टेक्सासमा चुनावबारे नयाँ कानून, यस्ता छन् ७ परिवर्तन


प्रकाशित मिति : भाद्र २२, २०७८ मंगलबार

टेक्सासका गभर्नर ग्रेग अबोटले चुनावबारेको नयाँ कानूनमा हस्ताक्षर गरेका छन् । रिपब्लिकन बाहुल्य रहेको राज्यको संसदबाट पारित भइसकेपछि गभर्नर अबोटले नयाँ प्रतिबन्धहरुसहितको उक्त कानूनमा हस्ताक्षर गरेका हुन् ।

नयाँ कानूनले २४ घण्टासम्म अग्रिम मतदान गर्न पाइने प्रावधानमा प्रतिबन्ध लगाएको छ । सन् २०२० मा ह्यारिस काउन्टीमा २४ घण्टासम्म मतदान गर्न पाउनेगरी अग्रिम मतदानको व्यवस्था गरिएको थियो । नयाँ कानून अनुशार अब काउन्टीहरुले विहान ६ बजेदेखि बेलुका १० बजेसम्ममात्र अग्रिम मतदान गराउन सक्नेछन् ।

त्यस्तै नयाँ कानूनले ड्राइभ थु्र मतदानमा पनि प्रतिबन्ध लगाएको छ । सन् २०२० मा कोरोना महामारीका कारण ड्राइभ थु्र मतदानलाई समेत मान्यता दिइएकोमा अब त्यस्तो प्रकारको मतदानलाई टेक्सासमा प्रतिबन्ध लगाइएको छ । सन् २०२० को राष्ट्रपति चुनावमा टेक्सासको ह्यारिक काउन्टीका १० वटा मतदान केन्द्रमा १ लाख २७ हजारले मतदान गरेका थिए ।

अब हुलाकमार्फत मतदान गर्ने टेक्सासबासीहरुले नयाँ कानून अनुशार ड्राइभर लाइसेन्स नम्बर वा सोसल सेक्युरिटी नम्बरको पछिल्लो ४ अंक प्रदान गर्नुपर्नेछ । एकपटक अनुपस्थीत मतपत्र आवेदन फर्ममा र अर्कोपटक मतदान गरेर हुलाकबाट मतपत्र पठाउँदा यो नम्बर प्रदान गर्नुपर्नेछ । अहिलेसम्म हस्ताक्षरबाट व्यक्तिको परिचय सुनिश्चित गरिदै आएकोमा अब यी नम्बरबाट गरिनेछ । ६५ बर्षकाटेकाहरु, चुनावको दिनमा काउन्टीमा उपस्थीत हुन नसक्नेहरु, मतदान स्थलमा उपस्थीत भएर मतदान गर्न नसक्ने अपांगता भएका वा बिरामी भएकाहरुले हुलाकमार्फत मतपत्र पठाएर मतदान गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डोनाल्ड ट्रम्पका साथमा टेक्सासका गभर्नर अबोट ।

त्यस्तै अनुरोध नगरेका मतदाताहरुलाई सार्वजनिक अधिकारीहरुले अबदेखि हुलाकबाट मतपत्रका लागि आवेदन पठाउन पाउनेछैनन् । त्यस्तै कसैलाई अनुरोध पछि पठाइएका हुलाकमार्फत मतपत्रका लागि आवेदनमा पनि कुनै विवरण पहिले नै भरेर पठाउन पाइनेछैन । त्यस्तै अनुरोध नगरिएका अनुपस्थीत मतपत्रहरुपनि कसैलाई वितरण गर्न पाइनेछैन । ह्यारिस काउन्टीले सन् २०२० को चुनावमा सबै मतदाताहरुलाई मतपत्रको अनुरोधका लागि आवेदन पठाएको थियो । कतिपय काउन्टीहरुले ६५ बर्षमाथिका सबै मतदाताहरुलाई अनुपस्थीत मतपत्रका लागि आवेदन पठाएका थिए ।

त्यस्तै नयाँ कानून अनुशार मतदान केन्द्रको अवलोकनमा खटिने राजनीतिक दलका प्रतिनिधिहरुलाई मतदान केन्द्रहरुमा स्वतन्त्र आवतजावतका लागि रोक लगाइनेछैन । मतदाताले मतदान गरेको देखिने अवस्थामा बाहेक उनीहरु मतदान स्थलमा आवतजावत गर्न पाउनेछन् । उनीहरु मतदान स्थलको नजिक बसेर वा उभिएर सबै गतिविधि हेर्न वा सुन्न पाउनेछन् । त्यस्तै उनीहरुले मतदानसकिएपछि क्षेत्रीय गणनास्थलमा चुनावी सामाग्री पठाउने सबै गतिविधिको अवलोकन गर्न पाउनेछन् ।

कसैलाई मतदानका लागि सहयोग गर्नुपरेमा सहयोग गर्ने व्यक्तिले नाम, ठेगाना, मतदान गर्ने व्यक्तिसँगको सम्बन्ध लगायतका विवरणहरु भर्नुपर्ने नयाँ कानूनमा व्यवस्था गरिएको छ । खासगरी अपांगता भएकाहरुलाई मतदान गर्नका लागि मद्दत गर्ने व्यक्तिले यी सबै विवरणहरु बुझाउनुपर्नेछ । सहयोग गर्ने व्यक्तिले मतदाताका लागि मतपत्र पढ्ने, मतदातालाई मतपत्र पढ्न सघाउने, मतदाताका अनुशार मतपत्रमा चिन्हो लगाउने वा मतदातालाई चिन्हो लगाउन सघाउने लगायतका सिमित सहयोग गर्ने सपथ समेत लिनुपर्नेछ ।

नयाँ कानूनमा उल्लेख गरिएको प्रावधानमा टेक्सासको सेक्रेटरी अफ स्टेटको अफिसले मासिक रुपमा मतदाताको विवरण परीक्षण गर्नुपर्नेछ । ड्राइभर लाइसेन्स वा परिचयपत्र प्राप्त गर्दा वा नविकरण गर्दा कुनै पनि गैर नागरिकको नाम मतदाता नामावलीमा नपरोस् भन्ने सुनिश्चित गर्नका लागि मासिक रुपमा परीक्षण गरिने प्रावधान नयाँ कानूनमा रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com