चीनमा बालबालिकालाई दैनिक १ घण्टाभन्दा बढी भिडियो गेम खेल्न प्रतिबन्ध


प्रकाशित मिति : भाद्र १४, २०७८ सोमबार

चीनमा १८ बर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई दैनिक एकघण्टाभन्दा बढी समय अनलाइन भिडियो गेम खेल्नमा प्रतिबन्ध लगाइएको छ । दैनिक एकघण्टापनि शुक्रबार, सप्ताहन्त र विदाको दिनमामात्र खेल्न पाउनेछन्, अरु दिन खेल्नमा भने प्रतिबन्ध लगाइएको छ ।

चीनको राष्ट्रिय प्रकाशन प्रशासनले सोमबार प्रकाशित गरेको नियम अनुशार यसरी सातामा बालबालिकाहरुले बढीमा ३ घण्टामात्र अनलाइन भिडियो गेम खेल्न पाउने भएका छन् । उनीहरुले शुक्रबार, सप्ताहन्त र विदाको दिनमा बेलुका ८ बजेदेखि ९ बजेसम्ममात्र भिडियो गेम खेल्न पाउनेछन् । बालबालिकाको मानसिक र शारीरिक स्वास्थ्यका लागि यस्तो नियम ल्याइएको जनाइएको छ ।

यो नियम अनुशार तोकिएको समयभन्दा बाहिरको समयमा भिडियो गेम कम्पनीहरुले बालबालिकाहरुलाई पहुच कायम गर्नमा रोक लगाउनेछन् । अर्थात् तोकिएको समयबाहेकको समयमा बालबालिकाहरुले भिडियो गेम नै नै खेल्न पाउने छैनन् । वास्तविक नाम नराखी नक्कली नामबाट अनलाइन एकाउन्ट बनाउनेहरुलाई पनि भिडियो गेममा पहुच दिइनेछैन ।

यस अगाडि सन् २०१९ को नियम अनुशार १८ बर्षभन्दा कम उमेरकाहरुलाई प्राय सबै दिनमा दैनिक डेढघण्टासम्म अनलाइन भिडियो गेम खेल्न अनुमति दिइएको थियो । चीनमा १ सय १० मिलियन बालबालिकाहरु अनलाइन भिडियो गेम खेल्ने तथ्यांक रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com