काबुलको विमानस्थल नजिकै बिष्फोटक पदार्थले भरिएको गाडीमाथि अमेरिकी हवाई हमला


प्रकाशित मिति : भाद्र १३, २०७८ आईतबार

काबुलको विमानस्थल नजिकै विष्फोटक पदार्थले भरिएको आईसीस के को एउटा गाडीबिरुद्ध अमेरिकाले आइतबार हवाई हमला गरेको छ । गतसाता अमेरिकी सेनाका १३ जनासहित १७० जनाको ज्यान जानेगरी भएको आत्मघाती हमलापछिको यो दोश्रो अमेरिकी कारवाही हो ।

मानवरहित ड्रोनमार्फत गरिएको उक्त कारवाहीपछि हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आईसीसीस के आक्रमणको सम्भावना टरेको छ । अमेरिकाले निशानामा नै प्रहार गरेको दावी गरेको छ भने आक्रमणका क्रममा सर्वसाधारणको कुनै क्षति भएको रिपोर्ट आएको छैन ।

प्रवक्ता क्याप्टेन बिल अर्बनका अनुशार यदि बिष्फोटक पदार्थले भरिएको उक्त गाडीबिरुद्ध कारवाही नगरेको भएमा विमानस्थलमा अर्को ठूलो जनधनको क्षति हुनसक्ने सम्भावना रहेको थियो । अमेरिकी कारवाहीका क्रममा गाडीमा चढेको आत्मघाती हमलाकारीलाई मारिएको हो वा कारबम ध्वस्त पारिएको हो भन्नेबारे भने केही स्पष्ट छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुईजना व्यक्तिले बिष्फोटक पदार्थहरु कारमा लोड गर्दै गरेको देखिएपछि हवाई हमला गरिएको अमेरिकी भनाई छ । आइतबार उक्त कारमाथि अमेरिकाले मिसाइल हानेको थियो जसका कारण बिष्फोटको आवाज आएको थियो । आक्रमणको बेलामा कारमा तीनजना संदीग्धहरु रहेको तालिबानले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com