अनिवार्यको नियम नरम तरिकाले लागु गरिदै आएको थियो । मास्क नलगाएकाहरुका लागि मास्क वितरण समेत गरिएको थियो । सबवेका बुथहरुम निशुल्क मास्कहरु उपलब्ध गराइएको छ ।

तर अब मास्क नलगाउनेहरुले जरिवाना नै तिर्नुपर्नेगरी नियम कायर्कान्वयन गर्न लागिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com