क्यालिफोर्नियामा १४ बर्षका विद्यार्थीसँग यौन सम्पर्क राखेको अभियोगमा शिक्षिका पक्राउ


प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार

अमेरिकाको क्यालिफोर्नियामा १४ बर्षका पुरुष विद्यार्थीसँग यौन सम्पर्क राखेको अभियोगमा शिक्षिका पक्राउ परेकी छिन् । उनले एकएकजनालाई सिकाउने कक्षाका दौरानमा विद्यार्थीसँग यौन सम्पर्क राखेको अनुसन्धानबाट खुलेको जनाइएको छ । माउन्टेन भ्यु स्कुलकी शिक्षिका ३९ बर्षकी क्रिस्टल ज्याक्सनलाई क्यालिफोर्नियाको फ्रेस्नो काउन्टी प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले श्रीमति ज्याक्सन आफ्नो हिराशतमा रहेको र अरु पनि पीडितहरु भए नभएकोबारे अनुसन्धान भइरहेको जनाएको छ । शिक्षिकाबिरुद्ध बलात्कारका ४ वटा मुद्दा दायर गरिएको छ भने बच्चासँग मुखमैथुन गरेको, बच्चासँग यौन गतिविधि गरेको, अपराध गर्ने उद्देश्यले बच्चासँग कुराकानी गरेको, यौन गतिविधिको उद्देश्यसहित बच्चालाई भेटेको लगायतका अभियोगहरु लगाइएको छ ।

ज्याक्सनले ती विद्यार्थीसँग कम्तीमा तीनपटकसम्म यौन सम्पर्क गरेको प्रहरीको दावी छ । डनल्याप लिडरसिप एकेडेमीमा भएको कक्षाको दौरानमा यौन सम्पर्क गरेको जनाइएको छ । पक्राउ परेकी शिक्षिकालाई २ लाख १५ हजार डलर धरौटी तोकिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com