नेपालको टीपीएसका लागि बाइडेन प्रशासन समक्ष ४४ अमेरिकी सांसदको पत्र


प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार

अमेरिकाको प्रतिनिधिसिभामा न्युयोर्कबाट प्रतिनिधित्व गर्ने सांसद निडिया भेलास्क्वेज र सिनटेर चक शुमरको नेतृत्वमा ४४ जना सांसदहरुले बाइडेन प्रशासनलाई पत्र लेख्दै टीपीएस थप्न र पुन टीपीएस प्रदान गर्न आग्रह गरेका छन् । उनीहरुले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीका सक्रेटेरी अलेहान्द्रो मेयरकास र स्टेट डिपार्टमेन्टका सेक्रेटेरी एन्थोनी ब्लिन्कीनलाई एक पत्र लेखेर नेपाललाई १८ महिनाको लागि टीपीएस नविकरण गर्न र २०१५ पछि अमेरिका आएकाहरु पनि समावेश हुनेगरी पुन टीपीएस प्रदान गर्न आग्रह गरेका हुन् ।

पत्रको पूर्ण पाठ

टीपीएसले अमेरिकामा रहेका र सुरक्षित रुपमा आफ्नो देश फर्कन नसक्ने कागजपत्र विहिन लगायत अन्य गैर नागरिकहरुको जीवन बचाउने महत्वपूर्ण सुरक्षाहरु प्रदान गर्छ । मानव अधिकार र सामाजिक न्यायको लागि नेपाली भाषी समुदायहरुलाई संगठित गर्दै आएको न्यूयोर्क स्थित गैर नाफा मूलक संस्था अधिकारको नेतृत्वमा बृहत अभियानको एक हिस्सा स्वरुप सांसदहरु जुडी चु, ग्रेस मेङ्, अलेक्जान्द्रिया ओकेजियो कोर्टेज, प्रमिला जयापाल, र सेनेटर त्रिस भ्यान होल्लनले सह नेतृत्व लिएको डियर कोल्लिग्स पत्रमा नेपालको हालको स्थितिलाई हेरेर नेपाललाई टीपीएस पुन प्रदान गर्न अत्यन्तै जरुरी भएको जनाईएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाललाई टीपीएस पुन प्रदान गर्न प्रशासनलाई तुरुन्त निर्णय लिन आग्रह गर्दै राष्ट्रव्यापी १०१ वटा संघ संस्थाहरुले हस्ताक्षर गरेको संस्थागत समर्थनको पत्र र देश भरिका हजारौं व्यक्तिहरुले हस्ताक्षर गरेका पेटिशन पनि सो पत्र सँगै पठाईएको छ।

करिब ९ हजार जनाको ज्यान लगेको र दशौं हजारौंलाई घाईते बनाएर देशको राष्ट्रिय संरचनालाई नै भत्काउने महाभूकम्प पश्चातको परिस्थितिलाई नेपालीहरुले अत्यन्तै साहसका साथ सामना गरेता पनि त्यो भूकम्पको असर अझै पनि बेहोर्नपरेको पत्रमा उल्लेख छ । हाल यथावत रहेको विश्वव्यापी संक्रमण को साथै राजनैतिक अस्थिरता, प्राकृतिक प्रकोप लगायत नेपालले एक पछि अर्को संकटको सामना गर्नु परेको पनि पत्रमा उल्लेख छ ।

अमेरिकी स्टेट डिपार्टमेन्टले जुन १६, २०२१ को मिति सम्म लागु हुने गरि कोभिड १९ को उच्च जोखिम र राजनैतिक हिंसाको कारण नेपालमा यात्रा गर्न सबभन्दा उच्च स्तरको जोखिम रहेको सुझाव दिंदै यात्रुहरुलाई नेपाल भ्रमण नगर्न निर्देशन दिएको पनि पत्रमा उल्लेख छ ।  नेपालको हालको परिस्थिति बारे थप जानकारी पाउन यहाँ हेर्नुहोस्।

हाल टीपीएसमा रहेका १० हजार भन्दा धेरै नेपालीहरुको भविष्य संघीय कानुनी मुद्दा निलसन विरुद्ध रामोसरनिलसन विरुद्ध भट्टराई सम्बन्धि जारी रहेको सम्झौता प्रकृयामा निर्भर रहेको विषयमा पत्रमा उल्लेख छ । शरणार्थीका लागि आवेदन दिन अयोग्य रहेका, अनि आफ्नो देश फर्कन पनि जोखिमपूर्ण परिस्थितिहरु सामना गर्नु पर्नेहरुको लागि टीपीएसले लामो समय देखि सुरक्षा प्रदान गर्दै आएको पत्रमा भनिएको छ। हालको २०१५ भन्दा अगाडि आएको हुनु पर्ने योग्यताको कारण अहिले टीपीएस पाउन नसकेका अमेरिकामा रहेका ३६ हजार भन्दा धेरै नेपालीहरुलाई अहिले नेपाल फर्कनको लागि पर्याप्त सुरक्षा नभएको र बाइडेन प्रशासनले नेपाललाई पुन टीपीएस प्रदान गरेर महत्वपूर्ण मानवीय सुरक्षा खाँचो भएकाहरुलाई सुरक्षा प्रदान गर्न जरुरी भएको पत्रमा उल्लेख छ ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीका सक्रेटेरी अलेहान्द्रो मेयरकास । फोटो:  डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी

