उष्ण कटबन्धीय तूफान निकोलशले टेक्सासमा २० इन्चसम्म बर्षा गराउने चेतावनी, ह्युस्टनमा तयारी


प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार

सोमबार टेक्सास गल्फ कोस्ट र दक्षिण पश्चिम लुजियाना क्षेत्र उष्ण कटबन्धीय तूफान निकोलशबाट खतरामा रहेका छन् । राष्ट्रिय मौषम सेवाले तूफान निकोलशका कारण ज्यानै जोखिममा पार्ने तूफान, अलग्गै भूमरी र कतिपय स्थानहरुमा २० इन्चसम्म भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ ।

निकोलशले उत्तर पश्चिम गल्फ कोस्टमा पहिरो ल्याउनुभन्दा अगाडि बलियो तूफानको रुप धारण गर्नसक्ने राष्ट्रिय हरिकेन केन्द्रले चेतावनी दिएको छ । यो आँधी केन्द्रमा ११५ माइल प्रतिघण्टासम्मको गतिमा आउनसक्ने अनुमान गरिएको छ । ह्युस्टन मेट्रो एरियादेखि विभिन्न स्थानहरुका लागि चेतावनीहरु जारी गरिएको छ । यो क्षेत्र ४ बर्ष अगाडि हरिकेन हार्भी र सन् २०१९ मा इमेल्दाबाट प्रभावित भएको थियो ।

यो समाचार तयार पार्दासम्म निकोलश पश्चिमी गल्फ अफ मेक्सिकोमा ४५ माइल प्रतिघण्टाको गतिमा रहेको छ । निकोलशले केहीदिनसम्म मध्य र माथिल्लो टेक्सासको तटीय क्षेत्रमा बाढी ल्याउनसक्ने देखिएको छ । लुजियानामा पनि १० इन्चसम्म बर्षा हुने अनुमान गरिएको छ ।

निकोलशका कारण पूर्वतयारीका रुपमा ह्युस्टन स्वतन्त्र स्कुल डिस्ट्रिक्टमा मंगलबारका लागि कक्षाहरु स्थगित गरिएका छन् । सोमबार भने स्कुलहरु नियमित संचालनमा रहेको जनाइएको छ । ह्युस्टनमा सम्भावित क्षति कम गर्न विभिन्न स्थानमा अवरोधहरु राखिएको छ भने पानीको उच्च तहमा पनि उद्दार गर्नसक्ने गाडीहरु तयारी अवस्थामा राखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेप्टेम्बर १२ मा गल्फ अफ मेक्सिकोमा लिइएको तस्वीर ।

यसैबीच लुजियानामा निकोलश आउनु अगाडि राज्य संकटकालको घोषणा गरिएको छ । हरिकेन आइदाबाट थलिएर उठ्ने प्रयास गरिरहँदा निकोलश तूफानले बाढी आउनसक्ने भन्दै गभर्नर जोन बेल एडवार्डले संकटकालको घोषणा गरेका हुन् ।

निकोलश तूफान दक्षिणी गल्फ अफ मेक्सिकोमा निर्माण भएको हो भने बलियो हुँदै अगाडि बढेको छ । लुजियानाका केही भागमा निकोलशका कारण बाढी र भारी बर्षाको अनुमान गरिएको छ ।

साताको मध्यसम्म यस्तो सम्भावना रहेको भन्दै संकटकालको घोषणा गरिएको हो । सन् २०२० मा हरिकेन लाउराले प्रभाव पारेको क्षेत्रमा नै निकोलश तूफानको प्रभाव पर्ने अनुमान गरिएको छ भने हालै आइदाले प्रभाव पारेको स्थानमा भारी बर्षा हुने अनुमान छ ।

यो तूफानका कारण केही स्थानमा विद्युत आपूर्तिमा अवरोध आउने गभर्नर एडवार्डले चेतावनी दिएका छन् । निकोलश सन् २०२१ मा एटलान्टिकको १४ औं तूफान हो । आइदा यो सिजनकै सबैभन्दा खराब आँधी थियाृ, जसले न्युयोर्क, न्युजर्सी लगायतका विभिन्न राजयमा झण्डै ५० जनाको ज्यान लिएको थियो । न्युयोर्कमा आइदाका कारण आएको बाढीले ३ जना नेपालीको मृत्यु भएको थियो ।

कभर फोटोमा सोमबार विहान गल्फ अफ मेक्सिकोमा लिइएको निकोलशको स्याटेलाइट तस्वीर ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com