सेप्टेम्बर ११ को हमला पछिका २० बर्षमा अमेरिकामा भएका ७० मुख्य आक्रमण प्रयास


प्रकाशित मिति : भाद्र २६, २०७८ शनिबार

सेप्टेम्बेर ११ , २००१ । आतंकवादी संगठन अलकायदा सम्बद्ध १९ जनाले अमेरिकाका विभिन्न महत्वपूर्ण भागमा ठोक्काउनका लागि चारवटा विमानहरु अपहरण गरे । तीमध्ये दुईवटा विमानहरु उनीहरुले न्युयोर्क सहरको म्यानहटनमा रहेको विश्व ब्यापारिक केन्द्रमा लगेर ठोक्काए । तेश्रो विमान अमेरिकी रक्षामन्त्रालयको हेडक्वाटर रहेको पेन्टागनमा लगेर ठोक्काए । र चौथो विमान पेन्सिलभेनियाको खुल्ला क्षेत्रमा दुर्घटनाग्रस्त भयो । दुनियालाई नै स्तब्ध पार्नेगरी भएको यो हमलामा वासिंटन डिसी र न्युयोर्कमा गरी ३ हजारभन्दा धेरैको ज्यान गयो । जसमध्ये ४ सय जनामात्रै प्रहरी अधिकृत र अग्नी नियन्त्रकहरु रहेका थिए ।

सन् २००१ को सेप्टेम्बर ११ मंगलबारको विहान आकाश खुल्ला थियो । त्यहीसमयमा ८ बजेर ४५ मिनेट जाँदा २० हजार ग्लालेन जेट इन्धन भएको अमेरिकन एयरलाइन्सको विमान न्युयोर्कमा रहेको वल्र्ड ट्रेड सेन्टरको उत्तरी टावरको ८० औं तलानेर लगेर ठोक्काइयो । सयौं मान्छेहरुको तत्कालै ज्यान गयो । विभिन्न संचारमाध्यमहरुले यो त्रासदीको प्रत्यक्ष प्रशारण सुरु गरिसकेका थिए । उद्दारका लागि विभिन्न टोलीहरु परिचालित भइसकेको थिए । त्यसको ठ्याक्कै १८ मिनेटपछि युनाइटेड एयरलाइन्सको विमान आकाशमा देखियो । अनि तत्कालै त्यो विमान हान्निएर वल्र्ड ट्रेड सेन्टरको दक्षिणी टावरतिर गयो । अनि ६८ औं तलानेर लगेर ठोक्काइयो ।

अलकायदा नामको आतंकवादी संगठनले गरेको यस आक्रमणमा सहभागी केही आतंकवादीहरु एकवर्षभन्दा लामोसमयदेखि अमेरिकामा बस्दै आएका र अमेरिकामा नै विमान चलाउने शिक्षा लिएकाहरु थिए । अरु केहीमहिना अगाडिमात्र अमेरिका छिरेकाहरु थिए । ति १९ जना आतंकवादीहरुले अमेरिकाको पूर्वी क्षेत्रका तीनवटा विमानस्थलमा सजिलै चक्कुहरु र अन्य धारिला हतियार छिराएर क्यालिफोर्निया जाने विमानभित्र चढेका थिए । उनीहरुले इन्धनले भरिएका विमानहरु चाहेकाले क्यालिफोर्निया जाने विमानहरु रोजेका थिए । विमानहरु उडेको केहीबेरमा नै आतंकवादीहरुले विमानमाथि नियन्त्रण कायम गरेका थिए र विमानलाई आक्रमण गर्ने मिसाइलमा परिणत गरिदिए । अनि त्यसमध्येका दुईवटा विमानहरु न्युयोर्कमा ठोक्काइदिए ।

न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा विमान ठोक्किएपछि सबैको ध्यान न्युयोर्कतिरै केन्द्रीत थियो । सबैतिर हाहाकार र भागदौड मच्चियो । यसैबीचमा विहान पौने १० बजेतिर अमेरिकन एयरलाइन्सको विमानले वासिंटन डिसीको डाउनटाउन चक्कर लगायो । अनि अमेरिकाको सैन्य हेडक्वाटर रहेको पेन्टागनमा ठोक्काइयो । त्यहाँ १२५ जना सेनाका अधिकारीहरु र सर्वसाधारणहरुको ज्यान गयो । विमानमा क्यालिफोर्निया जानका लागि चढेका ६४ जना यात्रुहरुको पनि ज्यान गयो ।

न्युयोर्कमा भएको हमला लगत्तै पेन्टागनमा पनि आक्रमण भएपछि अब के हुने हो भन्ने त्रासदीले अमेरिकामात्र होइन, पूरै विश्व आतंकित र स्तब्ध भयो । त्यती नै बेला न्युजर्सीको नेवार्क इन्टरनेशनल एयरपोर्टबाट उडेको युनाइटेड एयरलाइन्सको विमानपनि आतंकवादीहरुले अपहरण गरे । विमान उड्नमा ढिलाई भएका कारण विमानभित्र रहेका यात्रुहरुले न्युयोर्क र पेन्टागनमा भएको हमलाबारे फोनमार्फत जानकारी पाइसकेका थिए । जब यात्रुहरुले आफू चढेको विमान आतंकवादीहरुले अपहरण गरेको थाहा पाए, तब उनीहरुले त्यो विमानलाई अर्को ठाउमा लगेर ठोक्काउन नदिन प्रयास गरे । फलस्वरुप विमान पेन्सिलभेनियाको खुल्ला क्षेत्रमा विहान १० बजेर १० मिनेट जाँदा दुर्घटनाग्रस्त भयो । विमानमा रहेका सबै ४५ जनाको ज्यान गयो । त्यो विमान आतंकवादीहरुले ह्वाइट हाउस, अमेरिकी संसद वा अमेरिकाका न्युक्लियर पावर प्लान्टमा लगेर ठोक्काउने योजना बनाएका खुलेको थियो । यात्रुहरुले त्यो विमानमा प्रतिरोध नगरेका भए र अमेरिकाका न्युक्लियर पावर प्लान्टमा लगेर ठोक्काइयो भए त्यसपछिको अवस्था के हुने थियो भन्ने अनुमान लगाउन समेत मुस्किल थियो ।

