आजदेखि न्युयोर्क सिटीमा रेष्टुरेण्ट, मनोरञ्जनस्थल र फिटनेशमा जाँदा भ्याक्सिन अनिवार्य


प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार

अमेरिकामा लागु भ्याक्सिन पासपोर्ट ।

न्युयोर्क सिटीमा अब रेष्टुरेण्ट लगायतका विभिन्न इन्डोर स्थलहरुमा भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्ने नियम आज मंगलबारदेखि लागु भएको छ । कोरोनाको डेल्टा भेरियन्टका कारण संक्रमणदर बढेपछि न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले नयाँ नियमको घोषणा गरेका हुन् ।

मनोरञ्जनस्थलहरुमा चलचित्र भवनहरु, संगीत तथा कन्सर्टस्थलहरु, संग्राहायलय र ग्यालरीहरु, अक्वेरियम र चिडियाखानाहरु, खेलकुदस्थलहरु, इन्डोर स्टेडियमहरु, सम्मेलनकेन्द्रहरु, प्रदर्शन हलहरु, कला देखाउने थियटरहरु, पुल र बिलियार्ड हलहरु, बयस्क मनोरञ्जनस्थलहरु लगायतका स्थानमा प्रवेश गर्दा भ्याक्सिन लगाएको प्रमाण देखाउनुपर्नेछ । त्यस्तै रेष्टुरेण्ट, क्याटरिंग हल, होटल बैंकट कक्ष, बार, नाइटक्लब, क्याफेटेरिया, इन्डोर खाना भएका ग्रोसरी स्टोरहरु, कफी शप, इन्डोर खाना भएका फास्ट फुडमा पनि भ्याक्सिन अनिवार्य गरिएको छ ।

त्यस्तै जिम, फिटनेश सेन्टर, फिटनेश क्लास, पौडीस्थल, इन्डोर स्टुडियो र डान्स स्टुडियोभित्र छिर्न पनि भ्याक्सिन अनिवार्य गरिएको छ । १२ बर्षमाथिका ग्राहक र कर्मचारी दुबैले विश्व स्वास्थ्य संगठन वा अमेरिकन एफडीएबाट स्वीकृत कम्तीमा एक डोज भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भ्याक्सिन लगाएको सीडीसी कार्डको फोटो वा सक्कल, न्युयोर्क सिटीको कोभिड सेफ एप, न्युयोर्क राज्यको एक्सेलसियर एप, आधिकारिक भ्याक्सिन रेकर्ड, अमेरिकाबाहिर भ्याक्सिन लगाएको भएमा आधिकारिक रेकर्डको फोटो वा सक्कल देखाएरमात्र यी स्थलहरुमा प्रवेश पाइनेछ । आष्ट्राजेनका (कोभिशिल्ड), साइनोफार्म (भेरोसेल) वा सिनोभ्याकलाई समेत मान्यता दिइएको छ ।

रेष्टुरेष्टभित्र खाना खान, जिमहरु र प्रस्तुतीहरुमा भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्ने नियम लागु गर्नेमा अमेरिकामा न्युयोर्क सिटी पहिलो भएको छ । यस्तो नियम फ्रान्स र इटलीमा पनि घोषणा गरिएको छ ।

न्युयोर्कका मेयर ब्लाजिओ भ्याक्सिनका सन्दर्भमा आक्रमक रुपमा अगाडि बढेका छन् । उनले न्युयोर्क सिटीका कामदारलाई या त भ्याक्सिन लगाउन या त साप्ताहिक रुपमा कोरोना परीक्षण गर्न नियम लागु गरिसकेका छन् भने भ्याक्सिन लगाउने सर्वसाधारणलाई एकसय डलर दिने नियम लागु गरेका छन् ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com