अमेरिकाको प्रतिनिधिसभा सदस्य निडिया भेलाज्क्वेज भन्छिन् – ‘गएको एक वर्षमा नेपालले कोरोनाको संक्रमण, राजनैतिक हिंसा, र बाढीपहिरोको सामना गर्नु पर्यो, जसले गर्दा देश भरि नै थुप्रै मानिसहरु विस्थापित भएका थिए। गत वर्षको यि संकटहरुको कारण अझै पनि निकै दुखहरु भोग्नु परि रहेको हुनाले हाल अमेरिकामा बसोबास गरि रहेका, तर सन् २०१५ पछि अमेरिका आएको कारणले टीपीएस पाउन नसकेकाहरुलाई नेपाल फिर्ता जान सक्ने स्थिति छैन। यहि कारणले गर्दा सेनेटर शुमर संग मिलेर मैले डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्रेटेरी आलेहान्ड्रो मायोर्कास र सेक्रेटेरी अफ स्टेट एन्थोनी ब्लिन्कीनलाई नेपाललाई १८ महिनाको लागि टीपीएस नविकरण गरेर पुन: प्रदान गर्न आग्रह गर्दै एउटा पत्र लेख्ने नेतृत्व लिएको छु। हाल सुरक्षाको खाँचो भएकाहरुलाई तत्काल सुरक्षा दिन संयुक्त राज्य अमेरिका सँधै तत्पर रहन पर्छ। हजारौं नेपालीहरु अहिले आफ्नो देश फर्कन डराई रहेका छन्। टीपीएस जीवन बचाउने सुरक्षाहरु दिने एउटा मानवीय उपकरण हो, र नेपालीहरुको लागि तुरुन्त केहि गर्नको लागि बाईडन प्रशासनलाई म आग्रह गर्दछु।’

अमेरिकाका सिनेटर र सिनेटको बहुमत पार्टीको नेता चक शुमर भन्छन् – ‘केहि वर्ष देखि नेपाली समुदायलाई सुरक्षा दिन मैले धेरै लडाई गर्दै आएको छु। त्यसैले पनि हामीले नेपाली नागरिकहरुको टेम्पोरेरी प्रोटेक्टेड स्टेटस पुन: प्रदान गरेर लम्ब्याईनु पर्छ। दुर्भाग्यवश नेपालले भूकम्प, राजनैतिक उत्पात, र मानव अधिकारको उल्लङ्घनहरु सामना गर्नु परेको छ। त्यस माथि कोभिड १९ को संक्रमणले स्थिति झनै गम्भीर बनाएको छ। परिवारहरुलाई नछुटाउनको लागि पनि नयाँ मानिसहरुलाई टीपीएसको लागि योग्य बनाउन महत्वपूर्ण छ। हाम्रो समुदायका मानिसहरुलाई अहिलेको अवस्थामा नेपाल फर्काउनु गलत हुनेछ।’

अधिकारकी कार्यकारी निर्देशक पवित्रा खाती बेन्जामिन भन्छिन् –  ‘यो हाम्रो लागि अमेरिकामा रहेका झन्डै ३७ हजार नेपाली आप्रवासीहरुलाई सुरक्षा दिने महत्वपूर्ण अवसर हो। २०१५ मा नेपालले टीपीएस पाए पछि हाल टीपीएसमा रहेका १० हजार भन्दा धेरै नेपालीहरुले स्वास्थ्य बीमा र काम गर्ने अनुमति पत्र जस्ता सुरक्षाहरुको फाईदा लिन पाई रहेका छन्। नेपाललाई टीपीएस पुन: प्रदान गर्न प्रशासनलाई आग्रह गर्नको लागि हामीलाई समर्थन जनाउनु भएका कँग्रेसका सदस्यहरु, समर्थन पत्रमा हस्ताक्षर गरेका संघसंस्थाहरु, र पेटिशनमा हस्ताक्षर गर्नु भएका हजारौं व्यक्तिहरु प्रति हामी आभारी छौं। अधिकारले २०१५ देखि नै टीपीएसको लागि लड्दै आएको छ, र हाम्रो समुदायको लागि यस योजनाको फाईदाहरु हामीले राम्ररी बुझेका छौं। हामी आशा गर्दछौं कि हाल टीपीएसमा रहेका १० हजार भन्दा धेरै नेपालीहरुको आउन लागेको टीपीएसको अन्तिम मितिलाई ध्यानमा राखेर बाईडन(ह्यारिस प्रशासनले हाम्रो आवाजलाई सुनेर समय मै यसको लागि केहि गर्नु हुनेछ।’

नेपाली टीपीएस वाहक एन ह्योल्मो भन्छन् – ‘केहि महिना अगाडि मात्रै कोभिडको कारणले मेरी हजुर आमा बित्नु भयो। नेपालले सामना गर्नु परेको हरेक संकटले मेरो परिवारलाई प्रत्यक्ष असर पारेको छ। मेरो संयुक्त राज्य अमेरिकामा स्थिर आवसनको व्यवस्थाको चाहना नेपाल फर्कनको डरले मात्र होईन ( नेपाल फर्कने कुरा मेरो लागि अहिले अव्यवहारिक पनि छ। अमेरिकामा ६ वर्ष देखि कति दुस्ख बेहोरेर आफ्नो जीवनी यहीं व्यवस्थित बनाईसके पछि मैले पीडा भोगेको, र मेरो परिवारले अहिले पनि पीडा भोगि रहेको देश फर्कन पर्ने परिस्थिति म कल्पना पनि गर्न सक्दिन।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com