डिभी २०२० का ९ हजार ९५ जनाले भिसा कहिलेसम्म पाउने भन्ने टुंगो अर्को साता


प्रकाशित मिति : भाद्र ३, २०७८ बिहीबार

डिभी २०२० का ९ हजार ९५ जनाले भिसा कहिलेसम्म पाउने भन्ने टुंगो अर्को साता लाग्ने भएको छ । अदालतले दुबै पक्षलाई अगस्त २५ सम्म टाइमलाइनबारे सहमति कायम गरेर सुचित गर्न निर्देशन दिएको छ । सरकार र मुद्दाको प्रतिनिधित्व गरिरहेको पक्षबीच टाइमलाइनबारे सहमति कायम भएपछि अदालतले अन्तिम आदेश जारी गर्ने भएको छ ।

मंगलबार अमेरिकाको संघीय अदालतले २०२० का ९०९५ डिभी विजेताको भिसा प्रकृया अगाडि बढाउन सरकारलाई आदेश दिएको थियो । न्यायाधिस अमित मेहताले विगतमा संरक्षणको आदेश दिइएका ९ हजार ९५ भिसा जारी गर्नका लागि प्रकृया अगाडि बढाउन आदेश दिएपछि उनीहरुले अब भिसा पाउने निश्चित भएको हो ।

सन् २०२० को सेप्टेम्बर ३० मा दिइएको आदेशमा न्यायाधिस मेहताले आर्थिक बर्ष २०२० का ९ हजार ९५ डिभी विजेताको भिसा संरक्षणको आदेश दिएका थिए । तर संरक्षित भिसाहरु अहिलेसम्म प्रकृयामा भने लगिएको थिएन ।

९ हजार ९५ जनालाई केस नम्बरका आधारमा नभई र्याण्डम आधारमा भिसा प्रकृया अगाडि बढाइनेछ । ९ हजार ९५ संख्या नपुग्दासम्म उनीहरुले भिसा पाउनेछन् । त्यसपछि बाँकी रहेकाहरुले भने भिसा पाउनेछैनन् । न्यायाधिस मेहताले ९ हजार ९५ बाहेक थपका डिभी विजेताका लागि भने कुनै आदेश जारी गरेका छैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोनाको महामारी र तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण आर्थिक बर्ष २०२० का ठूलो संख्यामा डिभी विजेताहरुले भिसा पाउन सकेका थिएनन् ।

आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । बाँकी झण्डै २३ सय नेपालीहरुले भिसा पाउन सकेका छैनन् ।

उनीहरुमध्ये कतिपयको त भिसाका लागि अन्तरवार्ताको मिति समेत तय भइसकेको थियो । उनीहरु अमेरिका आउन पाउनेमा लगभग ढुक्क रहेका थिए । तर कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका कारण अन्तरवार्ता हुन सकेको थिएन ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

आर्थिक बर्ष २०२१ का भिसा नपाएका डिभी विजेताहरुको संख्या पनि उल्लेख्य रहेको छ । ट्रम्पको कार्यकारी आदेश समाप्त भइसकेपछि पनि बाइडेन प्रशासनले डिभीलाई कम प्राथमिकतामा राखेपनि उनीहरुले भिसा पाउन सकेका थिएनन् । उनीहरुले सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेपनि अहिलेसम्म अत्यन्तै कमलेमात्र भिसा पाएका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com