यसरी हजारौंको ज्यान जानेगरी भएको सेप्टेम्बर ११ को घटनापछि अमेरिकाले आतंकवादीविरुद्ध नयाँ युद्धको घोषणा गर्यो । एकातिर युद्धमा भएको खर्च र अर्कातर्फ सेप्टेम्बर ११ को हमलाका कारण अमेरिकी अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्यो । सेप्टेम्बर ११ मा बन्द भएको स्टक एक्सचेन्ज सेप्टेम्बर १७ सम्म खुलेन भने सेप्टेम्बर १७ पछि ओरालो लाग्ने क्रम सुरु भयो । एकहप्तामा नै अमेरिकी स्टकमा १ दशमलव ४ ट्रिलियन डलरको घाटा लाग्यो । न्युयोर्क सहरमामात्र आक्रमणको तीनमहिनामा ४ लाख ३० हजारले जागिर गुमाए भने ज्यालामा २ दशमलव ८ विलियन डलरको घाटा लाग्यो ।

सेप्टेम्बर ११ को हमलापछि हड्सन रिभरमा धेरै पानी बगिसक्यो । मुख्य योजनाकार मानिने ओसामा विन लादेन पनि मारिए, त्यसपछि अलकायदाको प्रभाव कम भयो । तर अलकायदा भन्दा अझ आततायी रुपमा आइएसआइएसको उदय भयो । सन् २०१९ मा अमेरिकाले आईसीसका मुख्य नेतालाई पनि सिरियामा मारिदियो ।  सेप्टेम्बर ११ को घटनापछि अमेरिकाभित्र भएका कैयन आतंकवादी आक्रमणका योजनाहरु सुरक्षा निकायले निस्तेज पारेको छ ।


सेप्टेम्बर ११ पछि अमेरिकामा भएका ७० आतंकवादी आक्रमणका प्रयास

—सन् २००१ डिसेम्बरमा बोष्टनमा एफबीआईले ओसामाविन लादेनको समर्थक बताउने एकजना बेलायती नागरिक रिचर्ड रेडलाई पक्राउ ग¥यो, जसले जुत्तामा लुकाएको बम विष्फोट गराउने प्रयास गरेको थियो । उसले जुत्तामा लुकाएको बम विष्फोट गराउन खोजेपछि पेरिसबाट मायामी जान लागेको विमान बोष्टनको लोगन इन्टरनेशनल एयरपोर्टमा आकस्मिक अवतरण गरेको थियो । उसलाई विमानमा रहेका यात्रु र कर्मचारीहरुले नियन्त्रणमा लिएका कारण बम विष्फोट गराउन पाएन । एफबीआईएले उसलाई हिराशतमा लिएपछि अमेरिकी अदालतले उसलाई आजिवन कारावाशको सजाय सुनाएको थियो । उसलाई सघाउने शाजिद बादतलाई १३ वर्षको जेलसजाय सुनाइएको थियो ।

— सन् २००२ को मेमा शिकागोको ओहेर एयरपोर्टबाट पाकिस्तानबाट फर्कदै गरेको जोसे पाडिलालाई अमेरिकी अधिकारीहरुले नियन्त्रणमा लिए, जसले पाकिस्तानमा सेप्टेम्बर ११ को योजनाकारमध्येको एक खालिद शेख मोहम्मदलाई भेटेर अलकायदाको तालिम लिएको थियो । अमेरिकामा बम विष्फोटको योजनासहित आएको उसलाई १७ वर्ष ४ महिनाको जेलसजाय सुनाइएको थियो । उसलाई अब सन् २०२२ को जनवरी ४ मा रिहा गरिने भएको छ ।
—सेप्टेम्बर २००२ मा एफबीआईले अफगानिस्तानमा अलकायदाको तालिम लिएका ६ जनालाई पक्राउ गरेको थियो । न्युयोर्कको अपस्टेटमा पक्राउ परेकामध्ये ५ जना न्युयोर्कको बफेलोमा जन्मेका र हुर्केकाहरु थिए । ६ जना नै अमेरिकी नागरिक थिए । ६ जनाले नै आफ्नो अपराध स्वीकारेपछि उनीहरुलाई १० वर्षसम्मको जेलसजाय सुनाइएको थियो । अहिले उनीहरु सबैले आफ्नो जेलसजाय काटिसकेका छन् भने पश्चिमी न्युयोर्कमा स्वतन्त्रतापूर्वक जीवन विताइरहेका छन् ।

— सन् २००३ को मार्चमा अमेरिकाको ग्रिनकार्ड भएको पाकिस्तानी नागरिक उजेर पराचालाई अलकायदालाई विभिन्न सामाग्री र आर्थिक सहयोग गरेको अभियोगमा पक्राउ गरिएको थियो । उजेरले अर्को पाकिस्तानी मजिद खानलाई अमेरिकामा ल्याउनका लागि इमिग्रेशन फ्रडसमेत गरेको थियो । खानको सेप्टेम्बर ११ को हमलाको योजनाकारमध्येको एक खालिद शेख मोहम्मदसँग सम्पर्क थियो भने उनीहरुले मेरिल्याण्डमा बम पड्काउने योजना बनाएका थिए । उजेरलाई ३० वर्षको सजाय सुनाइएको थियो । उजेरको बाबु ६४ वर्षको पाकिस्तानी नागरिक शैफुल्ला पराचालाई पनि सो योजनामा संलग्न भएको अभियोगमा बैंककमा समातिएको थियो । अहिले उसलाई ग्वान्तानामो बे कारागारमा राखिएको छ ।

