तेश्रो डोज फाइजर भ्याक्सिन सिफारिस गर्न एफडीएबाट अस्वीकार


प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार

अमेरिकाको एफडीएले १६ बर्षमाथिकालाई कोरोनाबिरुद्धको भ्याक्सिन फाइजरको तेश्रो बुस्टर डोज सिफारिस गर्न अस्वीकार गरेको छ । भ्याक्सिन लगाएको ६ महिना वा त्यो भन्दा बढी समय भएकाहरुलाई फाइजरको बुस्टर डोजका लागि एफडीएको सल्लाहकार प्यानलले असहमति जनाएको हो । कम उमेरका बयस्कहरुलाई तेश्रो डोज सिफारिस गर्न अस्वीकार गरिएपनि बढी उमेरका बयस्कलाई तेश्रो डोज सिफारिस गर्नेबारे भने बहस जारी राखिने भएको छ ।

फाइजरको भ्याक्सिन उत्पादक कम्पनीले तेश्रो डोज स्वीकृत गर्नका लागि एफडीए समक्ष आवेदन दिएको थियो । १६ बर्ष नाघेका र भ्याक्सिनको दोश्रो डोज लगाएको ६ महिना नाघेकाहरुलाई तेश्रो बुस्टर डोजका लागि स्वीकृति प्राप्त गर्न फाइजरले आवेदन दिएको थियो । एफडीएको यो निर्णपछि सेप्टेम्बर २० पछि बुस्टर डोज उपलब्ध हुने बाइडेन प्रशासनको अपेक्षा प्रभावित हुने भएको छ ।

एफडीएका सल्लाहकार प्यानलका विज्ञहरुले अहिले नै तेश्रो डोजका लागि स्वीकृति प्रदान गरिने अत्यन्तै छिटो हुने बताएका छन् । भ्याक्सिनले जे अपेक्षा गरिएको थियो त्यही काम गरिरहेको उनीहरुको भनाई छ । फाइजरले पनि भ्याक्सिन लगाएको ६ महिना पूरा हुँदासमेत भ्याक्सिनले सिकिस्त हुनबाट, अस्पताल भर्ना हुनबाट र मृत्युबाट रोक्न ९० प्रतिशतभन्दा धेरै प्रभावकारी काम गरिरहेको बताएको छ । तर यो लामो समय नरहन सक्ने फाइजरको भनाई भएपनि त्यसलाई एफडीएले मान्यता दिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सबैका लागि बुस्टर डोज आवश्यक पर्ने प्रयाप्त प्रमाणहरु नरहेको एफडीएको भनाई छ । सबैका लागि बुस्टर आवश्यक पर्ने वा बढी उमेरकाहरुलाईमात्र पर्ने भन्ने सम्बन्धमा अझै पनि प्रयाप्त डाटाहरु उपलब्ध रहेका छैनन् । १६ देखि २९ बर्षसम्मकाहरु भ्याक्सिन लगाएपछि मुटुको मांशपेशी सुन्निने मायोकार्डिटिसको जोखिममा रहेकाले अहिले नै उक्त समुहका लागि तेश्रो डोज फाइजर भ्याक्सिन सिफारिस गर्न एफडीए हच्किएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com