काबुलमा अमेरिकाले बिष्फोटकले भरिएको कारमा हमला गर्दा नजिकै रहेका १० सर्वसाधारणको मृत्यु


प्रकाशित मिति : भाद्र १४, २०७८ सोमबार

अमेरिकाले गरेको ड्रोन हमलामा अफगानिस्तानको काबुलमा १० जना सर्वसाधारणको मृत्यु भएको उनीहरुका परिवारका सदस्यहरुले खुलासा गरेका छन् । अमेरिकाले आईसीस केलाई लक्ष्यीत गरेर गरेको आक्रमणमा मृत्यु हुनेमा साना बालबालिकाहरुसमेत रहेको जनाइएको छ ।

बिष्फोटक पदार्थले भरिएको कारमा अमेरिकाले ड्रोन हमला गरेर ध्वस्त बनाएको थियो । त्यही क्रममा बिष्फोटक पदार्थले भरिएको कार नजिकै एउटा संयुक्त परिवारका सदस्यहरु कारबाट बाहिर निस्कन लागेका थिए । सोही क्रममा बिष्फोटक पदार्थले उनीहरुमाथि लाग्दा १० जनाको ज्यान गएको हो ।

काबुलको विमानस्थल नजिकै दुईजना व्यक्तिले बिष्फोटक पदार्थहरु कारमा लोड गर्दै गरेको देखिएपछि अमेरिकाले आइतबार हवाई हमला गरेको थियो । गतसाता अमेरिकी सेनाका १३ जनासहित १७० जनाको ज्यान जानेगरी भएको आत्मघाती हमलापछिको यो दोश्रो अमेरिकी कारवाही हो ।

मानवरहित ड्रोनमार्फत गरिएको उक्त कारवाहीपछि हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आईसीसीस के बाट हुनसक्ने आक्रमणको सम्भावना टरेको अमेरिकी सेनाले जनाएको छ । अमेरिकाले निशानामा नै प्रहार गरेको दावी गरेको छ भने निर्दोष सर्वसाधारणको ज्यान गएकोमा अमेरिकी सेनाले दुख व्यक्त गरेको छ ।

आइतबार उक्त कारमाथि अमेरिकाले मिसाइल हानेको थियो जसका कारण बिष्फोटको आवाज आएको थियो । आक्रमणको बेलामा कारमा तीनजना संदीग्धहरु रहेको तालिबानले जनाएको छ ।

यसैबीच सोमबार विहान पनि काबुल विमानस्थलमा रकेटहरु हानिएको छ । आक्रमणबाट कम्तीमा ५ जनालाई छिन्नभिन्न पारिएको जनाइएको छ । अमेरिकी सेनाले अफगानिस्तान छाड्ने डेडलाइन अगस्त ३१ नजिकिदै गर्दा विमानस्थलमा आतंकबादी आक्रमणको खतरा चर्को रहेको छ ।

अमेरिकाले विगत २४ घण्टामा १२ थप १२ सय जनाको उद्दार गरेको छ । उनीहरुलाई २६ वटा सेनाका विमानमार्फत उद्दार गरिएको हो । अगस्त १४ यता अमेरिकाले उद्दार गरेका र उद्दारमा सहयोग गरेकाहरुका संख्या १ लाख १६ हजार ७ सय रहेको छ । जुलाईको अन्तिमदेखि अमेरिकाले १ लाख २२ हजार ३ सय भन्दा धेरैको पुनर्वासमा सहयोग गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com