तालिवानको नियन्त्रणयता काबुलबाट उड्यो पहिलोपटक कतार एयरलाइन्सको व्यवसायिक विमान


प्रकाशित मिति : भाद्र २४, २०७८ बिहीबार

तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेयता पहिलोपटक अमेरिकन यात्रुहरु बोकेको कतार एयरलाइन्सको व्यवसायिक विमानले काबुलबाट उडान भरेको छ । तालिवानले स्वीकृति प्रदान गरेपछि काबुलबाट कतार एयरलाइन्सको बोइङ ७७७ ले उडान भरेको हो ।

तालिवानले झण्डै १५० अमेरिकनहरुसहित २ सयजना यात्रुहरुलाई अफगानिस्तानबाट बाहिर जानका लागि स्वीकृति प्रदान गरेको केही घण्टापछि यो उडान भएको हो । तर यो विमानमा कतिजना यात्रुहरु रहेका छन् भन्नेबारे भने अझै केही बताइएको छैन ।

काबुलमा अगस्त १७, २०२१ मा तालिवान लडाकुहरु ।

तालिवानका कार्यवाहक विदेश मन्त्री अमिर खान मुटाकीले कतारका विशेष दूतलाई काबुल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुचारु गर्नका लागि कतारले गरेको प्रयासका लागि धन्यवाद दिएका छन् । काबुलको विमानस्थल ९० प्रतिशत ठीकठाक बनाइएको छ भने केही प्राविधिक कुराहरु बनाउन भने केही समय लाग्ने बताइएको छ ।

अफगानिस्तानका लागि अमेरिकाका विशेष प्रतिनिधि जाल्मे खालिलजादले तालिवानलाई बाह्य उडानका लागि अनुमति दिन दवाव दिएपछि तालिवानहरुले २ सय जनालाई चार्टड उडानमार्फत अफागानिस्तान छाड्न अनुमति दिएका थिए । यसअगाडि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले तालिवानले अनुमति नदिएका कारण अमेरिकनहरु चार्टड उडानमा अफगानिस्तान छाड्न नसकेको आरोप लगाएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com