यी हुन् अफगानिस्तान छाड्ने बेलामा मारिएका अमेरिकी सेना, अधिकांश २० बर्षको हाराहारीका


प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार

काबुलको विमानस्थलबाहिर भएको आत्मघाती बम हमलामा अमेरिकन र अफगानीहरुको उद्दारकार्यमा खटिएका १३ जना अमेरिकी सेनाको ज्यान गयो । अमेरिका छाड्ने डेडलाइन अगस्त ३१ भन्दा केहीदिन अगाडिमात्र उनीहरु मारिएका हुन् ।

माक्स्टन सोभियक

ज्यान गुमाउने अमेरिकी सेनाका सदस्य ओहायोको बर्लिन हाइटका २२ बर्षका माक्स्टन सोभियकले सन् २०१७ मा मिलानको एडिसन हाइस्कुलबाट ग्रयाजुएट गरेका थिए । उनी अमेरिकी सेनाको स्वास्थ्य टिममा रहेका थिए । उनको निधन आफ्नो परिवारमा अपूरणीय क्षति भएको उनका परिवारका तर्फबाट जारी वक्तब्यमा जनाइएको छ ।

करिम निकोवी

त्यस्तै बम विष्फोटमा मारिने २० बर्षका करिम निकोवीका पिताले घरअगाडि मरिनको टिम नआउदासम्म आफ्नो छोराको ज्यान गएको थाहा पाएका थिएनन् । क्यालिफोर्नियाका करिमले अमेरिकी सेनाको मरिनमा आफ्नो करिअर बनाउन चाहन्थे ।

बम बिष्फोटमा मारिनुभन्दा केही अगाडि करिमले अफगानी बच्चाहरुसँग कुराकानी गरेको र उनीहरुलाई चकलेट दिएको भिडियो घरमा पठाएका थिए । करिम अफगानिस्तानमा अमेरिकाले युद्ध सुरु गरेको सन् २००१ मा जन्मिएका थिए भने युद्ध समाप्त हुँदै गर्दा मारिएका छन् ।

डेभिड ली

त्यस्तै २० बर्षका अमेरिकी सेनाका सदस्य डेभिड ली पनि बम आक्रमणमा मारिएका छन् ।

राइली म्याककोलम

मारिनेमा अर्का २० बर्षकै राइली म्याककोलम रहेका छन् । हालैमात्र विवाह गरेका उनको बच्चा जन्मनुभन्दा तीनसाता अगाडि काबुल विमानस्थलमा भएको आक्रमणमा मारिएका हुन् । २०१९ मा हाइस्कुल ग्रयाजुएट भएका उनी बम बिष्फोटको बेलामा काबुल विमानस्थलको चेकप्वाइन्टमा खटिएका थिए ।

जारेड शिमिज

त्यस्तै घटनामा अमेरिकी सेनाका सदस्य २० बर्षकै जारेड शिमिजपनि मारिएका छन् । मिजौरीका जारेडलाई जोर्डनबाट अफगानिस्तान खटाइएको थियो ।

हन्टर लोपेज

घटनामा मारिने अर्का सेनाका सदस्य हुन् २२ बर्षका हन्टर लोपेज । अमेरिकी सेनापछि बुबाआमाकै पदचाप पछ्याएर प्रहरीमा भर्ना हुने सपना बोकेका लोपेजको सपना पनि पूरा हुन पाएन ।

डाइगन पेज

त्यस्तै बम बिष्फोटमा मारिएका २३ बर्षका अमेरिकी सेनाका सदस्य डाइगन पेज अमेरिकी सेनापछि ट्रेड स्कुलमा जान चाहन्थे । उनी पनि हाइस्कुलपछि अमेरिकी सेनामा प्रवेश गरेका थिए ।

रायन क्नाउस

अमेरिकी सेनामा कार्यरत २३ बर्षका रायन क्नाउसले पनि बम बिष्फोटमा ज्यान गुमाए । टेनेसीका उनले हालै मनोविज्ञान अपरेशन तालिम पूरा गरेका थिए ।

डेरिन टेलर हुभर

अमेरिकी मरिनमा कार्यरत ३१ बर्षका डेरिन टेलर हुभर जुनियरले पनि उक्त हमलामा ज्यान गुमाए । हुभरले आफ्नो जवानीको समय अमेरिकी सेना मरिनमा नै खर्च गरेका थिए ।

अमेरिकी सेनाले अरु ५ जनाको भने परिचय सार्वजनिक गरेको छैन । परिवारलाई खबर गरेको २४ घण्टा नबित्दै सार्वजनिक रुपमा विवरण नदिने नियम अनुशार उनीहरुको परिचय सार्वजनिक नगरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com