क्यालिफोर्नियाको समुन्द्रीतटमा भएको हेलिकप्टर दुर्घटनामा अमेरिकी सेना नेभीका ५ को मृत्यु


प्रकाशित मिति : भाद्र २०, २०७८ आईतबार

क्यालिफोर्नियाको समुन्द्रीतटमा भएको हेलिकोप्टर दुर्घटनामा अमेरिकी सेनाको नेभीका ५ जनाको मृत्यु भएको छ । हेलिकोप्टर दुर्घटनापछि बेपत्ता रहेका उनीहरुलाई मृत घोषणा गरिएको हो ।

एमएच ६० एस नामको हेलिकप्टर सान डिएयोभन्दा ६० माइल परको समुन्द्रीतटमा दुर्घटनाग्रस्त भएको हो । नियमित उडान अपरेशनको दौरानमा दुर्घटना भएको नेभीले जनाएको छ । चालक दलका एकजना सदस्यलाई भने जीवितै उद्दार गरिएको थियो ।

नेभीको एमएच ६० आर हेलिकप्टर

शनिबार खोजी र उद्दार अपरेशनलाई रिकभरी अपरशेनमा बदलिएको थियो । ७२ घण्टा लामो उद्दार प्रयास असफल भएपछि उद्दार अपरेशन बदलिएको जनाइएको छ ।

परिवारका सदस्यहरुलाई उनीहरुको मृत्युबारे जानकारी दिएको २४ घण्टासम्म नेभीले उनीहरुको नाम सार्वजनिक नगर्ने भएको छ । त्यसैले मृत्यु हुने पाँचै जनाको नाम सार्वजनिक गरिएको छैन ।

हेलिकप्टर दुर्घटनामा केही सेनाहरु घाइते भएको जनाइएको छ । घटनाबारे अनुसन्धान भइरहको नेभीले जनाएको छ ।

कभर तस्वीरमा अफगानिस्तानमा मारिएका अमेरिकी सेनाको सम्मानमा राखिएका बुट ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com