काबुलस्थित विमानस्थलबाहिर आत्मघाती बम विस्फोट, कम्तीमा १३ जनाको मृत्यु


प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार

अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाहिर आत्मघाती बम विस्फोट भएको पेन्टागनका प्रवक्ता जोन किर्बीले पुष्टी गरेका छन् । अमेरिका र उसका मित्रराष्ट्रहरुले अफगानिस्तानमा खतराको चेतावनी दिइरहेको बेलामा बम विष्फोटको घटना भएको हो । विमानस्थलबाहिर कम्तीमा २ वटा बिष्फोटहरु भएका छन् ।

एक तालिबान अधिकारीले कम्तीमा १३  जनाको मृत्यु भएको बताएका छन्। तालिबानको कब्जा लगत्तै देश छाड्न चाहने अफगानहरुले विमानस्थलबाहिर हरेक दिन भींडभाड गर्दै आएका थिए । मृत्यु हुनेमा बालबालिकाहरु समेत रहेको जनाइएको छ ।

घटनामा कैयन तालिबान गार्डहरु समेत घाइते भएका छन् । घाइते हुनेमा अमेरिकी सेनाका सदस्यहरु समेत रहेको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विमानस्थलबाहिर गोली चलेको आवाज आएको थियो । हमला हुन सक्ने भन्दै क्यानडासहित कैयौँ युरोपेली मुलुकले काबुल विमानस्थलबाट गर्दै आएको उद्धारकार्य रोकेकै दिन विस्फोटको घटना भएको हो ।

अफगानिस्तान छाड्न चाहनृ अमेरिकनहरुको संख्या अझै झण्डै १५ सय रहेको जनाइएको छ । अगस्त १४ यता कम्तीमा ४५ सय अमेरिकी नागरिकहरुले अफगानिस्तान छाडेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com