२ डोज लगाउनुपर्ने कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन विकाश गरिदै, ९४% प्रभावकारी


प्रकाशित मिति : आश्विन ६, २०७८ बुधबार

एकडोजमात्र लगाए पुग्नेगरी स्वीकृति गरिएको कोरोनाबिरुद्धको जोन्सन एण्ड जोन्सन भ्याक्सिन २ डोज लगाउँदा कोरोनाको लक्षणसहितको संक्रमण रोक्न ९४ प्रतिशत प्रभावकारी देखिएको अध्ययनले देखाएको छ । जोन्सन एण्ड जोन्सन भ्याक्सिनको दुईडोज मोडेर्ना वा फाइजरको दुईडोजसँगै तुलना गर्न सकिनेगरी प्रभावकारी देखिएको छ ।

एकडोज लगाउनुपर्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन र दुईडोज लगाउनुपर्ने गरी अहिले विकाश गरिएको जोन्सन एण्ड जोन्सनको भ्याक्सिनमा केही फरक छन् ।

एकडोजमात्र जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएकाहरुले दोश्रो बुस्टर डोज लगाउँदा प्रतिरोधात्मक क्षममा अझ बढी देखिएको कम्पनीले जनाएको छ । साथै बुस्टर डोज लगाउँदा कोरोना संक्रमण हुनबाट बलियो तरिकाले जोगाउनुपर्ने समेत कम्पनीको भनाई छ । जोन्सन एण्ड जोन्सन कम्पनीले आफ्नो जान्सेन भ्याक्सिनबारेका तीन अध्ययनका विवरणहरु सार्वजनिक गरेको हो ।

एकमात्र डोज जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएकाहरुले बुस्टर डोज लगाउँदा कोरोनाबिरुद्धको संरक्षण लामो समय प्राप्त हुने अध्ययनले देखाएको छ । तर एकडोजमात्र भ्याक्सिनले पनि कोरोनाबाट संक्रमित भएर अस्पताल भर्ना हुनबाट जोगाउन बलियो संरक्षण प्रदान गरेको जान्सेन रिसर्च एण्ड डेभलपमेन्टका विश्व प्रमुख डाक्टर माथाई मामेनले बताएका छन् ।

जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई अमेरिकामा एफडीएले यसैबर्षको फरबरी २७ मा स्वीकृत गरेको थियो । अमेरिकामा झण्डै डेढ करोडले यो भ्याक्सिन लगाइसकेका छन् । कम्पनीको अहिले संचालित दोश्रो चरणको परीक्षणमा दुईडोज वाला जोन्सन एण्ड जोन्सनको भ्याक्सिन अमेरिकामा ५६ दिनको अन्तरालमा लगाउँदा सिकिस्त हुनबाट रोक्न शतप्रतिशत र ठीक्कको संक्रमणबाट रोक्न ९४ प्रतिशत प्रभावकारी पाइएको हो । विश्वव्यापी तथ्यांक हेर्दा सामान्यदेखि सिकिस्त हुनबाट रोक्न समग्रमा ७५ प्रतिशत प्रभावकारी देखिएको कम्पनीले जनाएको छ ।

एकमात्र डोज लगाए पुग्नेगरी स्वीकृत जोन्सन एण्ड जोन्सनको एक डोज लगाएकाहरुलाई ६ महिनापछि बुस्टर डोज दिंदा एन्टीबडीमा १२ गुणा बृद्धि भएको पाइएको छ । दुईमहिनाको अन्तरलामा दोश्रो डोज दिंदा जम्मा ४ गुणाबृद्धि देखिएकोमा ६ महिनापछि दिंदा १२ गुणा बृद्धि देखिएको हो । त्यस्तै बुस्टर डोज ६ महिनापछिमात्र लिंदा बढी संरक्षण प्राप्त हुने देखिएको चिकित्सकहरुको भनाई छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com