राष्ट्रसंघको महासभामा सहभागी ब्राजिलका स्वास्थ्य मन्त्री कोरोना सङ्क्रमित, न्युयोर्कमै आइसोलेसनमा


प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार

ब्राजिलका स्वास्थ्य मन्त्री मार्कोलो क्वैरोगा कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएपछि उनलाई सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

राष्ट्रपति जैर बोल्सोनारोको नेतृत्वमा ब्राजिलको टोली अमेरिकाको न्युयोर्कमा भएको राष्ट्रसंघको महासभामा सहभागी भएको हो ।टोलीमा सहभागी अन्य सदस्यहरुको पनि कोरोना परीक्षण गरिएको, तर सङ्क्रमण नदेखिएको अधिकारीहरुले जनाएका छन ।

ब्राजिल सरकारले जारी गरेको वक्तव्यका अनुसार अहिले सङ्क्रमित स्वास्थ्य मन्त्री क्वैरोगाले कोरोना भाइरसविरुद्धको खोप पनि लगाएक थिए । राष्ट्रसंघको महासभामा सहभागी भएका मध्ये सङ्क्रमित हुनेमा उनी ब्राजिलियन डेलिगेटमा दोस्रो व्यक्ति हुन् ।

सङ्क्रमित ५५ बर्षीय स्वास्थ्यमन्त्री क्वैरोगा न्युयोर्कमै आइसोलेसनमा बसेको जनाइएको छ । तर टोलीमा सहभागी भएर पनि सङ्क्रमण पुष्टि नभएका अन्य भने ब्राजिल फर्किसकेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन अस्वीकार गर्दै आएका ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो यात्राका क्रममा मास्क बिना देखिएका थिए भने उनले अहिलेसम्म पनि खोप लगाएका छैनन् । स्वास्थ्यमन्त्री क्वैरोगासँगै रहेका बोल्सोनारोले महासभाका क्रममा अन्य देशका शिर्ष नेताहरुसँग पनि भेटवार्ता गरेका थिए । तर अहिलेसम्म पनि उनीहरुलाई सङ्क्रमण भएको जानकारी नआएको वक्तव्यमा उल्लेख गरिएको छ ।

बोल्सोनारोले राष्ट्रसंघको महासभा बैठकमा गरेको सम्बोधनका क्रममा भने आफू कोरोना महामारीबिरुद्ध लड्न चाहेको बताएका थिए । कोरोना महामारीको सामना गर्ने सन्दर्भमा आलोचना खेप्दै आएका उनले कोरानाले आश्चर्यजनक रुपमा सन् २०२० मा सबैलाई समातेको आफ्नो सम्बोधनका क्रममा बताएका थिए ।

आफूले कोरोनाबिरुद्ध र बेरोजगारीबिरुद्ध एकै समयमा उत्तिकै उत्तरदायीत्वका साथ लड्नुपर्ने विषयमा वकालत गर्दै आएको उनले बताएका थिए । उनले लकडाउनका मापदण्डले विश्वमा खासगरी खाद्यान्नमा मुद्रास्फीतिको विराशत छाडेको बताए । सन् २०२० मा ब्राजिलमा गभर्नर र मेयरहरुले लागु गरेको लकडाउनका कारण घरमा बस्नुपरेका र आम्दानी गुमाएकाहरुलाई ८ सय डलरका दरले सहयोग उपलब्ध गराइएको राष्ट्रपति बोल्सोनारोले बताए ।

राष्ट्रपति बोल्सोनारो पटकपटक लकडाउनकाबिरुद्ध बोल्दै आएका थिए । जसका कारण ब्राजिलका स्थानीय सरकारहरुले उनको कडा आलोचना समेत गर्दै आएका थिए । साओ पाउलोका गभर्नर जोआ डोरियाले राष्ट्रपति बोल्सोनारोको कडा आलोचना गरेका थिए । यद्यपी राष्ट्रपति बोल्सोनारोले यो बर्षको नोभेम्बरसम्म कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन चाहने नागरिकहरुलाई निशुल्क उपलब्ध गराइने बताएका छन् ।

आफ्नो सरकार भ्याक्सिन अभियानमा बृहत तरिकाले सहभागिता नजनाएको स्वीकार गर्दै राष्ट्रपति बोल्सोनारोले आफूले भ्याक्सिनबारेका प्रयासहरुको समर्थन गर्ने बताएका छन् । उनले भने – ‘हाम्रो सरकारले भने भ्याक्सिन वा स्वास्थ्य पासपोर्ट वा भ्याक्सिन सम्बन्धित अन्य कुनै दायित्वहरुलाई समर्थन गरेको छैन ।’

(रासस/एएफपीको समाचारमा विवरण थप गरिएको ।फोटो एपी/एएफपी)

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com