माओवादीले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ?


प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार

नेकपा (माओवादी केन्द्र) ले ६ प्रदेशको इन्चार्ज तोकेको छ। आइतबार बसेको पार्टी स्थायी समिति बैठकले प्रदेश इन्चार्ज तोक्नुका साथै जिल्ला समन्वय समिति संयोजक तथा विभागीय प्रमुखहरू तोकेको प्रवक्ता नारायकाजी श्रेष्ठले जानकारी दिए।

प्रदेश २ को इन्चार्जमा गणेश साह, वागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणी खनाल, कर्णालीमा शक्ति बस्नेत र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकिएको हो। प्रदेश १ मा इन्चार्ज तोक्ने जिम्मेवारी भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै दिइएको छ।

जिल्ला समन्वय समिति संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको नेता श्रेष्ठले बताए।
उनले राष्ट्रिय सम्मेलनलाई केन्द्रविन्दुमा राखेर वडा, पालिका तथा प्रदेश अधिवेशन गर्ने सन्दर्भमा पार्टी निर्वाचन आयोगले निर्वाचन नियमावली तथा निर्देशिका तयार पारेको पनि जानकारी दिए। नियमावली तथा निर्देशिकाछिट्टै तल्ला निकायमा पठाई त्यसैका आधारमा अधिवेशन गर्ने प्रक्रिया अघि बढाइने उनले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com