अमेरिकामा एफडीएबाट ६५ बर्षमाथिका र जोखिममा रहेकालाई फाइजरको तेश्रो ‘बुस्टर डोज’ स्वीकृत


प्रकाशित मिति : आश्विन ७, २०७८ बिहीबार

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले ६५ बर्षभन्दा माथिका व्यक्ति वा उच्च जोखिममा रहेकाहरुका लागि कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरको बुस्टर डोजका रुपमा तेश्रो डोज स्वीकृत गरेको छ । सुरुका दुईडोज प्राप्त गरेको कम्तीमा ६ महिनापछि निश्चित प्रकारका व्यक्तिले बुस्टर डोज लिन स्वीकृत गरिएको एफडीएले जनाएको छ ।

६५ बर्षभन्दा माथिका सबैका लागि बुस्टर डोज स्वीकृत गरिएको छ । तर १८देखि ६४ बर्षकाहरुका सन्दर्भमा कोभिड १९ बाट सिकिस्त हुने उच्च जोखिममा रहेकाहरु वा उच्च जोखिमयुक्त स्थानमा काम गर्नेहरुका लागि बुस्टर डोज स्वीकृत गरिएको हो ।

१८ बर्षभन्दा माथिका प्राय सबैलाई बुस्टर डोज दिने ह्वाइटहाउसको योजनालाई एफडीएको सल्लाहकार समुहले अस्वीकृत गरे लगत्तै ६५ बर्षमाथिका र जोखिममा रहेकाहरुलाई बुस्टर डोज दिने एफडीएको निर्णय आएको हो । सल्लाहकार समुहले भाइरसको उच्च जोखिममा रहेका र ६५ बर्षभन्दा माथिकालाई बुस्टर डोज दिनका लागि भने स्वीकृत गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन प्रशासनले यसैसातादेखि अमेरिकाका बुस्टर डोज सुरु गर्ने योजना बनाएको थियो । तर त्यसमा एफडीएले निर्णय लिनमा ढिलाई गरेका कारण उक्त योजना पनि पछि सरेको छ । सीडीसीले बुस्टर डोजबारे अझै निर्णय लिइसकेको छैन । सीडीसीले स्वीकृत गरेमा मात्र बुस्टर डोज लगाउन सुरु गरिनेछ । बिहिबार सीडीसीको प्यानलले मतदान गर्ने अपेक्षा गरिएको छ ।

अमेरिकामा अहिलेसम्म २२ करोड डोजभन्दा बढी फाइजर भ्याक्सिन लगाइसकिएको छ । यो भ्याक्सिन पूर्णरुपमा लगाउनेहरु अमेरिकामा सबैभन्दा धेरै झण्डै १० करोड रहेका छन् । मोडेर्ना भ्याक्सिन पूर्णरुपमा लगाउनेहरु अमेरिकामा सबैभन्दा झण्डै पौने ७ करोड रहेका छन् । जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउनेहरु झण्डै डेढ करोड छन् ।

२ डोज लगाउनुपर्ने कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन ९४% प्रभावकारी

यसैबीच एकडोजमात्र लगाए पुग्नेगरी स्वीकृति गरिएको कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन २ डोज लगाउँदा कोरोनाको लक्षणसहितको संक्रमण रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको छ । जोन्सन एण्ड जोन्सन भ्याक्सिनको दुईडोज मोडेर्ना वा फाइजरको दुईडोजसँगै तुलना गर्न सकिनेगरी प्रभावकारी देखिएको छ ।

एकडोज लगाउनुपर्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन र दुईडोज लगाउनुपर्ने गरी अहिले विकाश गरिएको जोन्सन एण्ड जोन्सनको भ्याक्सिनमा केही फरक छन् ।

एकडोजमात्र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुले दोश्रो बुस्टर डोज लगाउँदा प्रतिरोधात्मक क्षममा अझ बढी देखिएको कम्पनीले जनाएको छ । साथै बुस्टर डोज लगाउँदा कोरोना संक्रमण हुनबाट बलियो तरिकाले जोगाउनुपर्ने समेत कम्पनीको भनाई छ । जोन्सन एण्ड जोन्सन कम्पनीले आफ्नो जान्सेन भ्याक्सिनबारेका तीन अध्ययनका विवरणहरु सार्वजनिक गरेको हो ।

एकमात्र डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुले बुस्टर डोज लगाउँदा कोरोनाबिरुद्धको संरक्षण लामो समय प्राप्त हुने अध्ययनले देखाएको छ । तर एकडोजमात्र भ्याक्सिनले पनि कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनबाट जोगाउन बलियो संरक्षण प्रदान गरेको जान्सेन रिसर्च एण्ड डेभलपमेन्टका विश्व प्रमुख डाक्टर माथाई मामेनले बताएका छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई अमेरिकामा एफडीएले यसैबर्षको फरबरी २७ मा स्वीकृत गरेको थियो । अमेरिकामा झण्डै डेढ करोडले यो भ्याक्सिन लगाइसकेका छन् । कम्पनीको अहिले संचालित दोश्रो चरणको परीक्षणमा दुईडोज वाला जोन्सन एण्ड जोन्सनको भ्याक्सिन अमेरिकामा ५६ दिनको अन्तरालमा लगाउँदा सिकिस्त हुनबाट रोक्न शतप्रतिशत र ठीक्कको संक्रमणबाट रोक्न ९४ प्रतिशत प्रभावकारी पाइएको हो । विश्वव्यापी तथ्यांक हेर्दा सामान्यदेखि सिकिस्त हुनबाट रोक्न समग्रमा ७५ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।

एकमात्र डोज लगाए पुग्नेगरी स्वीकृत जोन्सन एण्ड जोन्सनको एक डोज लगाएकाहरुलाई ६ महिनापछि बुस्टर डोज दिंदा एन्टीबडीमा १२ गुणा बृद्धि भएको पाइएको छ । दुईमहिनाको अन्तरलामा दोश्रो डोज दिंदा जम्मा ४ गुणाबृद्धि देखिएकोमा ६ महिनापछि दिंदा १२ गुणा बृद्धि देखिएको हो । त्यस्तै बुस्टर डोज ६ महिनापछिमात्र लिंदा बढी संरक्षण प्राप्त हुने देखिएको चिकित्सकहरुको भनाई छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com