हरिकेन आइदाका कारण न्युयोर्कसहित ११ लाख ग्राहकको घरमा विद्युत आपूर्तिमा अवरोध


प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार

हरिकेन आइदाले अमेरिकाको उत्तरपूर्वी भागमा परेको प्रभावका कारण का कारण न्युयोर्कसहित ११ लाख ग्राहकको घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ । आइदाको अवशेष अमेरिकाको पूर्वी भागहुँदै अगाडि बढ्दा उत्पन्न खराब मौषमका कारण यो अवस्था आएको हो ।

लुजियानामा झण्डै ९ लाख, मिसिसिपीमा ३७ हजार, भर्जिनियामा १३ सय, वेष्ट भर्जिनियामा २३ सय, मेरिल्याण्डमा ५६ सय, डेलावरमा झण्डै ५ सय, पेन्सिलभेनियामा झण्डै १ लाख, न्युजर्सीमा ६० हजार, न्युयोर्कमा ४२ हजार, कनेक्टिकटमा १८ हजार, मासाचुसेट्समा ८ हजार, रोढ आइल्याण्डमा ११ सय भन्दा धेरै ग्राहकका घरमा विद्युत आपूर्तिमा अवरोध उत्पन्न भएको छ ।

न्युयोर्कको ट्रेन स्टेशनमा छिरेको बाढी

गएरातीको बाढीका कारण न्युयोर्क र न्युजर्सीका विमानस्थलमा उडान सेवाहरु प्रभावित भएका छन् । न्युयोर्क र न्युजर्सीमा कम्तीमा ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ बर्षका बालक समेत रहेका छन् । बाढीका कारण न्युयोर्क सिटी प्यारालाइज्ड भएको गर्भनर क्याथी होचुलले बताएकी छिन् । न्युजर्सीको पस्सैकमा गएराती ८ फिटसम्म पानीजम्मा भएको देखिएको थियो ।

बाढीका कारण न्युयोर्क र न्युजर्सीमा सार्वजनिक यातायात प्रभावित भएको छ । न्युयोर्कको ट्रेन सेवा प्रभावित हुँदा रातभर यात्रुहरु टाइम्स स्क्वायरको स्टेशनमा रोकिएका थिए । न्युजर्सी ट्रान्जिट पनि अहिलेसम्म सुचारु नभएको जनाइएको छ । ५ घण्टाको अवधिमा न्युयोर्क सिटीमा ५० हजार ओलम्पिक साइजको पोखरीमा हुनेजति पानी परेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सेन्ट्रल पार्कमा मौषमको विवरण राख्न थालिएयता सबैभन्दा धेरै बर्षा भएको रेकर्ड कायम भएको छ । सन् १८६९ देखि मौषमको रेकर्ड राख्न थालिएकोमा सन् १९२७ मा सेन्ट्रलपार्कमा ३ दशमलव ८४ इन्च पानी परेको छ । उक्त रेकर्ड तोडिएर अहिले ७ दशमलव १३ इन्च पानी परेको रेकर्ड कायम भएको छ ।

न्युजर्सीको नेवार्कमा पनि १९५९ मा सबैभन्दा धेरै २ दशमलव २२ इन्च पानी परेकोमा अहिले उक्त रेकर्ड तोडिएर ८ दशमलव ४१ इन्च पानी परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com