नेपालमा २०६५ संक्रमित थपिए, २५ को मृत्यु


प्रकाशित मिति : भाद्र ११, २०७८ शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६५ कोरोना संक्रमित थपिएका छन्। ८ हजार ७ सय ५२ जनाको पिसिआर तथा ४ हजार ३ सय ६५ को एन्टिजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा ४५४, भक्तपुरमा ९२ र ललितपुरमा १६९ संक्रमित थपिएका छन्।

सोही अवधिमा २५ संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट १० हजार ८ सय ६३ जनाको मृत्यु भएको छ।शुक्रबार २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन्। नेपालमा संक्रमणमुक्तको संख्या ७ लाख ८ हजार २ सय ३० छ।

मन्त्रालयकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ रहेको छ। जसमध्ये ३४ हजार ६७६ जना होम आइसोलेसन र २ हजार ९२३ जना संस्थागत आइसोलेसनमा छन्। संक्रमितमध्ये ६२२ जना आइसियु र १७१ जना भेन्टिलेटरमा उपचाररत छन्।

शुक्रबार १ लाख ७९ हजार ८ सय ६५ जनाले खोप प्राप्त गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com