समलिंगी पुरुषलाई झुक्याएर भेटेर तालिबान लडाकुबाट बलात्कार र कुटपिट


प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार

तालिवान लडाकुहरुले एकजना समलिंगी पुरुषलाई काबुलमा बलात्कार र कुटपिट गरेको खुलासा भएको छ । अफगानिस्तानबाट सुरक्षित तरिकाले बाहिर पठाउने प्रतिज्ञा गरेर सामाजिक सञ्जालबाट तालिवान सेनाहरुले ती समलिंगी पुरुषलाई भेटेको जनाइएको छ ।

तालिवानले अफगानिस्तानमा नियन्त्रण कायम गरेपछि धेरै सिमान्तकृत यौन अभिमुखिकरण, लैंगिक पहिचान र यौन विशेषताका व्यक्तिहरु आफगानिस्तान छाड्न प्रयास गरिरहेको अवस्थामा तालिवानको यस्तो दुब्र्यबहार सार्वजनिक भएको हो । सामाजिक सञ्जालमा आफ्नो पहिचान लुकाएर तालिवानहरुले उद्दार गर्ने प्रतिज्ञा गर्दै तीनसातासम्म कुरा गरेपछि ती समलिंगी पुरुष भेट्न राजी भएका थिए ।

जब ती समलिंगी पुरुष भेटघाटका लागि आए, त्यसपछिमात्र भेट्न बोलाउनेहरु तालिवान रहेको थाहा भएको थियो । भेट्न आएपछि तालिवानहरुले उनलाई बलात्कार र कुटपिट गरेको यौनिक अल्पसंख्यकको अधिकारका लागि कृयाशिल आर्टेमिस अकबेरीले आईटीभीलाई बताएका छन् ।

तालिवान लडाकुहरुले फेरीपनि यस्तो गर्नसक्ने भन्दै अधिकारकर्मीहरुले यौनिक अल्पसंख्यक समुदायका व्यक्तिलाई सचेत गराएका छन् । तालिवानहरुले नक्कली प्रोफाइल बनाएर आफूहरु पनि यौनिक अल्पसंख्यक समुदायको व्यक्ति भएको भन्दै कुराकानी गरेर धोका दिनसक्ने भन्दै सचेत गराइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

काबुलमा अगस्त १७, २०२१ मा तालिवान लडाकुहरु ।

तालिवानको शाषनमा अफगानिस्तानमा यौनिक अल्पसंख्यक समुदायका व्यक्तिहरु दैनिक त्रास र भविश्यको चिन्तामा रहेको जनाइएको छ । विगतमा तालिवानको शाषनकालमा समलिंगी पुरुषलाई मृत्युदण्ड दिइएको थियो । तालिवानका न्यायाधिसले समलिंगी पुरुषलाई ढुंगाले हानेर मृत्युदण्ढ दिने वा ९ फुटको पर्खालले किचेर मार्ने चेतावनी दिएका छन् ।

अफगानिस्तानमा विगतका सरकारका पालामा पनि सरकारी स्तरबाट सामाजिक सञ्जालको प्रयोग गरेर समलिंगीहरुलाई फन्दामा पारेर ज्यान लिने घटनाहरु भएका छन् । समलिंगी र दुईलिंगी पुरुषहरुलाई फसाउनका लागि सरकारले सामाजिक सञ्जाललाई हनी ट्रयापका रुपमा प्रयोग गर्दै आएको छ ।

राष्ट्रिय सुरक्षा अधिकारीहरुले नै फेसबुक र ग्राइन्डरहरुमा नक्कली प्रोफाइल बनाएर भेट्न चाहेको बताउने गरेको तथा भेट्न आएपछि उनीहरुलाई अन्यन्त्र लगेर हत्या गर्ने र शव मिल्काउने गरेका घटनाहरु अफगानिस्तानमा भएका थिए । तालिवानकालमा नभई त्यस्ता घटनाहरु असरफ घानी र हमिद कारजाईको शाषनकालमा भएका थिए ।

अफगानी लेखक तथा समलिंगीहरुको अधिकारका लागि कृयाशिल हमिद जाहेरले तालिवानको शाषनकालमा पनि यस्तै प्रकारका घटना हुनसक्ने चेतावनी दिएका छन् । यदि तालिवानहरुले फेसबुक र ग्राइण्डरमा प्रतिबन्ध नलगाएको खण्डमा उनीहरुले ती एप्लीकेशनलाई समलिंगीहरु प्क्राउ गर्न प्रयोग गर्नसक्ने सम्भावना रहेको जाहेरको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com