अपडेट: न्युयोर्क सिटीमा संकटकाल, १० इन्चसम्म बर्षा, बाढीको चेतावनी १० बजेसम्म


प्रकाशित मिति : भाद्र १७, २०७८ बिहीबार

न्युयोर्क सिटीमा विहान १० बजेसम्म बाढीको मौषम चेतावनी जारी गरिएको छ भने अहिलेसम्म ५ देखि १० इन्चसम्म बर्षा भएको राष्ट्रिय मौषम सेवाले जानकारी दिएको छ ।

हरिकेन आइदाका कारण अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा भारी बर्षा र बाढीको प्रकोप भएपछि न्युयोर्क सिटीमा संकटकालको घोषणा गरिएको छ । न्युयोर्क सिटीमा विहान ५ बजेसम्मका लागि यात्रा प्रतिबन्ध लगाइएको थियो भने सबै गैर आपतकालिन गाडीहरुलाई सडकभन्दा बाहिर रहन भनिएको थियो । अहिले यात्रा प्रतिबन्ध हटाइसकिएको छ तर सरसफाई जारी हुन्जेलका लागि आपतकालिन अवस्थाका बाहेकका गाडीहरु सडक र हाइवेमा नगुडाउन ट्राभल एड्भाइजरी जारी गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाढीका कारण प्राय सबै ट्रेन लाइनहरु अवरुद्ध भएका थिए भने सेभेन ट्रेन र स्टेटन आइल्याण्ड रेलवेमात्र ढिलो र सिमितमात्रामा संचालनमा रहेका थिए । न्युयोर्क सिटीका मेयर बिल डे ब्लाजिओले संकटकालको घोषणा गर्दै सर्वसाधारणहरुलाई सुरक्षित रहन सचेत गराएका थिए । न्युयोर्क सिटीमा बाढीका कारण संकटकाल घोषणा गरिएको पहिलो पटक हो ।

न्युयोर्क सिटीका विभिन्न स्थानमा बाढी आएका भिडियोहरु सार्वजनिक भएका थिए ।

आपतकालिन सहायता प्रदान गर्नका लागि न्युयोर्क राज्यकी गभर्नर क्याथी होचुलले पनि न्युयोर्क सिटीमा संकटकाल स्वीकृत गरेकी छिन् । न्युयोर्क सिटीका जोन अफ केनेडी र लागुआर्डिया विमानस्थलमा उडानहरु अबरुद्ध भएका थिए । क्वीन्सको एल्महस्र्टमा बाढीले गाडीहरु डुबेका भिडियोहरु सार्वजनिक भएका थिए ।

न्युजर्सीका गभर्नरले पनि खराब मौषमका कारण संकटकालको घोषणा गरेका छन् । न्युजर्सीका सिटीहरुमा ४ देखि ५ फिटसम्म पानी जमेको छ भने कम्तीमा एकजना डुबेको समाचार आएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com