अमेरिकामा अक्टोबरभित्र फाइजर भ्याक्सिन ५ बर्षमाथिकालाई लगाउन स्वीकृति दिइने अपेक्षा


प्रकाशित मिति : भाद्र २६, २०७८ शनिबार

अमेरिकामा कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन ५ बर्षमाथिकालाई लगाउन स्वीकृति दिइने भएको छ । अक्टोबरको अन्तिमसम्ममा ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई फाइजरको भ्याक्सिन स्वीकृत गरिने अमेरिकाका उच्च स्वास्थ्य अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।

यो टाइमलाइन फाइजरकै अपेक्षा अनुशार भएको जनाइएको छ । फाइजरसँग ५ बर्षदेखि ११ बर्षसम्मका बालबालिकाहरुलाई प्रयोगका लागि भ्याक्सिनबारेको क्लीनिकल परीक्षणका प्रयाप्त तथ्यांकहरु हुने भएकाले त्यसलाई एफडीएले हेरेर अक्टोबरमा स्वीकृत हुने अपेक्षा गरिएको हो । आपतकालिन प्रयोगको अनुमतिका लागि आवेदन दिएको तीनसातामा एफडीएले निर्णय लिने जनाइएको छ ।

फाइजरले सेप्टेम्बरको अन्तिमसम्म आवेदन दिएको खण्डमा र तथ्यांकहरुले भ्याक्सिन सुरक्षित र प्रभावकारी रहेको प्रमाणित गरेमा अक्टोबरको केही सातामा स्वीकृति पाउनसक्ने अमेरिकाका बरिष्ठ स्वास्थ्य विशेषज्ञ एन्थोनी फाउचीले बताएका छन् । फाउचीका अनुशार मोडेर्नाले फाइजरको तुलनामा तीनसातापछिमात्र तथ्यांकहरु जम्मा गर्नसक्ने अपेक्षा गरिएको छ ।

मोडेर्नाको भ्याक्सिन पनि उक्त उमेर समुहका लागि नोभेम्बरसम्म आउनसक्ने अपेक्षा गरिएको छ । मोडेर्नाले यो बर्षको अन्तिमसम्म बालबालिकाबारेको तथ्यांक आउनसक्ने बताएको छ । अमेरिकामा सबैभन्दा धेरै फाइजर र दोश्रोमा मोडेर्ना भ्याक्सिन वितरण गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com