Follow @khasokhasmag

कोरोना र फ्लुबिरुद्ध एउटै संयुक्त भ्याक्सिन बनाउँदै मोडेर्ना


प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार

कोरोनाबिरुद्धको भ्याक्सिन बनाएको मोडेर्नाले कोरोना र फ्लुबिरुद्धको एउटै संयुक्त भ्याक्सिनको बुस्टर डोज बनाइरहेको बताएको छ । कम्पनीले सबै प्रकारका स्वासप्रश्वास सम्बन्धि भाइरसबिरुद्ध काम गर्ने भ्याक्सिनको विकाश गरिरहेको बताएको छ ।

यदि उक्त भ्याक्सिन सफल भएमा फ्लु, कोरोना लगायतका स्वासप्रश्वास सम्बन्धि भाइरसबिरुद्ध बार्षिक एकपटक एउटै भ्याक्सिनको बुस्टर डोज लगाए पुग्नेछ । यो नयाँ प्रकारको अवशरका लागि मोडेर्ना पहिलो हुने कम्पनीका सीईओ स्टेफन वंसेलले बताएका छन् ।

कम्पनीले अहिले स्वासप्रश्वास सम्बन्धि भाइरसबिरुद्धको भ्याक्सिनको परीक्षण बयस्कहरुमा गरिरहेको छ । यो कम्पनीले यस अगाडि नै केही फ्लु सम्बन्धि भ्याक्सिनहरुको विकाश गरिरहेको छ । तर नयाँ भ्याक्सिनमा भने कोरोना भ्याक्सिनसँगै परीक्षणात्मक फ्लु शटको मिश्रण गरिएको छ ।

नोभाभ्याक्सले पनि कोरोनाबिरुद्धको भ्याक्सिन र फ्लु शटको एउटै संयुक्त भ्याक्सिनका लागि सुरुवाती चरणको अध्ययन सुरु गरेको बताएको छ ।

 

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com