अमेरिकी उपराष्ट्रपतिलाई मार्ने धम्की दिदै भिडियो बनाउने नर्सबाट गल्ती स्वीकार, ५ बर्ष जेल सजाय


प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई मार्ने धम्की दिदै भिडियो बनाउने फ्लोरिया मायामी निवासी नर्स निभियन पेटिट फेल्प्सले अदालतसमक्ष गल्ती स्वीकार गरेकी छिन् । अब उनले ५ बर्ष जेल सजायको सामना गर्ने भएकी छिन् भने सजाय नोभेम्बर १९ का लागि तय गरिएको छ ।

३९ बर्षकी ती नर्सलाई गत अप्रिलमा पक्राउ गरिएको थियो । ती नर्सले कमला ह्यारिस वास्तविक रुपमा अश्वेत नभएको बताउँदै उनलाई मार्ने धम्कीका साथ एक भिडियो बनाएकी थिइन् । ती नर्सले जेलमा रहेका आफ्ना पतिलाई उक्त ३० सेकेण्डको भिडियो पठाएकी थिइन् । ५० दिनभित्र ह्यारिसलाई मार्ने काम पूरा गर्न ५३ हजार डलर लिएको उनले उल्लेख गरेकी थिइन् ।

नर्स निभियन पेटिट फेल्प्स

कमला ह्यारिस, अब तिमी मर्दैछौ । अब तिम्रो दिनगन्ती सुरु भइसकेको छ । ती नर्सले भिडियो क्लीपमा एक ठाउँमा भनेकी थिइन् । नर्स फेल्प्सले कमला ह्यारिस जमैकन पिता र भारतीय माताबाट जन्मिएको तथा वास्तविक रुपमा अश्वेत नभएको तथा सपथग्रहणमा कमला हयारिसले आफ्नो हात बाइबलमा नभई पर्समा राखेको आफूले विश्वास गरेको बयान दिदै आफूले ह्यारिसलाई मार्न चाहनुको कारण बताएकी छिन् ।

कमला ह्यारिस

अर्को भिडियोमा फरबरीमा कमला ह्यारिसले कुर्सी नछोड्दासम्म आफू बन्दुकको रेन्जमा जाने ती नर्सले बताएकी थिइन् । त्यसपछि अर्को भिडियोमा उनले कमला ह्यारिसलाई ५० दिनभित्र हत्या गर्ने बताएकी थिइन् । कैदीहरुले आफ्ना प्रियजनसँग सम्बादका लागि प्रयोग गर्ने जेपे एपमार्फत उनले भिडियो आफ्ना पतिलाई पठाएकी थिइन् ।

उनलाई पक्राउ नगरिएको भए उनले जेपनि गर्नसक्ने ती नर्सले आफ्नो बयानमा बताएकी छिन् । सन् २००१ देखि ज्याक्सन हेल्थ प्रणालीमा काम गर्दै आएकी ती नर्स तीन छोराछोरीकी आमा हुन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com