क्यानडाको संसदमा बहुमत ल्याउने ट्रुडोको योजना असफल, तर उनकै नेतृत्वमा अल्पमतको सरकार बन्ने


प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार

कन्जरभेटिभ प्रतिस्पर्धी एरिन ओटोलका बिरुद्ध कडा प्रतिस्पर्धापछि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले पुन अल्पमतको आगामी सरकार बनाउने भएको छ । चुनावमा संसदको तल्लो सदन हाउस अफ कमन्समा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न नसकेपछि ट्रुडोको पार्टीले अल्पमतको सरकार बनाउने भएको हो ।

चुनावी अभियानका क्रममा ट्रुडो

क्यानेडियन संचारमाध्यमहरुका अनुशार ट्रुडोको पार्टीले सिट संख्यामा अल्पमत कायम गरेपनि ट्रुडोनै शक्तिमा रहनेछन् । सोमबारको चुनावले क्यानेडियन मतदाताहरुले ट्रुडोलाई शक्तिमा फर्काएका त छन् तर संसदमा उनले खोजिरहेको बहुमतलाई भने अस्वीकार गरेका छन् ।

औपचारिक रुपमा घोषणा गर्न बाँकी सोमबारको परिणाम अनुशार ट्रुडो प्रधानमन्त्रीकै रुपमा रहने संकेत गरेको छ । साथै आगामी अल्पसंख्यक सरकारको प्रमुखको रुपमा पनि उनी रहनेछन् । अगस्तमा  आफ्नो लोकप्रियता बढेको देखिएपछि ट्रुडोले संसदमा सिटसंख्या बृद्धिको अपेक्षासहित आकस्मिक चुनावको घोषणा गरेका थिए ।

चुनावी अभियानका क्रममा ट्रुडो

चुनावको उद्देश्य लिबरल पार्टीलाई मुलुकको नेतृत्व गर्नका लागि बलियो म्याण्डेड प्राप्त गर्नु थियो । तर उक्त उद्देश्यमा ट्रुडो असफल भएका छन् । ट्रुडोले सन् २०१९ को चुनावमा गुमाएको संसदीय बहुमत प्राप्त गर्ने प्रयास गरेपनि ट्रुडोको महत्वकांक्षालाई कतिपय क्यानेडियनहरुले अवशरवादका रुपमा व्याख्या गरेका थिए । तर ट्रुडोको चुनाव गराउनुको जुन उद्देश्य थियो, त्यो पूरा हुन भने सकेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाउस अफ कमन्स

कतिपय मतहरु गणना हुन बाँकी रहेकै अवस्थामा चुनावी परिणामले पहिलेकै जस्तो अवस्था निर्माण गरेको छ । लिबरल पार्टीले १५६ सिट जितेको छ, जुन सन् २०१९ को चुनावको तुलनामा एकसिटले कम हो । कन्जरभेटिभ पार्टीले भने सन् २०१९ मै जस्तो १२१ सिट नै जितेको छ । संसदमा ब्लक क्युबेकोइस, न्यू डेमोक्रेटिक लगायतका दलको पनि उल्लेख्य सिट संख्या रहेको छ । कुल ३३८ सिट रहेको संसदमा बहुमतको सरकार बनाउनका लागि कुल १७० सिट प्राप्त गर्नुपर्छ । तर कुनैपनि पार्टीले यो सिट संख्या प्राप्त गर्न नसकेपछि अल्पमतको सरकार बन्ने भएको हो ।

चुनावी अभियानका क्रममा ट्रुडो

संसदीय चुनावको यो परिणामका कारण आगामी दिनमा पनि जस्टिन टु्रडोले कुनै कानून पारित गराउनु परेको खण्डमा विपक्षी दलका सांसदहरुको समर्थन प्राप्त गर्नुपर्नेछ । मंगलबारको विजयी भाषणमा ट्रुडोले आफूले आकस्मिक चुनाव घोषणा गर्दा त्यसलाई कैयन क्यानेडियनहरुले मन नपराएको स्वीकार गरेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com