बाढीबाट न्युयोर्कका बेसमेन्टमा ३ नेपालीसहित ११ को मृत्युपछि गैरकानूनी बेसमेन्ट हटाउनेबारे बहस


प्रकाशित मिति : भाद्र १९, २०७८ शनिबार

बर्षा र बाढीका कारण न्युयोर्क सिटीमा मृत्यु भएकाहरुमध्ये ११ जना बेसमेन्टमा बस्नेहरु रहेकोमा बेसमेन्टमा गैरकानूनी रुपमा भाडा लगाउनेहरुलाई कारवाही हुनुपर्ने माग उठेको छ । त्यस्तै बेसमेन्टहरु भाडामा लगाउने सन्दर्भमा नियम परिवर्तनको माग समेत सुरु भएको छ ।

अत्यन्तै खराब मौषमको सामना गर्दा फरक तरिका अपनाउनुपर्ने पाठ सिकेको न्युयोर्कका मेयर बिल डे ब्लाजिओले बताएका छन् । खराब मौषमको बेलामा न्युयोर्क सिटीले यात्रा प्रतिबन्धहरु अझ धेरै लागु गनुपर्ने तथा सर्वसाधारणलाई सवबे र सडकबाट बाहिर रहन सुचित गर्नुका साथै जोखिमयुक्त स्थानमा रहेकाहरुलाई खाली गराउनुपर्ने उनले बताए ।

न्युयोर्क सिटीमा रहेका झण्डै ५० हजार बेसमेन्ट अपार्टमेन्टमा झण्डै १ लाख व्यक्ति बस्छन् ।

बेसमेन्ट अपार्टमेन्टमा बस्नेहरुलाई अझ धेरे लक्ष्यीत गरेर अलर्टहरु पठाउने तथा घरघरमा पुगेर खाली गराउने् कार्य गर्नुपर्ने मेयरले बताए । न्युयोर्क सिटीमा रहेका ५० हजार बेसमेन्ट अपार्टमेन्टमा बस्ने झण्डै १ लाख व्यक्तिहरुबारे सिटीले डाटाबेस तयार गर्नुपर्ने मेयर ब्लाजिओको भनाई छ । उनीहरुको वास्तविक डाटाबेस तयार गरेपछि आवश्यकता अनुशार हरेक घरघरमा प्रणाली राख्न सकिने मेयरले बताए ।

न्युयोर्क सिटीमा अधिकांश बेसमेन्ट अपार्टमेन्टहरु गैरकानूनी रुपमा संचालित छन् । कम आम्दानी हुनेहरु र कागजपत्रविहिनलाई सस्तो भाडामा घरहरु उपलब्ध गराउनेदेखि न्युयोर्क सिटीले सामुदायिक संघसंस्थाहरुसँग मिलेर काम गर्नुपर्ने मेयर ब्लाजिओको भनाई छ । गैरकानूनी रुपमा रहेका बेसमेन्टमा बस्ने कागजपत्रविहिनहरु घरनिकाला हुनसक्ने वा देशनिकाला हुनसक्ने त्रासले सम्पर्कमा आउन डराउने भएकाले त्यसलाई सही तरिकाले सम्बोधन गर्न आवश्यक रहेको मेयरले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीको भवन विभागका अनुशार न्युयोर्कमा ११ जनाको मृत्यु भएका ६ वटा बेसमेन्ट अपार्टमेन्टहरुमध्ये ५ वटा अपार्टमेन्टहरु गैरकानूनी रुपमा संचालित रहेका थिए । ती अपार्टमेन्टहरु गैरकानूनी रुपमा बेसमेन्ट कोठा र अपार्टमेन्टमा परिणत गरिएको थियो ।

न्युयोर्कमा बाढीका कारण ज्यान गुमाएका एकैपरिवारका तीन नेपाली

बाढीबाट क्वीन्सको उडसाइडमा मृत्यु भएका एकैपरिवारका तीनजना नेपालीहरु पनि गैरकानूनी रुपमा रुपान्तरण गरिएको जमिनको स्तरभन्दा तलको अपार्टमेन्टमा बस्दै आएका थिए । त्यस्तै क्वीन्स जमैकामा मृत्यु भएका ४३ बर्षकी महिला र २२ बर्षका पुरुष पनि गैरकानूनी रुपमा रुपान्तरण गरिएको बेसमेन्ट अपार्टमेन्टमा बस्दै आएका थिए । त्यस्तै बु्रकलिनमा मृत्यु भएका ६६ बर्षका पुरुषपनि गैरकानूनी रुपमा रुपान्तरण गरिएको जमिनको स्तरभन्दा तलको कोठामा बसेका थिए ।

सिटी अधिकारीहरुले बेसमेन्टमा बस्दै आएकाहरुलाई घरनिकाला हुने कुनै पनि त्रास विना कुनै समस्या हुँदा ३११ व ९११ मा फोन गर्न सुझाव दिएका छन् । शुक्रबार न्युयोर्क एटोर्नी जनरल लेलिसिया जेम्सले अनियमित बेसमेन्ट अपार्टमेन्टमा बसिरहेकाहरुलाई आपतकालिन आवास भौचरहरु उपलब्ध गराउन आव्हान गरेकी थिइन् ।

यसैबीच मेयरका रिपब्लिकन उम्मेदबार कुर्तिस सिल्वाले आफू मेयरमा निर्वाचित भएमा न्युयोर्क सिटीमा गैरकानूनी रुपमा बेसमेन्ट अपार्टमेन्ट संचालन गर्नेहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बेसमेन्ट अपार्टमेन्टमा बसिरहेका झण्डै एकलाख न्युयोर्कबासीलाई सिटीका व्यापारिक केन्द्रहरुमा खाली रहेका स्थानमा सार्ने प्रतिवद्धता जनाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com