— सन् २००३ को मे महिनामा अमेरिकी नागरिकता लिएर ओहायो कोलम्बसमा बस्दै आएको आइम्यान फारिसलाई न्युयोर्कमा पक्राउ गरिएको थियो । उसले बु्रकलिन ब्रिज ध्वस्त पार्नेगरी आतंकवादी हमलाको योजना बनाइरहेको थियो । अलकायदाका नेतासँग भेटेपछि उसले यस्तो योजना तय गरेको थियो । न्युयोर्क सिटीको प्रहरीले यस्तो योजनाबारे थाहा पाएपछि बु्रकलिन ब्रिज वरपर निगरानी राख्यो र उसलाई पक्राउ गरियो । अदालतले उसलाई २० वर्षको जेलसजाय सुनाएको छ ।

—सन् २००३ को जुनमा जोर्डनी मुलको अमेरिकी नागरिक अहमत ओमार अबु अलिलाई साउदी अरेबियामा पक्राउ गरिएको थियो । उसले तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुसको हत्या योजना बनाएको थियो । साथै अमेरिकी विमान अपहरणको योजना पनि बनाएको थियो । जर्ज बुसको हत्या गर्ने र अमेरिकामा पनि अलकायदाको सेल स्थापना गर्ने उसको योजना थियो । उसलाई सुरुमा ३० वर्षको जेल सजाय सुनाइएको थियो भने पछि जेल सजाय आजिवन बनाइएको थियो ।

— सन् २००३ को जुनमा भर्जिनियामा ११ जना व्यक्ति पक्राउ परे । उनीहरुमध्ये ७ जनाको संलग्नता आतंकवादी संगठनसँग थियो । उनीहरुको अलकायदा , तालिवान र लस्कर ए तोयबासँग सम्बन्ध थियो । उनीहरुमध्ये एकजनालाई आजिवन कारावासको सजाय सुनाइयो भने अरुले २० वर्षसम्मको जेल सजाय पाए ।

— सन् २००३ को नोभेम्बरमा ओहायो कोलम्बरसमा बस्दै आएको सोमाली नागरिक नुरादिन अब्दीलाई स्थानीय सपिङ मलमा बम विष्फोटको योजना बनाएका कारण पक्राउ गरियो । उसले आतंकवादी तालिन लिनका लागि अमेरिकाबाहिर गएको समेत स्वीकार गरेको थियो । उसलाई १० वर्षको जेल सजाय सुनाइएको थियो । जेल सजाय काटेपछि उसलाई सन् २०१२ मा सोमालिया डिपोर्ट गरिएको थियो ।

— सन् २००४ को अगस्तमा न्युयोर्कको स्टक एक्सचेन्चमा हमलाको योजना बनाएको धिरेन बारोटलाई पक्राउ गरिएको थियो । उसले अरु सातजनासँग मिलेर न्युयोर्क, वासिंटन डिसी र नेवार्कमा हमलाको योजना बनाएको थियो । उसलाई ४० वर्षको जेल सजाय सुनाइयो । तर पछि उसलाई ३० वर्षकोमात्र जेल सजाय दिइयो । उसका अन्य सहयोगीहरुलाई १५ देखि २६ वर्षसम्मको जेल सजाय दिइयो ।

— सन् २००४ को अगस्तमा जेम्स एल्साफे र शाहवार सिराजलाई न्युयोर्कको मेडिसन स्क्वायर गार्डेनमा बम विष्फोटको योजना बनाएका कारण पक्राउ गरियो । रिपब्लिकन नेशनल कन्भेन्सन भन्दा ठ्याक्कै अगाडि उनीहरुले बम विष्फोटको योजना बनाएका थिए । उनीहरुमध्ये प्रमुख योजनाकार सिराजलाई ३० वर्षको सजाय दिइयो भने अमेरिकी नागरिक समेत रहेको जेम्स एल्साफेलाई पाँचवर्षको जेल सजाय दिइयो ।

— सन् २००४ कै अगस्तमा यासिन आरेफ र मोहम्मद हुसेनलाई पाकिस्तानी कुटनीतिज्ञको न्युयोर्कमा हत्या योजना बनाएको अभियोगमा पक्राउ गरियो । एफबीआईको अनुसन्धानपछि उनीहरुलाई पक्राउ गरिएको थियो । आतंकवादीहरुलाई उपकरणहरु सहयोग गरेको अभियोगमा उनीहरुलाई १५ वर्षको जेल सजाय सुनाइएको थियो ।

— सन् २००५ को जुनमा पाकिस्तानी नागरिक हमिद हायतलाई एफबीआईले क्यालिफोर्नियाको लोदीमा पक्राउ गरेको थियो , जसले पाकिस्तानको आतंकवादी क्याम्पमा तालिम लिएको थियो । हमिलले पछि आतंकवादीलाई सामानहरु सहयोग गरेको स्वीकारेको थियो । एफबीआईसँगको बयानमा उसले आतंकवादी तालिमपछि उसलाई अमेरिकामा खटाइएको बताएको थियो । उसलाई २४ वर्षको जेल सजाय सुनाइएको थियो ।
— सन् २००५ को अगस्तमा लस एन्जलसका विभिन्न स्थानमा आक्रमणको योजना बनाउने चारजनालाई पक्राउ गरेको थियो । उनीहरुमध्ये जेम्स र वासिंटनलाई १६ र २२ वर्षको जेल सजाय सुनाइएको थियो भने अर्को एकजनालाई सुरुमा पागलखानामा राखेर पछि ७० महिनाको जेल सजाय सुनाइएको थियो ।

—सन् २००५ को डिसेम्बरमा माइकल रेनोल्डलाई एफबीआईले नियन्त्रणमा लियो । उसले गल्फबाट न्युयोर्क र नयुजर्सीमा आउने पाइपलाइनमा विष्फोटको योजना बनाएको थियो । त्यसका लागि ४० हजार अमेरिकी डलर रकम बुझ्न जाँदा उसलाई पक्राउ गरिएको थियो । पेन्सिलभेनियामा उसले विष्फोटक पदार्थहरु लुकाएर राखेको पनि फेला परेको थियो । उसलाई ३० वर्षको जेल सजाय सुनाइएको थियो ।

