अक्टोबरबाट अमेरिकामा सबैका लागि तेश्रो डोजको तयारी, पहिलो प्राथमिकता स्वास्थ्यकर्मीलाई


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

ह्वाइटहाउसले अमेरिकामा अक्टोबरबाट कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो डोज प्रदान गर्ने योजनामा काम गरिरहेको न्युयोर्क टाइम्सले जनाएको छ । झण्डै १ सय मिलियन डोज भ्याक्सिन भण्डारणमा रहेकोमा स्वास्थ्यकर्मी र बृद्धाश्रममा बस्नेहरु पहिलो प्राथमिकताका साथ तेश्रो डोज दिइने जनाइएको छ ।

त्यसपछि बढी उमेरका अन्य व्यक्तिलाई पनि तेश्रो डोज दिइने जनाइएको छ । अधिकारीहरुले सुरुमा दुईडोज लिएकै भ्याक्सिनको तेश्रो डोज प्रदान गर्ने योजना बनाएका छन् । अमेरिकामा भ्याक्सिनको मिश्रणका लागि आधिकारिक स्वीकृति प्रदान गरिएको छैन ।

वैज्ञानिकहरु सबैका लागि कोरोनाबिरुद्धको भ्याक्सिनको तेश्रो डोज आवश्यक हुने नहुनेमा अझै पनि बहस गरिरहेका छन् । तर बाइडेन प्रशासनका अधिकारीहरुले लाखौंलाई बुस्टर डोज उपलब्ध गराउने लजिस्टिकका लागि प्रतिक्षा गर्न नसकिने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबरबाट तेश्रो डोज दिने तयारी गरेपनि समयतालिका भने तय गरिएको छैन । सुरुका चरणमा तेश्रो डोज गत बर्ष पहिलो डोजका लागि प्राथमिकता दिइएका समुहहरुलाई नै प्रदान गर्ने तयारी भइरहेको छ ।

यसअगाडि सीडीसी र एफडीएले प्रतिरोध क्षमता कमजोर भएकाहरुलाई भ्याक्सिनको तेश्रो डोज स्वीकृत गरिसकेको छ । उनीहरुलाई अब फाइजर वा मोडेर्ना भ्याक्सिनको तेश्रो डोज दिन सकिने भएको छ ।

अमेरिकामा अहिलेसम्म कुल जनसंख्याको ५० दशमलव ७ प्रतिशतले भ्याक्सिनको पूर्ण डोज लगाइसकेका छन् । कम्तीमा एउटामात्र डोज लगाउनेहरुको संख्या २ सय मिलियनको नजिक छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com