टेक्सास सर्भिस सेन्टरले रोजगारमा आधारित ग्रिनकार्ड र प्रिमियिम प्रोसेसमा ‘क्रेडिट कार्ड पेमेन्ट’ लिने


प्रकाशित मिति : आश्विन १, २०७८ शुक्रबार

टेक्सास सर्भिस सेन्टरले रोजगारमा आधारित ग्रिनकार्डका लागि दिइने आवेदन आई १४० र प्रिमियिम प्रोसेसका लागि दिइने आवेदन आई ९०७ मा क्रेडिट कार्ड पेमेन्ट लिने भएको छ । युएससीआईएसले क्रेडिट कार्ड पेमेन्ट कार्यक्रम टेक्सास सर्भिस सेन्टरमा पनि विस्तार गरेको हो ।

पेन्डिङ आवेदनलाई तीब्र गतिको आवेदनमा लैजानका लागि पनि फर्म आई ९०७ आवेदन दिंदा समेत क्रेडिट कार्डबाट रकम स्वीकार गरिने भएको छ । त्यसरी क्रेडिट कार्डबाट रकम बुझाउदा आवेदनका साथमा क्रेडिट कार्ड प्रयोगका लागि स्वीकृति दिने आवेदन जी १४५० फर्म समेत एकैसाथ भरेर पठाउनुपर्छ । उक्त फर्ममा क्रेडिट कार्डको विवरण उल्लेख गरेर पठाउनुपर्छ ।

अमेरिकी बैंकबाट जारी क्रेडिटकार्डबाट रकम तिर्न सकिनेछ भने क्रेडिट कार्डबाट रकम तिर्दा युएससीआईएसले अतिरिक्त शुल्क नलिने जनाएको छ । विदेशी बैंकले जारी गरेको क्रेडिट कार्ड भने स्वीकार नगर्ने युएससीआईएसले स्पष्ट पारेको छ । युएससीआईएसको नेब्रास्का सर्भिस सेन्टरमा यु भिसा आवेदनका सन्दर्भमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्दा पनि क्रेडिट कार्डबाट रकम तिर्न सकिने व्यवस्था सुरुवात गरिएकोमा त्यसलाई विस्तार गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्रेडिट कार्डबाट रकम तिर्नसकिने कार्यक्रम मे ३ मा नेब्रास्का सर्भिस सेन्टरमा सुरु गरिएको थियो । सुरुमा यु भिसाका ग्रिनकार्ड आवेदन आई ४८५ का लागि स्वीकार गरिएपनि पछि जुलाई १९ बाट नेब्रास्का सर्भिस सेन्टरमा रोजगारमा आधारित ग्रिनकार्ड आवेदन आई १४० र प्रिमियिम प्रोसेस आवेदन आई ९०७ का सन्दर्भमा पनि विस्तार गरिएको थियो ।

कुनै आवेदनमा प्रिमियिम प्रोसेस गरेपछि युएससीआइएसले त्यसबारे छिटो निर्णय दिन्छ । गैरआप्रवासी कामदारका लागि दिइने आवेदन आई १२९ र रोजगारमा आधारित ग्रिनकार्डका लागि दिइने आवेदन आई १४० मा प्रिमियम प्रोसेसको सुविधा रहेको छ । प्रिमियम प्रोसेस अनुरोध गरेको आवेदनले या त १५ दिनभित्र निर्णय प्राप्त गर्छन्, या त उक्त समयभित्र निर्णय दिन नसकेमा युएससीआईएसले रकम फिर्ता गर्छ ।

तर क्रेडिट कार्डबाट रकम तिर्दा कुनै कारणवश पहिलोपटक ट्रान्जेक्सन अस्वीकृत भएमा युएससीआईएसले दोश्रोपटक प्रयास गर्दैन । जसका कारण कुनै प्राविधिक कारण वा युएससीआईएसकै गल्तीले ट्रान्जेक्सन स्वीकृत नभएको खण्डमा समेत आवेदन फिर्ता आउने गरेको गुनासो सेवाग्राहीहरुको रहेको छ ।

लकबक्समा फाइल गरेका आवेदनका सन्दर्भमा भने क्रेडिट कार्डबाट पेमेन्ट गर्न सकिने सुविधा पहिलेदेखि नै रहदै आएको छ ।

युएससीआइएसको लकबक्समा फाइल गरेका कुनकुन आवेदनमा शुल्क क्रेडिट कार्डबाट तिर्न सकिन्छ ? थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com