किन दिइँदैछ अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप?


प्रकाशित मिति : भाद्र ७, २०७८ सोमबार

सरकारले अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार ट्वीट गर्दै अफगानिस्तानमा फैलिएको पोलियो संक्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको जानकारी दिएका हुन्। पोलियो खोप नजिकै खोप केन्द्रमा गई लिनसमेत अनुरोध गरिएको छ । ट्वीटमा मन्त्रीले पोलियो खोप दिनसमेत सुरु गरिएको बताएका छन्।

किन लगाइँदैछ?
युनिसेफको एक तथ्यांकअनुसार विश्वका पोलियो उन्मुलन हुन बाँकी देशमा पाकिस्तान र अफगानिस्तान हुन्। अफगानिस्तानका १६ प्रान्तमा पोलियोका ५६ बिरामी रहेको बताइएको छ। उनीहरुमा पोलियो भाइरसको टाइप १ फेला परेको छ। त्यहाँका विद्रोही तथा धार्मिक कट्टरपन्थीहरुले पोलियो अभियानमा बाधा पुर्‍याइरहेको बताइएको छ।
विशेषगरी दक्षिणपूर्वी क्षेत्रका हेलमण्ड, कान्दाहार र उरुज्गान पोलियो रोगका दृष्टिले प्रभावित क्षेत्रमा पर्छन्। त्यहाँ स्वास्थ्य कार्यकर्ता र समुदायका अगुवाहरुले आग्रह गर्दा पनि कतिपय टोलमै पोलियो लगाउन अस्वीकार गर्ने गरिएको छ। यसमा ती समाजमा रहेका गहिरो अन्धविश्वास, धार्मिक कट्टरवादिता र हल्ला प्रमुख कारण रहेको युनिसेफको भनाइ छ।

पछिल्लो समय तालिबानहरुसँगको छलफलपछि दक्षिणी क्षेत्रमा खोप अभियान पुनः सुरु गरिए पनि मार्च २०२० यता कोरोना महामारीका कारण अभियान फेरि अवरुद्ध भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोलिया संक्रमणका दृष्टिले अफगानिस्तान संवेदनशील भएका कारणले पनि त्यहाँबाट फर्किएकाहरुलाई पोलियोको खोप लगाउन थालिएको हो। भारतसहितका देशहरुले पनि अफगानिस्तानबाट फर्किएकाहरुलाई पोलियो खोप लगाउन थालेका छन्।

अफगानिस्तानबाट हालसम्म ६५४ नेपालीको उद्धार
अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ। अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट १०४ गरी जम्मा १४९ जना स्वदेश फर्किएका छन्। मन्त्रालयका अनुसार हालसम्म कूल ६५४ नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन्।

नेपाली नागरिकको स्वदेश आगमनपश्चात अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा सामाखुशीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्यका मापदण्डअनुसार कोभिड–१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौं ल्याउन निरन्तर समन्वय र सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ। कन्सुलर सेवा विभागको वेब पोर्टलमा सोमबार साँझ ५ बजेसम्म ३६१ नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। हालसम्म सम्पर्कमा आएका मध्ये दुई जनाको राहदानी नभएको जानकारी प्राप्त भएकाले यात्रा अनुमति पत्र जारी गरी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

काबुलमा नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको हुँदा बाँकी नेपालीको उद्धारका लागि उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको परराष्ट्रले जनाएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com