३१ मिलियन डलरको प्रतिवद्धतासहित अफगानिस्तानमा सहायता पठाउँदै चीन, नजर खनिजतिर?


प्रकाशित मिति : भाद्र २८, २०७८ सोमबार

अमेरिका र अन्य शक्तिराष्ट्रहरुले अफगानिस्तानमा छाडेको आर्थिक रिक्तता पूर्ति गर्दै चीनले तालिवान नियन्त्रित अफगानिस्तानमा सहायता पठाउन सुरु गरिसकेको छ । चीनले गतसाता अफगानिस्तानलाई ३१ मिलियन डलरको खाद्य, औषधी र भ्याक्सिन सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो भने काबुलमा रहेको चीनको दूतावास पनि खुला नै राखेको छ ।

तालिवानले अफगानिस्तानमा अगस्त १५ मा नियन्त्रण कायम गरेदेखि बाइडेन प्रशासनले अमेरिकी बैंकको नियन्त्रणमा रहेको १० बिलियन डलरको अफगान भण्डार फ्रिज गरिदिएको थियो । त्यसैगरी बेलायत, जर्मनी लगायतका पश्चिमा देशहरुले पनि तालिवानलाई बैधानिकता नदिने आवश्यकता औल्याउँदै सहायता रोकेका थिए । विश्व बैंक र नाटोले पनि त्यस्तै गरेका छन् ।

यो अवस्थामा अगस्त १५ पछि अफगानिस्तानमा मुख्य वैदेशिक सहायताको प्रतिबद्धता जनाउने चीन पहिलो मुख्य देश हो । सेप्टेम्बर ७ मा राष्ट्रसंघले अफगानिस्तानका सर्वसाधारणलाई सहयोगको आवश्यकता रहेको पृष्ठभूमिमा अफगानिस्तानमा मानवीय संकटको चेतावनी दिएको थियो । आर्थिक रिक्तता पूर्तिका लागि २ सय मिलियन डलरको आवश्यकता रहेको राष्ट्रसंघले जनाएको थियो ।

नयाँ तालिवान शासनले प्राकृतिक भण्डारमा चीनको पहुच विस्तार गर्नका लागि संकेत दिएको छ । साथै चीनले आफ्नो सिमा सरक्षित गर्ने रणनीति अन्तरगत पनि तालिवानलाई समर्थन गरिरहेको विज्ञहरु बताउँछन् । सेप्टेम्बर ३ मा तालिवानले चीनका तर्फबाट दूतावास खुला राख्ने र सम्बन्ध मजबुत बनाउने प्रतिबद्धता आएको बताएको थियो । जुलाईको अन्तिम तिर अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भइरहदा चीनका विदेशमन्त्री वाङ वीले तालिवान नेताहरुलाई स्वागत गरेका थिए । जसबाट दुई शक्तिबीचको सम्बन्ध राम्रो हुने संकेत देखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाको फिर्तीसँगै चीनले काबुलमा सबैभन्दा बढी आवश्यकता भएको जुनसुकै चीजका लागि सहायता गर्नसक्ने चीनको जनमुक्ति सेनाका पूर्व कर्नेल जाउ बोले न्युयोर्क टाइम्समा लेखेका थिए । उनले राजनीतिक निष्पक्षता र आर्थिक लगानीका सन्दर्भमा चीनले सहयोग गर्ने उल्लेख गरेका थिए ।

जुलाई २८ मा चीनमा भएको भेटघाटमा तालिवान नेता अब्दुल घानी बरादर र चीनका विदेशमन्त्री वाङ वी

बरिष्ठ कूटनीतिज्ञका अनुशार चीनले अफगानिस्तानको भौतिक संरचनाको पुननिर्माणका लागि सयौं मिलियन डलर उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ । जुलाईको अन्तिममा तालिवान नेता अब्दुल घानी बरादर र चीनका विदेशमन्त्री वाङ वीबीच भएको भेटमा अफगानिस्तानमा चीन विरोधी कुनै पनि गतिविधिका लागि अनुमति नदिने सहमति भएको थियो ।

अहिले चीनले गरेको सहायतालाई तालिवानले स्वागत गरेको छ । चीन आफूहरुको असाध्यै महत्वपूर्ण साझेदार भएको र आफूहरुका लागि एउटा असाधारण अवशर रहेको तालिवान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सेप्टेम्बर ३ मा बताएका थिए । चीन अफगानिस्तानको पुननिर्माण र अफगानिस्तानमा लगानी गर्नका लागि तयार रहेको उनको भनाई थियो ।

चीनले अफगानिस्तानमा रहेको खनिज भण्डारमा पहुच कायम गर्न चाहने अमेरिकाको सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केनेथ म्याकेन्जीले मध्य जुनमा बताएका थिए । सेप्टेम्बरको सुरुसम्म आइपुग्दा अमेरिकाले राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम जस्ता कार्यक्रमलाई सुचारु गर्न २६० मिलियनको डलरको सहायतालाई सुचारु गरेको थियो । तर यी कार्यक्रमहरु तालिवानमार्फत नभई स्थानीय कर्मचारीहरुमार्फत संचालन हुनेछन् ।

चीनको साथसाथै अहिले चीनको सहयोगी राष्ट्रका रुपमा रहेको पाकिस्तानले पनि अफगानिस्तानलाई सहयोग गर्न सुरु गरेको छ । लामो समयदेखि तालिवानलाई समर्थन गर्दै आएको आरोप खेप्दै आएको पाकिस्तानले अगस्त १५ देखि कम्तीमा ४ वटा विमानभरी सहायता पठाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com