— सन् २००६ को फेबु्रअरीमा मोहम्मद जाकीसहित तीनजनालाई ओहायोमा पक्राउ गरियो । उनीहरुले अमेरिकाबाहिर अमेरिकी सेना लगायतको हत्याका लागि तालिम लिएका थिए । आतंकवादी संगठनलाई सामानहरु उपलब्ध गराउने लगायतका काम गर्दै आएका उनीहरुलाई ८ देखि २० वर्षसम्मको जेलसजाय सुनाइएको थियो ।

—सन् २००६ को मार्चमा इरानी मुलको २२ वर्षको मोहम्मद रेजा पक्राउ प¥यो । उसले नर्थ क्यारोलिनामा विद्यार्थीहरुको भींडमा कार दौडाउँदा ६ जना घाइते भएका थिए । मुस्लिमहरुमाथि भएको व्यवहारको बदला लिन आफूले यसो गरेको उसले बयान दिएको थियो । उसलाई अदालतले २६ वर्षको जेल सजाय सुनाएको थियो ।

— सन् २००६ को अप्रिलमा शाइद हेरिस अहमद र इहसनुल इस्लामलाई एटलान्टा जर्जियामा पक्राउ गरियो । उनीहरुले अमेरिकामा स्लामिक अतिवादीहरुसँग भेटेर वासिंटन डिसीमा आक्रमणको योजना बनाएका थिए । अमेरिकी संसद र विश्वबैंकमा समेत हमलाको योजना बनाएका उनीहरु लस्कर ए तोयबालाई भेट्न पाकिस्तान समेत गएका थिए । उनीहरुलाई अदालतले १३ र १७ वर्षको जेल सजाय सुनाएको थियो ।

— सन् २००६ को जुनमा मायामी र एटलान्टामा सातजना व्यक्ति पक्राउ परे । उनीहरुले शिकागोको सियर्स टावर, एफबीआई अफिस र अरु सरकारी भवनमा विष्फोटको योजना बनाएका थिए । उनीहरुमध्ये एकजना निर्दोष सावित भ एभने पाँचजनालाई ६ देखि १३ वर्षसम्को जेलसजाय सुनाइएको थियो ।

— सन् २००६ को जुलाईमा न्युयोर्क र न्युजर्सीबीचको भूमिगत रेलमा विष्फोटको योजना बनाउने असेम हमदलाई एफबीआईले नियन्त्रणमा लियो । हमदले आफ्नो योजना स्वीकार समेत ग¥यो । लेवनान सरकारले उसलाई लिएपछि धरौटीमा रिहा गरिदियो । सन् २०१२ को फरबरीमा लेबनानको अदालतले उसलाई २ वर्षको जेल सजाय तोक्यो । जुनसजाय उसले भोगिसकेको छ ।

— सन् २००६ को अगस्तमा बेलायती सुरक्षा निकायले अमेरिका आउने १० वटा विमानमा विष्फोटको योजना बनाउने २४ जनालाई नियन्त्रणमा लियो । तर पछि उनीहरुमध्ये एकजना पछि निर्दोष सावित भयो ।

— सन् २००६ को डिसेम्बरमा शिकागोको सपिङ मलमा विष्फोट गराउने योजना बनाउने डेरिक शरेफ पक्राउ प¥यो । शरेफले आफ्नो योजनाका क्रममा अण्डरकभर सरकारी अधिकारीलाई नै भेटेको थियो । उसको आतंकवादी हसन अबुजिहादसँग सम्बन्ध रहेको थियो । उसलाई अदालतले ३५ वर्षको जेल सजाय सुनाएको थियो ।

— सन् २००७ को मार्चमा सेप्टेम्बर ११ को हमलाको योजनामा संलग्न खालिद शेख मोहम्मदले आफू सेप्टेम्बर ११ को हमला, सन् २००२ मा बाली हमला लगायतका आतंकवादी हमलामा संलग्न रहेको बयान दिएको थियो । उसलाई अमेरिकी सेनाको जेल ग्वान्तानामो बेमा राखिएको थियो ।
—सन् २००७ को मेमा न्युजर्सीमा रहेको अमेरिकी सेनाको पोष्टमा आतंकवादी हमला गर्ने योजना बनाएका ६ जना पक्राउ परे । उनीहरुले पोष्टमा हमला गरेर अमेरिकी सेनाको हत्या गर्ने योजना बनाएका थिए । उनीहरुमध्ये पाँचजनाले नजिकैको पोकोनो माउन्टेनमा गएर तालिम समेत लिएका थिए । उनीहरुमध्ये पाँचजनाले ३३ वर्षसम्मको जेल सजाय पाएका थिए ।

— सन् २००७ को जुनमा न्युयोर्कमो जोन अफ केनेडी विमानस्थलमा विष्फोटको योजना बनाउने चारजना पक्राउ परे । उनीहरुले सेप्टेम्बर ११ को भन्दा ठूलो क्षति हुनेगरी आक्रमणको योजना बनाएका थिए । उनीहरुको समुहका नाइके रसेल बु्रकलिनमा पक्राउ परेको थियो । अरु तीनजना ट्रिनिडामा पक्राउ परेका थिए । उनीहरुको दक्षिण अमेरिका र क्यारेबियन मुस्लिम अतिवादीहरुसँग साँठगाँठ रहेको थियो । उनीहरुमध्ये एकजनाले १५ वर्षको जेल सजाय पाए भने अरु तीनजनाले आजिवन जेल सजाय पाए ।

—सन् २००८ को मार्चमा हसन अवुजिहाद पक्राउ प¥यो । पहिले अमेरिकी नेभीमा समेत काम गरेको एरिजोनाको हसनले आतंकवादीलाई सहयोग गर्ने र सुचना दिने काम गरेको थियो । उसलाई पछि १० वर्षको जेल सजाय सुनाइएको थियो ।

— सन् २००८ को जुनमा कोलम्बस निवासी अमेरिकी नागरिक क्रिस्टोफर पल पक्राउ प¥यो । ऊ सन् १९९० को दशकमा अलकायदासँग आबद्ध थियो । अमेरिका र अमेरिकाबाहिर अमेरिकी नागरिकलाई निशाना बनाउने काममा संलग्न उसको जर्मनीको इस्लामिक आतंकवादी सेलसँग सम्बन्ध थियो । उसलाई अदालतले २० वर्षको जेल सजाय सुनाएको थियो ।

