हैटीमा गएको शक्तिशाली भूकम्पमा मृतकको संख्या १३ सय नाघ्यो, घाइतेको संख्या ६ हजार


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

हैटीमा गएको शक्तिशाली भूकम्पमा मृतकको संख्या १३ सय नाघेको छ । कम्तीमा ६ हजार जना घाइते भएका छन् । सरकारले हैटीमा संकटकालिन अवस्थाको घोषणा समेत गरेको छ ।

क्यारेबियन मुलुक हैटीमा शनिबार ७ दशमलव २ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पपछि अस्पतालहरु घाइतेहरुले भरिएका छन् । कैयन घाइतेहरुलाई अस्पताल बाहिरै राखेर उपचार गरिएको छ ।

भूकम्पबाट घरहरु, बाटो र भौतिक संरचनामा उल्लेख्य क्षति पुगेको छ । कैयन भवनहरु भग्नावशेषमा परिणत भएका छन् भने हावामा धुलो भरिएको थियो ।

सन् २०१० मा हैटीमा गएको ७ म्याग्निच्युटको भूकम्पमा २ लाख २० हजारदेखि ३ लाखसम्म व्यक्तिको ज्यान गएको थियो । अहिले पनि मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । भूकम्पपछि ५ म्याग्निच्युटभन्दा ठूला पराकम्पहरु पनि गइरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com