कोरोना संक्रमणपछि एमआरएनए भ्याक्सिन लगाएकाहरुमा ‘सुपरह्युमन इम्युनिटी’


प्रकाशित मिति : भाद्र २३, २०७८ बुधबार

न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै ल्याब टेक्निसियन रायन लाम्गादे ।

कोरोना संक्रमणपछि एमआरएनए भ्याक्सिन लगाएकाहरुमा ‘सुपरह्युमन इम्युनिटी’ देखिएको विभिन्न अध्ययनहरुबाट पुष्टी भएको छ । अमेरिकामा स्वीकृत मोडेर्ना र फाइजर भ्याक्सिन एमआरएनए विधिबाट बनाइएका भ्याक्सिनहरु हुन् । ‘सुपरह्युमन इम्युनिटी’ विकाश भएकाहरुमा जीवनभर नै कोरोनाबिरुद्धको संरक्षण प्रदान हुने कतिपय वैज्ञानिकहरुको विश्वास रहेको छ ।

कतिपयले यो प्रतिरोधात्मक क्षमतालाई ‘बुलेटप्रुफ’ भनेका छन् भने इम्युनोलोजिष्ट शेन क्रोटी यसलाई ‘हाइब्रिड इम्युनिटी’ बताउँछन् । समग्रमा ‘हाइब्रिड इम्युनिटी’ कोरोनाबिरुद्ध अत्यन्तै शक्तिशाली र प्रभावकारी रहेको उनको भनाई छ ।

विगत केही महिनादेखिका श्रृंखलाबद्ध अध्ययनहरुले केही व्यक्तिहरुमा कोरोनाबिरुद्ध असाधारण प्रकृतिको प्रतिरोधात्मक क्षमता विकाश भएको देखिएको छ । उनीहरुको शरीरले उच्च स्तरकोमात्र नभएर उच्च लचकतासहितको एन्टीबडी विकाश गरेको पाइएको छ, जुन अहिलेका कोरोनाका भेरियन्टबिरुद्धमात्र होइन, भविश्यमा आउनसक्ने भेरियन्टबिरुद्ध पनि प्रभावकारी हुने देखिएको छ ।

एमआरएनए भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह । शाहले पनि कोरोना सक्रमणबाट निको भएपछि एमआरएनए भ्याक्सिन लगाएका हुन् । 

सन् २०२० मा कोरोना संक्रमण भएर त्यसपछि मोडेर्ना वा फाइजर जस्ता एमआरएएन भ्याक्सिन लगाएकाहरुमा यस्तो ‘सुपरह्युमन इम्युनिटी’ विकाश भएको अध्ययनले देखाएको छ । त्यस्ता व्यक्तिको रगतले २० बर्ष अगाडि देखिएको कोरोना भाइरसको प्रकार सार्स कोभ १ बिरुद्ध पनि काम गरेको पाइएको छ, जुन अहिलेको सार्स कोभ २ भन्दा बिल्कुलै फरक रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनीहरुमा देखिएको एन्टीबडीले कुनै उद्देश्यका साथ बनाइएका मानवनिर्मित भाइरसबिरुद्ध समेत काम गर्ने वैज्ञानिकहरुको भनाई छ । विगतमा संक्रमण नभएका तर भ्याक्सिनमात्र लगाएर एन्टीबडी विकाश भएका वा विगतमा संक्रमण भएर प्राकृतिक रुपमा एन्टीबडी बनेका तर भ्याक्सिन नलगाएकाहरुले सामना गर्न नसक्ने भाइरसका उत्परिवर्तनहरुबिरुद्ध विगतमा कोभिड भएका र पछि एमआरएनए भ्यक्सिन लगाएकाहरुको एन्टीबडीले सामना गर्नसक्ने वैज्ञानिकको भनाई छ ।

विगतमा संक्रमण भएका र एमआरएनए भ्याक्सिन लगाएका सबैमा उक्त स्तरको एन्टीबडी विकाश हुने नहुनेमा वैज्ञानिकहरु निश्चित छैनन् । किनभने वैज्ञानिकहरुले केही व्यक्तिका नमुनाहरुमात्र लिएर परीक्षण गरेका हुन् । तर जतिजनाको नमुना परीक्षण गरिएको थियो, सबैमा ‘सुपरह्युमन इम्युनिटी’ पाइएको थियो ।

कभर तस्वीरमा एमआरएनए भ्याक्सिन लगाउँदै न्युयोर्क निवासी रायन लाम्गदे। उनले कोरोना सक्रमणबाट निको भएपछि एमआरएनए भ्याक्सिन लगाएका हुन् । 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com