काबुलबाट दोश्रो कमर्शियल अन्तर्राष्ट्रिय उडान, १ सय बढी विदेशीले छाडे अफगानिस्तान


प्रकाशित मिति : भाद्र २५, २०७८ शुक्रबार

काबुलबाट तालिवानको स्वीकृतिमा दोश्रो कमर्शियल उडान भएको छ । कतार एयरवेजको उडानमार्फत १ सय भन्दा धेरै विदेशीहरुले अफगानिस्तान छाडेको भोलिपल्ट यो उडान भएको हो । दोश्रो उडानमा कतिजना यात्रुहरु थिए भन्नेबारे स्पष्ट छैन ।

बिहिबारमात्र तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेयताकै पहिलो कमर्शियल उडान भएको थियो । तालिवानले स्वीकृति प्रदान गरेपछि काबुलबाट कतार एयरलाइन्सको बोइङ ७७७ ले उडान भरेको थियो ।

तालिवानले झण्डै १५० अमेरिकनहरुसहित २ सयजना यात्रुहरुलाई अफगानिस्तानबाट बाहिर जानका लागि स्वीकृति प्रदान गरेको थियो । जसमध्ये आधाभन्दा धेरैले उक्त उडानमार्फत बिहिबार अफगानिस्तान छाडेको जनाइएको छ ।

काबुलमा अगस्त १७, २०२१ मा तालिवान लडाकुहरु ।

तालिवानका कार्यवाहक विदेश मन्त्री अमिर खान मुटाकीले कतारका विशेष दूतलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुचारु गर्नका लागि कतारले गरेको प्रयासका लागि धन्यवाद दिए । काबुलको विमानस्थल ९० प्रतिशत ठीकठाक बनाइएको छ भने केही प्राविधिक कुराहरु बनाउन भने केही समय लाग्ने बताइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अफगानिस्तानका लागि अमेरिकाका विशेष प्रतिनिधि जाल्मे खालिलजादले तालिवानलाई बाह्य उडानका लागि अनुमति दिन दवाव दिएपछि तालिवानहरुले २ सय जनालाई चार्टड उडानमार्फत अफागानिस्तान छाड्न अनुमति दिएका थिए । यसअगाडि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले तालिवानले अनुमति नदिएका कारण अमेरिकनहरु चार्टड उडानमा अफगानिस्तान छाड्न नसकेको आरोप लगाएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com