एरिक आडम्सले महामारीमा न्युयोर्क छाडेर फ्लोरिडा गएका ३३ हजारलाई फर्काउन पहल गर्ने


प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार

न्युयोर्क सिटीको मेयरका लागि डेमोक्रेटिक उम्मेदबार एरिक आडम्सले महामारीमा न्युयोर्क छाडेर फ्लोरिडा गएका ३३ हजार ५ सयलाई फर्काउन पहल गर्ने बताएका छन् । न्युयोर्कमा महामारी फैलिएपछि उनीहरु ज्यान जोगाउन फ्लोरिडातिर गएका थिए तर पछि फ्लोरिडामा पनि महामारी उच्च बिन्दुमा पुगेको थियो ।

आडम्सले मेयरमा निर्वाचित भइसकेपछि आफ्नो पहिलोमध्येको मिसन कोरोना महामारीमा न्युयोर्क छाडेकालाई फर्काउन पहल गर्ने रहेको बताएका छन् । उनले मेयरका रुपमा पहिलो यात्रा फ्लोरिडाको गर्ने बताएका छन् । जनवरी १ मा सपथग्रहण गरेपछि जनवरी २ मा फ्लोरिडा जाने उनले बताए ।

सन् २०२० मा महामारी सुरु भएपछि सन् २०२१ को जुलाईसम्म न्युयोर्कबाट फ्लोरिडा बसाइसराइ गर्नेहरु ३३ हजार ५ सय रहेको फ्लोरिडाको राजमार्ग सुरक्षा तथा मोटर विभागले जनाएको छ । एरिक आडम्सले न्युयोर्क छाडेर जानेहरुलाई दोष नदिने बताउँदै न्युयोर्क सिटी व्यवसाय गर्नका लागि एकदमै हिंश्रक, कर्मचारीतन्त्रयुक्त र महँगो भएको बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वल स्ट्रीट जर्नलका अनुशार सन् २०२० मा न्युयोर्कको मेट्रो क्षेत्रबाट मायामीमात्र बसाइ सर्नेहरुको संख्या २६ हजारभन्दा धेरै रहेको थियो । उनीहरुको गरेको ठेगाना परिवर्तनका आधारमा यो तथ्यांक निकालिएको हो । बसाई सर्नुका पछाडि महामारीमात्र नभएर महँगी, अपराधमा बृद्धि लगायतका कारणहरु समेत रहेको विश्लेषण गरिएको छ । एरिक आडम्सले मेयरमा निर्वाचित भएपछि यी समस्या समाधान गर्ने बताएका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com