कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य बनाइएपछि अमेरिकामा धार्मिक कारण देखाउदै नलगाउनेहरु बढ्दो


प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार

अमेरिकामा कोरोनाबिरुद्धको भ्याक्सिन अनिवार्य बनाइएपछि अमेरिकामा धार्मिक कारण देखाउदै भ्याक्सिन नलगाउनेहरु बढ्दो रहेका छन् । राष्ट्रपति जो बाइडेनले सघीय कर्मचारीहरुकासाथै एकसयभन्दा धेरै कामदार हुने विजनेशमा काम गर्नेहरुलाई भ्याक्सिन अनिवार्यको नियम घोषणा गरेका थिए । साथै कैयन राज्य र सिटीहरुले पनि कर्मचारीहरुका लागि भ्याक्सिन अनिवार्यको नियम घोषणा गरेका छन् ।

धार्मिक कारणले भ्याक्सिन लगाउन नमिल्नेहरुलाई छुट दिइएपछि भ्याक्सिन नलगाएकाहरुले धार्मिक कारण देखाउन थालेका हुन् । लस एन्जलस प्रहरी विभागमा काम गर्ने झण्डै २६ सयले धार्मिक कारणले आफूहरुले भ्याक्सिन लगाउन नसक्ने कारण देखाएका छन् । वासिंटन राज्यमा भने हजारौं राज्यका कर्मचारीहरुले पनि धार्मिक कारणले लगाउन नमिल्ने भन्दै भ्याक्सिन लगाउन नमानेको जनाइएको छ ।

अर्कान्सासको एउटा अस्पतालमा भने भ्याक्सिन नगाउने कैयन कर्मचारीहरुले धार्मिक छुटको माग गरेका छन् । विभिन्न भ्याक्सिनहरुमा दिइदै आएको धार्मिक छुटको नियमलाई कोरोनाबिरुद्धको भ्याक्सिनका सन्दर्भमा लुपहोलका रुपमा दुरुपयोग गर्ने क्रम अमेरिकामा बढेको हो । एकसय मिलियन कर्मचारीहरु प्रभावित हुनेगरी बाइडेनले भ्याक्सिन अनिवार्यताको नियम घोषणा गरेपछि धार्मिक कारणको लुपहोल दुरुपयोग गर्नेहरु बढेका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाइडेन प्रशासनले धार्मिक छुटको दुरुपयोग हुनसक्ने स्वीकार गरेको छ । तर पनि भ्याक्सिन लगाउने दरमा थोरैमात्र बृद्धि भएपनि मान्छेको जीवन बचाउनेमा बाइडेन प्रशासनको विश्वास रहेको छ । युनियन अधिकारीहरुले ठूलो संख्यामा संघीय कर्मचारीहरुबाट पनि धार्मिक छुटको माग आएको बताएपनि कतिजनाले त्यस्तो माग गरेका छन् भन्ने स्पष्ट छैन ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com