अमेरिकाबाट युरोप जाने योजनामा हुनुहन्छ ? कहाँ अनुमति छ ? कहाँ छैन? थाहा पाउनुहोस्


प्रकाशित मिति : भाद्र २७, २०७८ आईतबार

Dinant, Belgium

समरको सुरुवातमा अमेरिकनहरुलाई युरोपका कैयन मुलुकमा प्रवेश खुला गरिएपनि समरको अन्त्यतिर भने युरोपमा अमेरिकनहरुलाई यात्रामा रोक लगाउने कोरोना महामारी सम्बन्धित नयाँ प्रतिबन्धहरु ल्याइएको छ । सेप्टेम्बरको सुरुवातमा युरोपियन युनियनले अमेरिकन यात्रुहरुलाई अत्यावश्यक बाहेकका यात्राका लागि युरोपमा रोक लगाउन सदस्य राष्ट्रहरुसमक्ष सिफारिस गरेको थियो ।

अमेरिकामा कोरोना संक्रमितको संख्यामा बृद्धिसँगै आएको युरोपियन युनियनको यो सिफारिसपछि कैयन युरोपियन देशहरुले अमेरिकनहरुका लागि यात्रामा कडाई गर्ने नियमहरुमा अपडेट गरेका छन् । कतिपय देशहरुले त अमेरिकन यात्रुहरुलाई पूर्णरुपमा यात्रा प्रतिबन्ध लगाएका छन् । युरोपका कतिपय देशले यात्रामा रोक लगाउँदा र कतिपयले खुला गर्दा युरोप जान चाहने अमेरिकनहरु अन्यौलमा परेका छन् ।

युरोपियन युनियनको सल्लाहपछि बुल्गेरिया, नर्वे र स्वीडेनले अत्यावश्यक बाहेकका अमेरिकन यात्रुहरुलाई आफ्नो देशमा यात्रा गर्न रोक लगाएका छन् । त्यस्तै ग्रिसमा पनि भ्याक्सिन नलगाएका अमेरिकनहरुले भविश्यमा यात्रा गर्दा थप प्रतिबन्धहरुको सामना गर्नुपर्ने देखिएको छ । तर अष्ट्रिया, बोल्जियम, क्रोएसिया, साइप्रस, चेक रिपब्लिक, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रिस, हंगेरी, आयरल्याण्ड, इटली, लाटभिया, लिथुवानिया, लक्जेम्बर्ग, माल्टा, नेदरल्याण्डस, पोल्याण्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेनमा अहिले पूर्णरुपमा भ्याक्सिन लगाएका सबै अमेरिकन यात्रुहरुलाई खुला गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रतिबन्धहरु देश अनुशार फरक फरक रहेका छन् । कतिपय देशमा पुगेपछि नेगेटिभ कोभिड टेस्ट रिपोर्ट पेश गर्नुपर्छ । कतिपय देशमा नेगेटिभ रिपोर्ट र क्वारेन्टीन दुबै मापदण्डहरु रहेका छन् । फ्रान्समा अहिले पूर्णरुपमा भ्याक्सिन लगाएका अमेरिकनहरुका लागि कुनै प्रतिबन्ध छैन । इटलीमा प्रवेश गर्नका लागि ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट आवश्यक छ । पूर्णरुपमा भ्याक्सिन लगाएका अमेरिकनहरु प्रवेश गरेपछि नेदरल्याण्डमा १० दिनसम्म अनिवार्य क्वारेन्टीनमा बस्नुपर्छ । जर्मनीमा भने प्रवेश गर्नुभन्दा अगाडि कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट भए पुग्छ ।

पूर्णरुपमा भ्याक्सिन लगाएका अमेरिकनहरुलाई युके, आइसल्याण्ड, स्वीट्जरल्याण्ड र लिचेस्टीनमा प्रवेश गर्न अनुमति रहेको छ । आगामी दिनहरुमा युरोपियन युनियनको सल्लाहका आधारमा युरोपका सदस्य राष्ट्रहरुले अमेरिकी यात्रुहरुका लागि थप यात्रा प्रतिबन्धहरु घोषणा गर्ने सम्भावना भने रहेको छ ।

अमेरिकामा डेल्टा भेरियन्टको संक्रमण बढेपछि युरोपमा अमेरिकन यात्रुहरुलाई प्रतिबन्धहरुको घोषणा गरिएको हो । अमेरिकामा संक्रमणदर सेप्टेम्बरमा पनि उच्च रहेकाले अमेरिकनहरुलाई युरोपमा थप प्रतिबन्धहरुको सम्भावना बढेको हो । डेनमार्क, फिनल्याण्ड, फ्रान्स, लाटभिया, माल्टा, नेदरल्याण्डस र स्पेनमा भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई यात्रा प्रतिबन्ध लगाइएको छ । तर भ्याक्सिनको अवस्था जेसुकै भएपनि बुल्गेरिया, नर्वे र स्वीडेनमा भने अत्यावश्यक बाहेकका अमेरिकन यात्रुलाई प्रवेशमा रोक छ ।

पूर्णरुपमा भ्याक्सिन लगाएको भन्नाले युरोपियन मेडिसिन एजेन्सीबाट स्वीकृत पाएका फाइजर, मोडेर्ना, आष्ट्राजेनेका वा जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाएको २ साता भइसकेको हुनुपर्छ । अमेरिकन यात्रुलाई प्रवेश अनुमति दिइएका युरोपियन देशमा १२ बर्षभन्दा कम उमेरका भ्याक्सिन नलगाएकाहरु प्रवेश गर्न सक्नेछन् । कतिपय देशमा १२ बर्षभन्दा कम उमेरकालाई कोरोना सम्बन्धित नियमहरु नलगाइएपनि कतिपय देशमा भने नेगेटिभ कोरोना परीक्षण अनिवार्य छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com