चीनमा छापेर ल्याइएका हजारौं नक्कली भ्याक्सिन कार्ड अमेरिकी अधिकारीको कब्जामा


प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार

अमेरिकन सीडीसीको लोगो सहित चीनमा छापेर अमेरिकामा पठाइएका हजारौं नक्कली भ्याक्सिन कार्डहरु अमेरिकाका संघीय अधिकारीहरुले नियन्त्रणमा लिएका छन् । चीनको शेन्जेनबाट छापेर पठाइएका ती नक्कली भ्याक्सिन कार्डहरु अमेरिकाका विभिन्न स्थानमा पठाउने क्रमममा नियन्त्रणमा लिइएको हो ।

भ्याक्सिन नलगाएका व्यक्तिले नक्कली कार्ड प्रयोग गरेर भ्याक्सिन लगाएको प्रमाण आवश्यक पर्ने स्थानमा जालसाजीका लागि प्रयोग गर्न ती कार्डहरु ल्याइएको सीबीपीले जनाएको छ । भ्याक्सिन लगाएको प्रमाण आवश्यक पर्ने बार, विद्यालयहरु र सार्वजनिक स्थलमा त्यस्ता कार्डहरु प्रयोग गर्ने उद्देश्यले पठाइएको हुनसक्ने आशंका गरिएको छ ।

सीबीपीले ती कार्डहरु मेम्फिसबाट नियन्त्रणमा लिएको हो । कोरोनाबिरुद्धको भ्याक्सिनहरु निशुल्क रहेको र सबैतिर लगाउन सकिने स्मरण गराउँदै सीडीसीले भ्याक्सिन लगाउने चाहना नभए त्यो सम्बन्धित व्यक्तिको स्वविवेक रहेको तर कानूनको उल्ललंघन गर्दै नक्कली कार्डहरु अर्डर गर्न नहुने सीबीपीले वक्तब्यमार्फत जनाएको छ ।

सीबीपीका अधिकारीहरुले ३ हजारभन्दा धेरै नक्कली कार्डले भरिएका १२१ वटा प्याकेटहरु नियन्त्रणमा लिएका थिए । ती प्याकेजहरु सीडीसी वा अन्य मेडिकल एजेन्सीहरुले नपठाएकाले नक्कली भएको सीबीपीले पत्ता लगाएको थियो । कार्डहरुमा स्पेलिङ गल्ती हुनुका साथै शब्दहरुमा गल्ती, स्पानिस अनुवादमा गल्ती रहेको समेत पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एफबीआईका अनुशार नक्कली कार्ड बनाउँदा वा किन्दा संघीय कानूनको उल्लंघन हुन्छ । यदि त्यसो गरेमा ५ बर्षसम्म कैदसजाय र जरिवाना समेत हुनसक्छ । सरकारी एजेन्सीको लोगो गलत तरिकाले दुरुपयोग गरेको अभियोगमा त्यस्ता व्यक्तिबिरुद्ध कारवाही हुनसक्ने प्रावधान रहेको छ ।

अनलाइनमा पनि त्यस्ता नक्कली कार्डहरु २५ देखि २ सय डलरसम्ममा बेचेको पाइएको छ । आइतबार प्रहरीले होनोलुलु विमानस्थलमा नक्कली भ्याक्सिन कार्ड प्रयोग गर्ने ५७ बर्षका नोर्भट चुंग र १९ बर्षका ट्रिभोर चुंगलाई पक्राउ गरेको थियो । उनीहरु बाबुछोरा हुन् । उनीहरु क्यालिफोर्नियाबाट हवाई गएका थिए ।

गतमहिना पनि नक्कली भ्याक्सिन कार्ड बोकेर टोरन्टो जान खोज्ने दुईजना व्यक्तिलाई जनही १६ हजार डलर जरिवाना गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com