— सन् २००८ को नोभेम्बरमा हिस्पानिक मुलको अमेरिकी नागरिक ब्रायन्ट निल पक्राउ प¥यो । उसले पाकिस्तानमा गएर तालिवानसँग आतंकवादी तालिम लिएको थियो । उसले अमेरिकी सुरक्षा अंगमाथि आक्रमणको असफल प्रयास समेत गरेको थियो भने अलकायदालाई लङ आइल्याण्ड रेड रोडमा सम्भावित हमलाका लागि सुचना दिने काम गरेको थियो । उसलाई पाकिस्तानमा गिरफ्तार गरेर अमेरिका पठाइएको थियो ।

— सन् २००९ को मे महिनामा न्युयोर्क प्रहरीेले न्युयोर्क क्षेत्रको यहुदी सेन्टरहरुमा हमला गर्ने योजना बनाएका चारजनालाई पक्राउ ग¥यो । उनीहरुले कार र भवनहरुमा विष्फोटक पदार्थ राखेर आक्रमणको योजना बनाएका थिए । उनीहरुलाई अण्डरकभर सरकारी एजेन्टले अनुसन्धानका क्रममा नक्कली विष्फोटक बेचेका थिए । उनीहरुलाई अदालतले २५ वर्षको जेल सजाय सुनायो ।

— सन् २००९ को जुनमा अब्दुल्लाकिम मुजाहिद अर्कान्सासमा पक्राउ प¥यो । टेनिसीमा जन्मिएको मुजाहिदले एकजना सेनाको हत्या ग¥यो भने अर्का एकजना घाइते भए । इराक र अफगानिस्तान युद्धको बदला लिन भन्दै उसले आक्रमण गरेको थियो । उसलाई पछि आजिवन कारावासको सजाय सुनाइयो ।

— सन् २००९ को जुलाईमा नर्थ क्यारोलिनामा ७ जनाको समुहमा रहेका व्यक्ति पक्राउ परे । उनीहरुले भर्जिनियामा रहेको अमेरिकी मरिनको बेसमा आक्रमणको योजना बनाएका थिए । उनीहरुमध्ये केहीले १८ वर्षसम्मको जेल सजाय पाए ।

—सन् २००९ को सेप्टेम्बरमा न्युयोर्क सिटीको सबवेमा बम पड्काउने योजनाका साथ रसायनहरु किने लगत्तै २४ वर्षको अफगानी नाजिबुल्लाह जाजी पक्राउ प¥यो । सन् २००५ मा लण्डनमा भएको हमलामा प्रयोग भएको जस्तै बम प्रयोग गरेर उसले न्युयोर्कको रेडमा पड्काउने योजना बनाएको थियो । उसले पाकिस्तानमा अलकायदासँग बम बनाउने तालिम समेत लिएको थियो ।

— टेक्सासको डलासमा बम राख्ने प्रयास गर्दा गर्दै सन् २००९ को सेप्टेम्बरमा १९ वर्षको जोर्डनी युवा महर हुसेन सम्दी पक्राउ प¥यो । उसलाई एफबीआईएका एजेन्टहरुले च्याटबाट समातेका थिए । उसले बम पड्काउने योजना बताएपछि अण्डरकभर सरकारी एजेण्टले उसलाई नक्कली बम दिए । त्यसपछि उसले त्यो बम राख्ने प्रयास गरेको थियो । उसलाई अदालतले २४ वर्षको जेल सजाय सुनायो ।

— अमेरिकी नागरिक माइकल फिन्टोन सन् २००९ को सेप्टेम्बरमा पक्राउ प¥यो । इलिनोयमा रहेको संघीय भवनमा विष्फोटको योजना बनाएको उसले जिहादी लडाकु बन्ने आफ्नो उद्देश्य रहेको बयान दिएको थियो । संघीय कर्मचारीहरुको हत्या योजना बनाएको र आम नरसंहारको लागि हतियारको प्रयोग गर्ने योजना बनाएको उसलाई २८ वर्षको जेल सजाय सुनाइएको थियो ।

— सन् २००९ को अक्टोबर मा तारेक मेहन्नालाई अमेरिकी राजनीतिज्ञको हत्या योजना बनाएको अभियोगमा पक्राउ गरियो । उसले अहमद अबोसाम्रासँग मिलेर इराकमा अमेरिकी सेनाको पनि हत्या योजना बनाएका थिए भने सपिङ मलमा सर्वसाधारणको पनि हत्या योजना बनाएका थिए । उनीहरुले आतंकवादीहरुलाई सहयोग गर्ने लगायतका काम गर्दै आएकोमा मेहन्नालाई अमेरिकामा १७ वर्षको जेल सजाय सुनाइएको छ तर अहमद भने सिरियामा खुलेआम घुमिरहेको छ । उसलाई पक्राउ गर्नका लागि सुचना दिने व्यक्तिलाई एफबीआईले ५० हजार डलर इनाम दिने घोषणा गरेको छ ।

— सन् २००९ को नोभेम्बरमा अमेरिकी आर्मीको मेजर हसनले टेक्सासमा अन्धाधुन्द गोली चलाएर १३ जनाको हत्या ग¥यो भने ३२ जना घाइते भए । अल्लाह अकबर भनेर चिच्याउँदै उसले गोली चलाएको थियो । आक्रमणका क्रममा हसन पनि गम्भिर घाइते भएर बाँचेको थियो । उसको अपराध अनुशार उसलाई मृत्युदण्डसम्मको सजाय हुनसक्ने भएपनि उसको मुद्दा अझै अदालतमा छ ।

