जोन्सन एण्ड जोन्सनको बुस्टर डोज लगाउँदा एन्टीबडी स्तरमा ९ गुणा बृद्धि


प्रकाशित मिति : भाद्र ९, २०७८ बुधबार

कोरोनाबिरुद्धको भ्याक्सिन जोन्सन एण्ड जोन्सनको बुस्टर डोज लगाउँदा संक्रमणबिरुद्ध प्रतिरोध प्रणालीको अग्रमोर्चामा रहने एन्टीबडीको स्तरमा अत्यन्तै ठूलो बृद्धि भएको पाइएको छ । कम्पनीले बुधबार जनाए अनुशार जोन्सन एण्ड जोन्सनको पहिलो डोज लगाएको ६ देखि ८ महिनापछि बुस्टर डोज लगाउँदा एन्टीबडी स्तरमा ९ गुणा बृद्धि भएको पाइएको छ ।

पहिलो डोज लगाएको २८ दिनपछि देखिएको एन्टीबडीको स्तरसँग बुस्टर डोज लगाइसकेपछिको एन्टीबडीको स्तर मापन गर्दा उक्त बृद्धि देखिएको हो । उक्त तथ्य अमेरिका र युरोपमा गरिएको दोश्रो चरणको दुई अध्ययनका क्रममा भेटिएको हो । अध्ययनका क्रममा जोन्सन एण्ड जोन्सनको पहिलो डोज लगाएका २ हजारभन्दा धेरै व्यक्ति सहभागी रहेका थिए ।

एकमात्र डोज लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिनको प्रभावकारिता कम्तीमा ८ महिनासम्म रहने पुष्टी भइसकेको कम्पनीले जनाएको छ । एक डोजले नै बलियो प्रतिरोधात्मक प्रतिकृया स्थापित गरेको र बुस्टर डोजले स्थापित गरेको प्रतिरोधात्मक प्रतिकृया आशालाग्दो रहेको कम्पनीको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जोन्सन एण्ड जोन्सनको बुस्टर डोज आवश्यक भए नभएकोबारे कम्पनीले अमेरिकन एफडीए, सीडीसी, युरोपियन मेडिसिन एजेन्सी, विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य प्राधिकरणहरुसँग छलफल गरिरहेको जनाएको छ । अमेरिकामा जोन्सन एण्ड जोन्सनको भ्याक्सिनलाई मोडेर्ना र फाइजरको भ्याक्सिन स्वीकृति भएको झण्डै दुई महिनापछि फरबरीमा स्वीकृति प्रदान गरिएको थियो ।

सीडीसीका अनुशार झण्डै १४ मिलियन अमेरिकनहरुले जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएका छन् । जोन्सन एण्ड जोन्सनको भ्याक्सिन मोडेर्ना र फाइजर भ्याक्सिनभन्दा फरक तरिकाले बनाइएको भ्याक्सिन हो । मोडेर्ना र फाइजर भ्याक्सिन आरएनए वा एमआरएनएको प्रयोगबाट बनाइएको हो भने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन रुघाखोकीको भाइरस प्रयोग गरेर भाइरल भेक्टर विधिबाट बनाइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com