शुक्रबारदेखि सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क नलगाउनेलाई ३ हजार डलरसम्म जरिवाना


प्रकाशित मिति : भाद्र २४, २०७८ बिहीबार

शुक्रबारदेखि अमेरिकामा सार्वजनिक यातायातमा यात्रा गर्दा मास्क नलगाउनेलाई ३ हजार डलरसम्म जरिवाना गरिने भएको छ । आज अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको टीएसएले मास्क अनिवार्यताको संघीय नियम उल्लंघन गर्नेहरुका लागि जरिवाना बढाएको हो ।

विमानस्थल, व्यवसायिक विमानहरु, रेलरोड, बस सेवा र अन्य सार्वजनिक यातायातहरुमा यो नियम लागु हुनेछ । गत फेबु्रअरी २ मा टीएसएबाट जारी मास्क अनिवार्यताको नियम सन् २०२२ को जनवरी १८ सम्म लागु हुने जनाइएको छ ।

पहिलो पटक मास्क अनिवार्यताको नियम उल्लंघन गर्नेलाई ५ सय डलरदेखि १ हजार डलरसम्म जरिवाना गरिनेछ भने दोश्रोपटक उल्लंघन गर्नेलाई १ हजार डलरदेखि ३ हजार डलरसम्म जरिवाना गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मास्क लगाउँदा यात्रा गरिरहेका व्यक्ति र कर्मचारीहरुलाई सुरक्षित बनाउने तथा सार्वजनिक स्वास्थ्यको संरक्षणका लागि आवश्यक भएसम्म मास्क अनिवार्यताको नियम लागु गरिरहने डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले बताएका छन् ।

टीएसले जारी गरेको यो नयाँ जरिवानाको नियम संघीय उड्ययन प्रशासनको जरिवानाको नियमभन्दा फरक हो । संघीय उड्ययन प्रशासनले मास्क नलगाएर असुरक्षित व्यवहार गर्नेहरुका लागि छुट्टै जरिवानाको व्यवस्था गरेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com