— सन् २००९ को डिसेम्बरमा २३ वर्षको नाइजेरियन उमर फारुखले अमेरिका आउने क्रममा अण्डरवेयरभित्र लुकाएको बम विमानमा विष्फोट गराउन खोजेको थियो । सुरुमा उसले बम विष्फोट गराउन सकेन । दोश्रो पटक प्रयास गर्न खोज्दा उसलाई यात्रुहरुले रोके । डेट्रोइट विमानस्थलमा विमान अवतरण हुनासाथ उसलाई अमेरिकी अधिकारीहरुले नियन्त्रणमा लिए । उसको संलग्नता यमनमा अलकायदासँग रहेको दावी गरिएको थियो । उसलाई अदालतले आजिवन कारावासको सजाय सुनाएको छ ।

— सन् २०१० को मार्चमा पाकिस्तानी मुलको अमेरिकी नागरिक राजा खान शिकागोमा पक्राउ प¥यो । ट्याक्सी ड्राइभर खानको अलकायदा सम्बद्ध व्यक्तिहरुसँग आवद्धता थियो । उसले आतंकवादी संगठनका लागि आर्थिक सहयोग गर्दै आएको थियो । उसलाई अदालतले साढे ७ वर्षको जेल सजाय सुनाएको छ ।

— सन् २०१० को मे महिनामा न्युयोर्कको टाइम्स स्क्वायरमा कार बम विष्फोट गराउन खोज्ने पाकिस्तानी मुलको अमेरिकी नागरिक फेसल शाहजाद पक्राउ प¥यो । उसले त्यसका लागि आतंकवादी संगठनबाट १२ हजार अमेरिकी डलर पाएको थियो । बम आक्रमणको असफल प्रयास पछि ऊ दुबई भाग्न खोज्दै थियो । तर विमान उड्नै लाग्दा न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा ऊ पक्राउ प¥यो । उसलाई अदालतले आजिवन कारावासको सजाय दिएको छ ।

— सन् २०१० को जुलाईमा अमेरिकी सेनाका सदस्यसहित १५ जनाको हत्या योजना बनाउने पल रकउड र नादिया रकउड पक्राउ परे । उनीहरु श्रीमान् श्रीमति थिए । उनीहरुले इस्लामविरोधीसँग बदला लिने भन्दै त्यस्तो योजना बनाएका थिए । उनीहरुमध्ये श्रीमानलाई ८ वर्षको र श्रीमतिलाई ५ वर्षको जेल सजाय सुनाइयो ।

— वासिंटन डिसीको रेलमा विष्फोट गराउने योजना बनाएको पाकिस्तानी अमेरिकन फारुक अहमद अक्टोबर सन् २०१० मा पक्राउ प¥यो । अलकायदाको सदस्य ठानेर अण्डरकभर सरकारी अधिकारीसँग सम्पर्क गरेपछि उसको योजना सार्वजनिक भएको थियो । अहमदले अमेरिकाबाहिर तालिम लिएर शहिद हुन चाहेको बताएको थियो । उसलाई २३ वर्षको जेलसजाय तोकिएको छ ।

— सन् २०१० को अक्टोबरमा यमनबाट शिकागोमा पठाइदै गरेका दुईवटा प्याकेजमा विष्फोटक पदार्थ रहेको पत्ता लाग्यो । यो घटनामा कसको संलग्नता थियो भन्नेबारे केही खुलेन । तर यमनमा रहेको आतंकवादी संगठनले त्यसको जिम्मेबारी लियो ।

— पोर्टल्याण्ड ओरेगनमा क्रिसमस ट्री बाल्ने महोत्सवमा कारबम विष्फोट गराउन खोज्ने १९ वर्षको सोमाली अमेरिकन मोहम्मद ओसमान मोहमुद पक्राउ प¥यो । उसलाई त्यो बम अण्डरकभर सरकारी अधिकारीले दिएका थिए । उसले पहिले अमेरिकाबाहिर गएर आतंकवादी तालिम लिएको आशंका गरिएको थियो । त्यसैले एफबीआईले उसमाथि निगरानी बढाएको थियो । मोहमुदले आम नरसंहारमा रुची देखाएको थियो ।

— २१ वर्षको अमेरिकन नागरिक एन्टोनियो मार्टिनेज सन् २०१० को डिसेम्बरमा पक्राउ प¥यो । उसले मेरिल्याण्डमा रहेको सैन्य भर्तीकेन्द्रमा बम पड्काउने योजना बनाएको थियो । उसलाई पनि एफबीआईका अण्डरकभर अधिकारीले नक्कली विष्फोटक दिएका थिए । उसलाई सरकारी कर्मचारीको हत्या गर्न खोजेको अभियोगमा पक्राउ गरियो ।

— सन् २०११ को फरबरीमा टेक्सासमा अध्ययनरत साउदी नागरिक खालिद पक्राउ प¥यो । उसले पूर्व राष्ट्रपति जर्ज बुसको डलासको निवास लगायत विभिन्न स्थानमा विष्फोटको योजना बनाएको थियो । उसलाई अदालतले आजिवन कारावासको सजाय सुनाएको छ ।

— न्युयोर्कको म्यानहटनमा विष्फोट गराउनका लागि बन्दुक, बम र हतियार किन्न खोज्ने अहमद फेरानीर मोहमम्द ममदुहलाई सन् २०११ को मेमा न्युयोर्क प्रहरीले पक्राउ ग¥यो । उनीहरुले आफ्नो दोश्रो निशाना एम्पायर स्टेट भवन बनाएका थिए । उनीहरुमध्ये एकजनालाई १० वर्षको र अर्कालाई ५ वर्षको जेल सजाय सुनाइएको थियो ।

— सन् २०११ को जुनमा इथोपियन मुलको अमेरिकन जोनादन मेलाकु पक्राउ प¥यो । बम बनाउने विभिन्न रसायनिक पदार्थहरुले भरिएको झोला सहित ऊ पक्राउ परेको थियो । पछि उसको घरमा छापामार्दा आतंकवादीलाई उद्धृत गरेर लेखिएका नोटबुकहरु भेटिएका थिए । उसलाई अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ ।

—शियाटलको एउटा वायरहाउसमा छापामारेर सन् २०११ को जुनमा एफबीआईले अबु खालिद, अब्दुल लतिफ र वाली मुजाहिद्दिनलाई पक्राउ ग¥यो । शियाटलमा रहेको सैन्य भर्ती केन्द्रमा आक्रमणका लागि हतियार किन्ने योजना बनाएका उनीहरुलाई १८ वर्षसम्मको जेल सजाय सुनाइयो ।

