साउथ क्यारोलिनाका वकिलले छोरालाई विमा रकम दिलाउन आफैलाई मार्ने मान्छे खटाएको खुलासा


प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार

साउथ क्यारोलिनाका एकजना चर्चित वकिल एलेक्स मुर्दाउघले आफ्नो मृत्युपछि छोरालाई विमा रकम आउने आशाले आफैलाई मार्न रकम तिरेर मान्छे खटाएको खुलासा भएको छ । सेप्टेम्बरको पहिलो साता उनले आफूलाई नै मार्ने बन्दोबस्तका लागि एकजना व्यक्तिलाई रकम तिरेपनि गोली हान्ने व्यक्तिले राम्रोसँग नहान्दा ती वकिल घाइतेमात्र भएको प्रहरीले जनाएको छ ।

उनको हत्या भएको भए उनको छोराले विमा रकमबाट १० मिलियन डलर पाउने भएकाले उनले आफ्नै मृत्युका लागि कुर्तिस एडवार्ड स्मीथ नामको व्यक्तिलाई रकम दिएका थिए । गोली चलाउने स्मीथलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई आत्महत्याको लागि सघाएको, विमामा जालजासी गरेको लगायतका कैयन अभियोगहरु लगाइएको छ ।

आफ्नी दिवंगत पत्नीका साथमा वकिल एलेक्स मुर्दाउघ

वकिल मुर्दाउघले आफैलाई मार्नका लागि स्मीथलाई बन्दुक दिएका थिए । त्यसपछि ह्याम्पटन काउन्टीको राजमार्गसम्म स्मीथलाई पछ्याएका थिए । त्यसपछि स्मीथले वकिल मुर्दाउघमाथि गोली चलाएका थिए । तर गोलीले मुर्दाउघको टाउकोमात्र छोएर गएको थियो । जसका कारण उनी घाइतेमात्र भएका थिए । त्यसपछि घाइते वकिल मुर्दाउघले प्रहरीलाई ९११ मा फोन गरेका थिए ।

मुर्दाउघको टाउकोमा चोट लागेपनि उनी खतरामुक्त रहेका छन् । तीनमहिना अगाडि आफ्नी श्रीमति र छोराको शव भेटिएपछि जीवित रहेका अर्का छोराको लागि विमाको १० मिलियन डलर रकम दिलाउन वकिल मुर्दाउघले यो योजना बनाएको प्रहरीको दावी छ । वकिललाई गोली हानेपछि स्मीथ त्यहाँबाट भागेका थिए भने बन्दुक नष्ट गरेका थिए ।

एलेक्स मुर्दाउघको परिवार जसमध्ये श्रीमति र एकछोराको तीनमहिना अगाडि हत्या भएको थियो ।

सोमबारको बयानमा वकिल मुर्दाउघले सेप्टेम्बर ४ मा आफूले आफ्नै हत्याको लागि रकम तिरेर मान्छे खटाएको स्वीकार गरेका छन् । ६१ बर्षका स्मीथले पनि उक्त योजना स्वीकार गरेका छन् ।

वकिल मुर्दाउघबिरुद्ध कुनै अभियोगहरु दर्ता गरिएको छैन । उनले आफ्नो ल फर्मबाट राजिनामा दिएर मानसिक उपचारमा जाने बताइसकेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com