Follow @khasokhasmag

नेपालमा कोरोनाः अझै २५ हजारभन्दा बढी सक्रिय संक्रमित


प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार

नेपालमा कोरोना संक्रमितको दैनिक संख्या घटे पनि देशभर अझै २५ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा अझै २५ हजार ४ सय ९७ सक्रिय संक्रमित छन्। जसमा २३ हजार ९ सय ५० होम आइसोलेसनमा, १ हजार ५ सय ४७ जना संस्थागत आइसोलेसनमा, ३ सय ८६ जना आइसीयुमा र १ सय १७ जना भेन्टिलेटरमा छन्।

शुक्रबार १ हजार ५ सय ५८ संक्रमित थपिएका छन्। ८ हजार ६ सय ६५ जनाको पिसिआर र ३ हजार ७ सय २० जनाको एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।

यस्तै, २४ घण्टामा १ हजार ३ सय ५१ जना निको भएका छन् भने १० जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म निको हुनेको संख्या ७ लाख ४६ हजार ५ सय ६६ छ भने ११ हजार १२ जनाको मृत्यु भइसकेको छ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com