— सन् २०११ को जुलाईमा उज्वेकिस्तानको नागरिक २२ वर्षको उलुज्वेक कोदिरोभ अलाबामामा पक्राउ प¥यो । कोलम्बिया युनिभर्सिटीको मेडिकल स्कुलमा पढ्न आएको ऊ कहिले पनि कलेज गएन । बरु अमेरिकी सरकारले आतंकवादीको सुचीमा राखेका संगठनहरुसँग सम्पर्क बढाउने प्रयास गर्न थाल्यो । सामाजिक सञ्जालहरुमा अमेरिकी राष्ट्रपतिको हत्याको विषयमा लेख्न थाल्यो । उसलाई अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ ।

— सन् २०११ को अगस्तमा आतंकवादी संगठनको समर्थक एमरसन बेगोली पक्राउ प¥यो । पेन्सिलभेनियामा जन्मिएको उसले रासायनिक बम कसरी बनाउने भन्ने विषयमा १ सय १ पेज वेवसाइटमा राखेको थियो । उसका कागजपत्रहरु अलकायदाको पूर्व हतियारविदसँग सम्बन्धित थिए ।

— सन् २०११ को सेप्टेम्बरमा २६ वर्षको अमेरिकी नागरिक रेजवान फरडास पक्राउ प¥यो । उसले अलकायदाको व्यक्ति ठानेर विभिन्न सहयोग गरेको थियो । तर उसले अलकायदा ठानेको व्यक्ति एफबीआईको अण्डरकभर अधिकारी थिए । पेन्टागन र अमेरिकी संसदमा हमलाका लागि उसले अलकायदाको सदस्य भएको भ्रममा अण्डरकभर अधिकारीसँग हतियार समेत किनेको थियो । उसलाई बोष्टनको अदालतले १७ वर्षको जेल सजाय सुनाएको छ ।

— सन् २०११ को अक्टोबरमा अमेरिकामा साउदी अरबको राजदूतको हत्या योजना बनाउने इरानमा जन्मेको अमेरिकी नागरिक मन्सुर अरबाबसिर पक्राउ प¥यो । उसले वासिंटन डिसीमा रहेका साउदी र इजरायली दूतावासमा विष्फोटको योजना समेत बनाएको थियो । उसलाई न्युयोर्कको जोन अफ केनेडी विमानस्थलमा पक्राउ गरिएको थियो । उसलाई अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ ।

—न्युयोर्क सिटीभरी पाइपबम आक्रमणको योजना बनाउने डोमेनिकन मुलको अमेरिकी नागरिक होजे पिमेन्टेल सन् २०११ को नोभेम्बरमा पक्राउ प¥यो । उसले प्रहरी स्टेशन, हुलाक, अमेरिकी सेनाका पोष्टमा विष्फोटको योजना बनाएको थियो । उसलाई न्युयोर्क प्रहरीले पक्राउ गरेको थियो ।

— सन् २०१२ को जनवरीमा कोशोभो मुलको अमेरिकी नागरिक सामी ओज्माकाकलाई अमेरिकाको नाइट क्लब, ब्यापार र प्रहरी कार्यालयमा विष्फोटको योजना बनाएका कारण पक्राउ गरियो । अलकायदाको झण्डा खोजिरहेको अवस्थामा सुराकीका आधारमा उसलाई पक्राउ गरिएको थियो । उसले मान्छेलाई अपहरण गर्न समेत चाहेको थियो । जब उसले अण्डरकभर एफबीआई एजेण्टसँग हतियार बेच्ने मान्छे मानेर सम्पर्क ग¥यो, तब ऊ पक्राउ प¥यो ।

— अमेरिकी संसदमा आक्रमणको योजना बनाउने मोरक्कोको नागरिक अमेन एल खालिफी सन् २०१२ को फरबरीमा पक्राउ प¥यो । जब उसले बन्दुक बमसहितको गाडी पार्क गरेर छाड्यो, त्यसपछि ऊ पक्राउ परेको थियो । ति हतियार पनि उसलाई एफबीआईकै एजेण्टहरुले अलकायदाको सदस्य भएको भ्रममा पारेर उपलब्ध गराएका थिए । उसलाई ३० वर्षको जेलसजाय सुनाइएको छ ।

— सन् २०१२ को मेमा अमेरिकी सरकारले ओसामाविन लादेन मारिएको वार्षिकीमा अमेरिका आउने विमानमा बम विष्फोट गराउने आतंकवादीको योजना निष्तेज पारेको थियो । यमनमा रहेको आतंकवादी संगठनले यस्तो योजना बनाएको थियो । तर अमेरिकी सुरक्षा शतर्कताका कारण उनीहरुको योजना सफल हुन पाएन ।

— सन् २०१२ को सेप्टेम्बरमा शिकागोमा कारबम विष्फोट गराउन खोज्ने १८ वर्षको अदेल दाउद पक्राउ प¥यो । उसमाथी एफबीआई र अन्य सरकारी अधिकारीहरुले केही महिनादेखि निगरानी गरिरहेका थिए । उसलाई पनि अण्डरकभर सरकारी अधिकारीले नक्कली विष्फोटक दिएका थिए ।

— न्युयोर्कको म्यानहटनमा कारबम विष्फोट गराउन खोज्ने बंगलादेशी विद्यार्थी क्याजी नाफिज सन् २०१२ को अक्टोबरमा पक्राउ प¥यो । सन् २०१२ को जनवरीमा अमेरिका आएको नाफिजले अमेरिकामा अलकायदाको सम्पर्क पत्ता लगाउने प्रयास थाल्यो । उसले अलकायदा भनेर भेटेका व्यक्ति अण्डरकभर सरकारी एजेण्ट थिए । उनीहरुबाट नक्कली बम लिएर नाफिजले म्यानहटनमा विष्फोट गराउन खोजेको थियो ।

