अपडेट: तूफान, बर्षा र बाढीबाट न्युयोर्क र न्युजर्सीमा मात्र मृत्यु हुनेको संख्या १५


प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार

बर्षा, बाढी र तूफानबाट न्युयोर्क र न्युजर्सीमा मात्र मृत्यु हुनेको संख्या १५ पुगेको छ । पेन्सिलभेनिया र मेरिल्याण्डमा थप ४ जनाको मृत्यु भएको छ । न्युयोर्कमा ९ जनाको मृत्यु भएको छ भने ६ जनाको न्युजर्सीमा मृत्यु भएको छ । न्युयोर्कमा मृत्यु हुनेमा २ बर्षका बालक समेत रहेका छन् ।

६६ बर्षका एकजना पुरुषको बु्रकलिनमा मृत्यु भएको छ । रिजउड एभिन्यु नजिकै बाढीमा परेको घरमा ती व्यक्ति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

क्वीन्सको ६४ स्ट्रीटमा एकजना दुईबर्षका बालक, ५० बर्षका पुरुष र ४८ बर्षकी महिलालाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो । बाढी आएको र उनीहरुलाई भेट्टाएको खबर पाउने ९११ फोनमा पाउने बित्तिकै प्रहरी घटनास्थलमा पुगेपनि प्रहरी पुग्दा उनीहरुको ज्यान गइसकेको प्रहरीले जनाएको छ ।

४५ बर्षकी महिला र २२ बर्षका पुरुषको भने क्वीन्सकै १८३ स्ट्रीटमा मृत्यु भएको हो । ग्राण्ड सेन्ट्रल पार्कवे नजिकै घरभित्र बाढी पसेपछि एकजना ४८ बर्षकी महिलाको मृत्यु भएको थियो ।

अर्की एकजना ८६ बर्षकी महिला क्वीन्सको कोरोनामा रहेको अपार्टमेन्टको बेसमेन्टमा मृत भेटिएकी छिन् । मध्यरात अगाडि उनका छोराले ती महिलालाई मृत भेटाएका थिए ।

उद्दार कार्यमा खटिएका प्रहरी

न्युजर्सीको पस्सैक काउन्टीमा एकजनाको मृत्यु भएको छ भने न्युजर्सी एलिजाबेथको ओकउड अपार्टमेन्ट कम्प्लेक्सटमा ५ जनाको मृत्यु भएको छ । तीमध्ये ४ जनामा तीनजना एकै परिवारका सदस्य र एकजना छिमेकी रहेका छन् । एकैपरिवारका ७१ बर्षका पुरुष, ७२ बर्षकी उनकी पत्नी र ३८ बर्षका छोराका साथमा छिमेकी ३३ बर्षकी महिला पनि मृत भेटिएकी छिन् ।

हरिकेन आइदाको अवशेषले मुख्य राजमार्गहरुलाई खोलामा परिणत गर्नुका साथै सबवे र सडकहरुमा बाढी आएको थियो, जसका कारण न्युयोर्क र न्युजर्सीमा संकटकाल नै लगाउनुपरेको थियो ।

न्युयोर्क सिटीका कतिपय स्थानमा १० इन्चसम्म पानी परेको छ । सेन्ट्रल पार्कमा ७ दशमलव १३ इन्चसम्म पानी परेको छ । सन् १९२७ मा ३ दशमलव ८४ इन्च पानी परेको रेकर्ड यसपटक तोडिएको राष्ट्रिय मौषम सेवाले जानकारी दिएको छ ।

उद्दार कार्यमा खटिएका प्रहरी

न्युजर्सीमा पनि सन् १९५९ मा २ दशमलव २२ इन्चसम्म पानी परेको रेकर्ड रहेको उक्त रेकर्ड तोडेर ८ दशमलव ४१ इन्चसम्म पानी परेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com