न्युयोर्कको प्रोन्टो पिज्जाबाट बिक्रि भएको मेगा मिलियन टिकटले जित्यो ४३२ मिलियन डलर


प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार

न्युयोर्कको ४८ स्ट्रीट र ६ एभिन्युमा रहेको प्रोन्टो पिज्जाबाट बिकेको मेगा मिलियन लोटरी टिकटले ४३२ मिलियन डलर जितेको छ । मंगलबार रातीको मेगा मिलियन लोटरीमा उक्त टिकटका सबै ६ वटा नम्बरहरु मिलेका छन् ।

न्युयोर्कको म्यानहटन रकफेलर सेन्टर नजिकै रहेको उक्त टिकटका नम्बरहरु ३६, ४१, ४५, ५१ र ५६ रहेका थिए भने मेगाबल १३ रहेको थियो । ३०२ मिलियन टिकटमा जित्ने सम्भावना १ रहेपनि उक्त टिकटले ४३२ मिलियन डलर जितेपछि विजेताले एकमुष्ठ रकम लिन चाहेको खण्डमा ३१५ मिलियन डलर प्राप्त गर्न सक्नेछन् । साथै किस्तामा पनि उक्त रकम लिन सकिनेछ ।

न्युयोर्कमा लोटरी जित्नेलाई अज्ञात बस्न अनुमति छैन । त्यसैले लोटरी जित्ने व्यक्ति सार्वजनिक हुनुपर्छ । तर सन् २०१९ मा लङ आइल्याण्डको २३ जनाको एउटा समुहले एलएलसीको प्रयोग गरेर ४३७ मिलियन डलर अज्ञात रुपमा नै लिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मंगलबार राती कनेक्टिकटमा बिक्रि भएको एउटा टिकटले पनि १ मिलियन डलर जितेको छ । अन्तिमपटक कसैले मेगा मिलियन जितेको गत जुनमा थियो । न्युयोर्कमा यो बर्ष अर्को एकजनाले पनि मेगा मिलियन जितेका थिए । गत फरबरीमा अपस्टेट बस्ने एउटा जोडीले ९६ मिलियन डलर जितेको थियो ।

यो बर्षको सबैभन्दा ठूलो रकम भने गत जनवरीको थियो । त्यतीबेला मेगा मिलियन १ बिलियन डलर पुगेको थियो । जुन टिकट मिसिगनमा बिक्रि भएको थियो । आगामी शुक्रबारका लागि २० मिलियनको मेगा मिलियन ज्याकपट तय भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com