चीनबाट आइपुग्यो ४४ लाख डोज भेरोसेल, क–कसले पाउने?


प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार

चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज खोप काठमाडौं आइपुगेको छ। नेपाल एयरलाइन्सको वाइडबडीमार्फत् उक्त परिमाणको भेरोसेल खोप शुक्रबार दिउँसो काठमाडौं आइपुगेको हो।

खोप लिन बिहीबार राति वाइडबडी विमान बेइजिङ उडेको थियो। नेपाल सरकारले खरिद गरेको ६० लाख डोजमध्ये ४४ लाख डोज खोप ल्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

केही दिनबाट पुनः सुरू हुने खोप अभियानमा हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। जसअनुसार ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, सखुंवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला रहेका छन्।

त्यसैगरि, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइनेछ । काभ्रे र चितवनमा ३५ वर्षभन्दा माथि र अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१८ वर्षभन्दा माथिका खोप लगाउन छुट भएका विद्यार्थी, फ्रन्टलाइनमा खटिएका, अतिआवश्यक सेवाका कर्मचारी, शिक्षक, पर्यटन क्षेत्रका मानिसलाईसमेत खोप दिने योजना रहेको विभागले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com