— फ्लोरिडामा बस्दै आएका पाकिस्तानका क्वाजी दाजुभाई सन् २०१२ को नोभेम्बरमा पक्राउ परे । उनीहरु टाइम्स स्क्वायर, वाल स्ट्रीट र ब्रोडवे थियटरमा आतंक सृजना गर्ने उद्देश्यले न्युयोर्कमा आएका थिए । उनीहरुले या त आत्मघाती या त रिमोट कन्ट्रोल बम विष्फोट गराउने योजना बनाएका थिए । उनीहरुलाई अदालतले १५ वर्षको जेल सजाय सुनाएको छ ।

— सन् २०१३ को अप्रिलमा बोष्टन म्याराथनमा दुई दाजुभाई मिलेर बम विष्फोेट गराए । उनीहरुले ३ जनाको ज्यान जानेगरी बम विष्फोट गराएका थिए । सुरक्षा अधिकारीको गोली लागेर दाजुको मृत्यु भयो भने भाई घाइते अवस्थामा पक्राउ परे ।

— क्यानडाबाट अमेरिकाआउने रेलमा विष्फोट गराउन खोज्ने चिहेव एसघायर र रायद जसेर सन् २०१३ को अप्रिलमा पक्राउ परे । उनीहरुलाई अलकायदाले उपकरणहरु सहयोग गरेको अधिकारीहरुले दावी गरेका थिए । उनीहरुलाई क्यानडाको जेलमा राखिएको छ ।

– सन् २०१४ को जनवरीमा ह्वाइट हाउस, मस्जिद र इस्लामिक विद्यालयहरुलाई निशाना बनाएर बिष्फोटको योजना बनाइएको थियो । उक्त आक्रमण प्रयासका लागि रिमोट कन्ट्रोल उपकरणको प्रयोग गरिएको थियो ।

– सन् २०१५ को फेब्रुअरीमा वेष्ट भर्जिनियामा एकजना व्यक्तिलाई हतियार र बिष्फोटक पदार्थको खातसहित पक्राउ गरिएको थियो । उक्त व्यक्तिले संघीय कोर्टहाउस, बैंक र स्थानीय उत्सवमा हमलाको योजना बनाएको थियो ।

– सन् २०१५ को अप्रिलमा पाकिस्तानी अमेरिकन एसिया सिद्धिकी र नोयली भेलेन्ताज न्युयोर्क सिटीमा प्रेसर कुकर बम बनाउने योजनामा संलग्न रहेका थिए । सिद्धिकीको सम्बन्ध अरेबियन पेनिन्सुलामा अलकायदासँग रहेको थियो भने भेलेन्ताज आईसीस समर्थक थिए । दुबैजनाले बम बनाउने योजना बनाइरहेको बेलामा पक्राउ परेका थिए । एकजना अण्डरकभर एजेण्टले बम बिष्फोटमा आफूपनि संलग्न हुन चाहेको भन्दै उनीहरुसँग सम्पर्कमा आएपछि योजना सार्वजनिक भएको थियो ।

– सन् २०१५ को जुनमा मुन्थर ओमाह शालेह नामका व्यक्ति आईसीसीको समर्थनमा न्युयोर्कमा प्रेसर कुकर बम बिष्फोट गराउन खोज्दा पक्राउ गरिएको थियो ।

– सन् २०१५ को जुनमा जोसुवा राइम गोल्बर्ग नामको व्यक्तिले मिजौरीमा सेप्टेम्बर ११ को स्मृतिमा गरिएको कार्यक्रममा बम बिष्फोट गराउन एफबीआईएबाट गोप्य सुचनाहरु लिने प्रयास गरेको थियो । बमको पदार्थमा मुसामार्ने विषको प्रयोग गरेर धेरैको हत्या गरेको योजनामा उक्त व्यक्ति थियो । अष्ट्रेलियन आईसीस समर्थक भएको बताउने उक्त व्यक्तिले सन् २०१७ मा अपराध स्वीकारेको थियो ।

– सेप्टेम्बर २०१६ मा न्युयोर्क र न्युजर्सीमा पाइप बम आक्रमण गरिएको थियो । विहान न्युजर्सीमा र दिउसो न्युयोर्कको म्यानहटनमा बिष्फोट गराइएको थियो । नजिकै अर्को बम भेटिएको थियो । संदिग्ध अहमद खान रहिमी आतंककारी समुहको व्यक्ति नभएपनि उसको गतिविधि अतिवादी इस्लामिक विचारबाट प्रभावित थियो ।

– सन् २०१७ को डिसेम्बर २० मा आईसीसका तर्फबाट सान फ्रान्सिस्कोमा क्रिसमसमा बम बिष्फोटको योजनामा अमेरिकी सेना मरिनका पूर्व सदस्य एभेरिट आरोन जोन्सनलाई पक्राउ गरिएको थियो । उक्त व्यक्तिले पियर ३९ को भींडभाडयुक्त स्थानमा बम बिष्फोटको योजना बनाएको थियो ।

– सन् २०१८ को डिसेम्बर १० मा डेमोन जोसेफ नामको आईसीस समर्थकले ओहायोमा आक्रमणको प्रयास गर्दा पक्राउ गरिएको थियो ।

– सन् २०१९ को अप्रिलमा अमेरिकी सेनाका पूर्व सदस्यले श्वेत राष्ट्रवादीहरुको र्यालीमा आक्रमणको योजना बनाइरहँदा पक्राउ गरिएको थियो । मार्क डोमिंगो नामको उक्त व्यक्ति पनि आईसीस सम्बद्ध रहेको बताइएको थियो ।

– सन् २०१९ को जुन ७ मा आशिकल आलाम नामको व्यक्तिलाई टाइम्स स्क्वायरमा बिष्फोटको प्रयास गर्दा पक्राउ गरिएको थियो । ग्रिनेड, बन्दुक र आत्मघाती भेष्ट सहित उक्त व्यक्तिलाई पक्राउ गरिएको थियो ।

 

तस्विरमा : आक्रमण अगाडिको म्यानहटन र अहिलेको म्यानहटन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com