न्युयोर्क र आसपासका राज्यमा बर्षाका कारण मृत्यु हुनेको संख्या ४७, तीनजना नेपाली समेत


प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार

अमेरिकाको न्युयोर्क लगायत आसपासका राज्यमा भारी बर्षा, बाढी र आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या ४७ पुगेको छ । जसमा न्युयोर्कमा मृत्यु हुने एकपरिवारका तीनजना नेपालीहरु समेत रहेका छन् । कैयनको बाढीका कारण गाडीभित्र फसेर र बेसमेन्टमा फसेर मृत्यु भएको हो ।

न्युजर्सी र न्युयोर्कमा मात्र ३९ जनाको मृत्यु भएको छ भने पेन्सिलभेनियामा ५ जनाको मृत्यु भएको छ । मेरिल्याण्ड, कनेक्टिकट र भर्जिनियामा एकएकजनाको मृत्यु भएको छ । न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा कम्तीमा २३ जनाको निधन भएको बताएका छन्।

न्युयोर्कको ट्रेन स्टेशनमा छिरेको बाढी

न्यूयोर्क सहरमा कम्तीमा १६ जनाको मृत्यु भएको छ जसमा १९ महिनाका नेपाली मुलका बालक पनि छन्। ११ जनाले बेसमेन्टमा बाढी पसेका कारण ज्यान गुमाएका थिए । न्युजर्सीमा कम्तीमा २५ वटा घरहरु क्षतिग्रस्त भएका छन् ।

न्युयोर्क सिटीमा मात्र प्रहरीले ६९ वटा पानी सम्बन्धित उद्दार र १६६ वटा अन्य उद्दारहरु गरेको थियो । ट्रेनमा सवार ८ सयभन्दा धेरैलाई खाली गराइएको थियो भने ५ सय भन्दा बढी न्युयोर्कबासीलाई बाढीग्रस्त सडक, भवन र ट्रेन स्टेशनबाट उद्दार गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उद्दार कार्यमा खटिएका प्रहरी

न्युयोर्कमा एकजना महिला चालक रोजा अमोन्तेले तीनदेखि ४ फिटसम्म पानीले बस डूब्दापनि यात्रुहरुलाई सकुशल गन्तव्यमा लगेकी थिइन् । रातभर उनले गरेको कार्यको प्रशंसा गरिएको छ । यात्रुहरु बसभित्रै डुब्ने डलरले सिटमा उभिएका थिए ।

एकै परिवारका तीन नेपालीको मृत्यु

न्युयोर्कमा भएको बर्षा र बाढीका कारण मृत्यु हुने १९ महिनाका बालकसहित तीनजना नेपालीहरु रहेको पुष्टी भएको छ । न्युयोर्कको क्वीन्स उडसाइड ६४ स्ट्रीटमा रहेको घरमा उनीहरु मृत अवस्थामा फेला परेका थिए ।

उनीहरु २० बर्षकी बर्षकी मिङमा शेर्पा, ४९ बर्षका आङ गेलु लामा र १९ महिनाका बालक लोप्साङ लामा रहेको   जनाइएको छ ।

बेसमेन्टमा बस्दै आएका उनीहरुको बेसमेन्ट अपार्टमेन्टमा बाढी पसेको थियो । उनीहरुले तेश्रो तल्लामा बस्ने एकजना महिलालाई बेलुका साढे ९ बजेतिर आत्तिएर फोन गरेका थिए । मिङमाले आत्तिएर पानी पसिरहेको बताउँदा तेश्रो तल्लामा बस्ने महिलाले आफू बसेको तेश्रो तल्लामा आउन भनेकी थिइन् ।

उनीहरुले झ्यालबाट पानी पसेको बताएका थिए । पछि प्रहरी घटनास्थलमा पुग्दा उनीहरु मृत अवस्थामा भेटिएका थिए ।

उनीहरु सोलुखुम्बु जुनबेसीका रहेको र झण्डै डेढ दशकदेखि अमेरिकामा बस्दै आएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com