अफगान राष्ट्रपति घानीले देश छाडे, तालिबान काबुलमा


प्रकाशित मिति : श्रावण ३१, २०७८ आईतबार

शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबानसँग वार्ता भइरहेकै बेला अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्।

राष्ट्रिय मेलमिलाप उच्च परिषदका अध्यक्ष अब्दुल्लाह अब्दुल्लाहले फेसबुकमार्फत् भिडियो सन्देश जारी गर्दै घानीले देश छाडेको पुष्टि गरेका हुन्।

घानी ताजिकिस्तानतर्फ गएको बताइएको छ। यसअघि शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तालिबान र सरकारबीच वार्ता भइरहेको बताइएको थियो।

यसैबीच, सरकारसँग सत्ता हस्तान्तरणका लागि सम्झौता नहुन्जेल काबुलबाहिरै बस्ने बताएको तालिबानका लडाकूहरु काबुल प्रवेश गरेका छन्। तालिबानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले विज्ञप्ति जारी गर्दै सहरको शान्ति सुरक्षाका लागि आफूहरु शान्तिपूर्ण रुपमा प्रवेश गरेको जनाएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले जिल्ला प्रहरी कार्यालय खाली गराइएको र प्रहरीले सुरक्षाको प्रत्याभूति गर्दै जागिर छाडेको, मन्त्रालयहरु खाली भएको, काबुल प्रशासनका सुरक्षाकर्मीहरु भागेका कारण आफूहरु काबुल आउनु्परेको बताएका छन्। यस्तो संक्रमणकालीन अवस्थामा लुटपाट र चोरी हुन नदिन र अवसरवादीहरुबाट जनतालाई बचाउन पनि काबुल आएको बताए।

विज्ञप्तिमा तालिबानले मुजाहिद्दिनबाट नडराउन सहरबासीलाई आग्रह गर्दै सेनासहितका सरकारी कर्मचारीलाई कुनै क्षति नपुर्‍याउने वाचा गरेका छन्। नागरिकका घरमा प्रवेश गर्न कुनै मुजाहिदलाई स्वीकृति नभएको पनि उनले बताएका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com