अफगानिस्तानमा अमेरिकाद्वारा हवाई आक्रमण, निशानामा पारिएका योजनाकार मारिएको दावी


प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार

अमेरिकाले अफगानिस्तानमा आईसीसी के योजनाकारहरुबिरुद्ध हवाई हमला गरेको अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ताले बताएका छन् । आतंकवादबिरुद्धको अपरेशन अन्तरगत नाङ्गाहार प्रान्तमा हवाई आक्रमण गरिएको हो ।

निशानामा पारिएकाहरुलाई हवाई आक्रमणबाट मारिएको र आक्रमणमा सर्वसाधारणको क्षति नभएको प्रवक्ता क्याप्टेन बिल अर्बानले बताएका छन् । राष्ट्रपति जो बाइडेनको स्वीकृतिपछि अमेरिकी सेनाले हवाई हमला गरेको हो ।

अफागानिस्तानको विमानस्थलबाहिर भएको आत्मघाती विष्फोटमा १३ जना अमेरिकी सेनासहित कम्तीमा १७० जनाको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त आतंकवादी हमलाको बदला लिने घोषणा गरेका थिए । त्यसपछि बाइडेन आईसीसी के योजनाकारबिरुद्धको हवाई आक्रमणका लागि स्वीकृति प्रदान गरेका थिए ।

राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस समक्ष राष्ट्रिय सुरक्षा टिमले काबुलमा अर्को आतंककारी हमला हुनसक्ने सुचना दिएको छ । अमेरिकी दूतावास काबुलले विमानस्थलको गेट नजिक रहेका अमेरिकीहरुलाई तुरुन्त उक्त क्षेत्र छाड्न चेतावनी दिएको छ । सुरक्षा खतराका कारण विमानस्थलतिर र विमास्थलका गेट नजिक नजान चेतावनी दिइएको हो ।

अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि अमेरिकालगायतका मुलुकले लगातार उद्धार कार्य गरिरहेका छन् । आत्मघाती हमलापछि उद्दार कार्य अझ तीब्र पारिएको छ ।

अमेरिकाले अगस्त १४ यतामात्र १ लाख ९ हजार २ सयको उद्दार तथा उद्दारका लागि व्यवस्थापन गरिसकेको छ । शुक्रबारमात्र १२ घण्टाको अवधिमा ४२ सयको उद्दार गरिएको छ । अमेरिकाका १२ वटा सैन्य विमानले २१ सयलाई र २९ वटा गठबन्धन उडानहरुले २१ सयजनालाई उद्दार गरेका हुन् । बिहिबारपनि १२ घण्टाको अवधिमा ७५ सयको उद्दार गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com